२८ अर्ब ऋण नतिरेपछि यस बैंकले गर्यो अनिल अम्बानीको रिलायन्स सेन्टर कब्जा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,०४:१७:PM  
२८ अर्ब ऋण नतिरेपछि यस बैंकले गर्यो अनिल अम्बानीको रिलायन्स सेन्टर कब्जा 

एजेन्सी । यस बैंकले ऋण नतिरेपछि डलर अर्बपति अनिल धीरुभाइ अम्बानी ग्रुपको केन्द्रीय कार्यालय रिलायन्स सेन्टरलाई  कब्जामा लिएको छ । उक्त भवनलाई एक साताअघि अर्थात गत २२ जुलाईमा कब्जा लिइएको हो ।

बैंकले बुधबार फाइनेन्सियल एक्सप्रेसमा सार्वजनिक विज्ञापनमा बैंकले सान्ताक्रुज मुम्बईमा २१ हजार वर्ग फुटभन्दा बढी एरिया भएको हेडक्वार्टरको भवन र दक्षिण मुम्बईमा नागिन महलमा दुई तल्ले भवनमाथि कब्जा गरेको जानकारी दिएको छ ।

धीरुभाइ अम्बानी ग्रुपले यस बैंकको २८ अर्ब ९२ करोड भारु बक्यौता तिर्न नसकेपछि सम्पत्ति कब्जामा लिएको  बैंकले जनाएको छ । अनिल अम्बानीको ग्रुपमा यस बैंकको १२ हजार करोड भारु बक्यौता छ । सो ऋण रिलायन्स इन्फ्रास्टक्चरको हो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top