ज्ञानेन्द्र खड्का, जसले सिलिकन भ्यालिसँग नेपाललाई जोड्दै छन्

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७७ साउन २२, बिहीबार,०८:४२:AM  
 ज्ञानेन्द्र खड्का, जसले सिलिकन भ्यालिसँग नेपाललाई जोड्दै छन्

नेपालमा भिजिट २०२० मा प्रचार प्रसार तीव्र हुँदै थियो । सरकारले तयारीलाई पनि तीव्रता दिएको थियो । नेपालको पर्यटन प्रबद्र्धनमा सरकारले घोषणा गरेअनुसार काम हुँदै गर्दा त्यहि मौकालाई छोपेर युवा व्यवसायी ज्ञानेन्द्र खड्काले अनलाइन ट्राभल मार्ट ‘एक्सलट्रिप नेपाल’ कम्पनी खडा गरे । कोभिड–१९ र त्यसपछिको  लकडाउनले भिजिट नेपालको कार्यक्रम रद्द भएपनि खड्काले आफ्नो कम्पनीलाई झन बलियो बनाउने मौका पाए । यो बीचमा उनले आफ्नो कम्पनीलाई आक्रमक प्रचारमात्र गरेनन् डोमेस्टिक टुरिजमलाई प्रबद्र्धन गर्न ठूलै कसरत पनि गरे । 

No description available.

ज्ञानेन्द्र खड्का, नेपाली उद्योगी व्यवसायीहरुबीच नयाँ अनुहार झै लाग्ने । तर, स्टार्टअप क्षेत्रका लागि उदाहरणीय र सफल व्यक्ति हुन् । एक वर्ष यता नेपालमा रहेका विदेशी अनलाइन सपिड्ड मार्केटलाई चुनौती दिदै नेपाली अनलाईन मार्केटलाई स्थापित गराई विदेशमा समेत वर्चश्व कायम गर्ने उद्धेश्यका साथ लागि परेका छन् खड्का ।

खड्काले नेपालको आन्तरिक पर्यटनलाई विश्व बजारमा पुर्याउने उद्धेश्यका साथ डिसेम्बर (२०७६ पुस) बाट अनलाइन ट्राभल मार्ट एक्सलट्रिप नेपाल नामक कम्पनीबाट नेपालमा इन्ट्री मारेका हुन् । भ्रमण वर्ष २०२० सुरु भएकै बेला नेपाली बजारलाई विदेशीमाझ पुर्याउने सोचका साथ नेपालमा लगानी बढाएका खड्काले अमेरिकामा चार वर्षअघिबाटै एक्सलट्रिप ग्लोबल सञ्चालनमा ल्याइसकेका थिए ।

उनको नेपाल प्रतिको लगानीको मोह त्यतिलेमात्र मरेन् । नेपालमा अनलाइन सपिङलाई पनि व्यवस्थित गराउनुपर्छ भन्ने सोच उनमा ४ वर्षअघिबाटै आएको थियो । तर, एकैपटक दुई वटा कम्पनी सञ्चालन गर्दा लगानीमा समस्या पर्ने भन्दै पहिलो चरणमा एक्सलट्रिप नेपाल र दोश्रो चरणमा ‘ग्यापू मार्केट प्लेस’ चलाउने मुडमा थिए । तर, एक्कासी विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड –१९)को प्रभावपछि गरिएको लकडाउनका बीचमा खड्का नेपालमै रहे । 

लकडाउन हुँदा सबैजना सुरक्षित रहन घर भित्रै बसिरहे । तर, उनि भने त्यतिकै बस्न सकेनन् र चाहेनन् । ग्यापूलाई स्थापित गर्ने सहि टाइम हो भन्ने लाग्यो र केहि वर्षपछि सार्वजनिक गर्ने भनेको व्यवसायलाई अगाडी बढाउन तातिए । ग्यापूका लागि आवश्यक सफ्ट्वेर पहिलानै तयार पारिसकेकोले सार्वजनिक गर्न केहि समस्या थिएन । उनले २०७६ चैत्रको लकडाउनकै समयमा ‘ग्यापू मार्केट प्लेस’लाई सार्वजनिक गरे ।
खड्काले संकटकै समयमा ४ महिनाको अन्तरमा नेपालमा दुईवटा स्टार्टअप कम्पनी खडा गरे । कोभिडले अरु व्यवसायी संकटमा जाँदै गर्दा उनले आफ्नो व्यवसायलाई खडा गरे । 

No description available.

लकडाउनका कारण मानिसहरु घरबाहिर निस्कन समस्या हुने भएकोले घरघरमा निशुल्क सामान पुर्याउने उद्धेश्यका सार्वजनिक गरेको ग्यापूले हालसम्म २० हजार भन्दा बढी सामानहरु डेलिभरी गरिसकेको छ । अर्काे कम्पनी अनलाइन ट्राभल मार्ट ‘एक्सलट्रिप नेपाल’ मार्फत होटल, ट्राभल, एयरलाइन्ससँग साझेदारीका लागि काम अगाडि बढिरहेको छ । 

सिंगापुर यात्रा विजनेशको ट्रनिङ पोइन्ट बन्यो

चितवनको टाँडीमा २०३८ सालमा जन्मिएका खड्काले एसलएसीसम्म त्यहिको विद्यालयमा अध्ययन गरे । प्लस टु पढ्न हेटौडासम्म आएका खड्काले काठमाडौं समेत राम्रोसँग घुमेका थिएनन् । गाउँमा पढ्दा उनलाई भविष्यमा स्टार्टअप कम्पनी खोल्छु र आफै उद्यमी बन्छु भन्ने कल्पनामा समेत गरेका थिएनन् । परिवारका सबै सदस्यहरु (बुबा, र बुबाका ७ भाई र दिदी समेत) शिक्षक थिए । शिक्षक ब्याकराउण्डमा हुर्किएका कारण उनलाई पनि भविष्यमा बुद्धिजीवी भन्ने सोच पलाएको थिए । 

अहिलेसम्म उनको परिवारमा उनि बाहेक व्यापारीक क्षेत्रमा अरु कोहि लागेका छन् । व्यापारीक पृष्ठभूमिभन्दा बाहिरबाट आएका खड्काको टर्निङ पोइन्ट भनेकै अध्ययनका लागि सिंगापुर जाने अवसर भयो । उनि भन्छन्, ‘मैले काठमाडौं समेत राम्रोसँग नघुमेको मान्छे सिंगापुर जाँदा त्यहाँको संसार नै अर्कै लाग्यो ।’ त्यहाँको वातावरणमा विस्तारै घुलमिल हुँदै, साथी बढाउदै जाँदा उतै बसेर केहि गर्ने निधोमा पुगे । 

उनले त्यहाँको व्यापार व्यवसायमा अलि बढी चासो राखे । ब्याचर्लस र मास्र्टस् सिंगारपुरबाट गरेका खड्का दिउँसो पढ्ने, विहान र बेलुका काम गर्ने गर्थे । सन् १९९९ देखी २००७ सम्म सिंगापुरमा पढ्ेका खड्का त्यहाँबाट थाइल्याण्डमा गए । त्यहाँ उनले होटल खोले र बच्चाहरुलाई सुताउन प्रयोग गर्ने म्याट्रिस उत्पादन गरी स्वीडेनमा विक्रि वितरण गर्न थाले । व्यवसायमा उनको यो पहिलो स्टेप थियो । 

No description available.

सिलिकन भ्यालिको यात्रा

अमेरिकाको सिलिकन भ्यालि आइटी कम्पनीहरुको लागि प्रख्यात ठाउँ हो । त्यहाँ विश्वका धेरै मुलुकका व्यवसायीहरुले आइटी क्षेत्रमा लगानी बढाइरहेका छन् ।यसैक्रममा खड्काको नजरपनि सिलिकन भ्यालिमा प¥यो । र उनि त्यहाँ गए ।

‘म स्टार्टअप कम्पनीमा लगानी गर्ने सोचका साथ सन् २०१३ मा त्यहाँ गएको थिए,’ उनले भने । ‘त्यो बेला अमेरिकाको एक इनर्जी कम्पनीमा लगानी गरिसकेको थिए । तर, त्यो कम्पनीबाट राम्रो फाइदा लिन सकिन ।’

ख्ड्काले पछि बिटक्वाइनमा लगानी गरे । जुन ,उनले किन्दा १ सय १० डलर थियो, अहिले १० हजार डलर पुगेको छ । त्यसमा लगानी बढाइरहँदा थाइल्याण्डमा रहेको होटल र घर समेत बेचे । पछि क्यालिफोर्नियामा बस्न थाले । 

No description available.

अमेरिकाको सिलिकन भ्यालिसहित क्यालिफोर्नियामा २५ भन्दा बढी कम्पनीमा उनको सेयर लगानी छ भने ५ वटा कम्पनी उनको आफ्नो मात्र लगानीमा सञ्चालनमा छ । विभिन्न कम्पनीमा गरी हालसम्म उनले २ सय करोड भन्दा बढी लगानी रहेको बताउँछन् ।

एक्सलट्रिप र ग्यापू मार्केट प्लेसको यात्रा

२०१६ मा अमेरिकामा अन्य स्टार्टअप कम्पनीमा लगानी गर्ने क्रममा अरु कम्पनीलाई मात्र कति लगानी गर्ने भन्ने सोच आयो । ग्लोबल मार्केटमा कसरी प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने सोचका साथ ट्राभल क्षेत्रलाई रोजे । थाइल्याण्डमा होटल क्षेत्रमा काम गरिसकेका कारण उनलाई पर्यटन क्षेत्रमै केहि नयाँ गर्ने सोच आयो । 

‘मैले होटल पहिलानै खोलेको कारण त्यो अनुभवले पनि पर्यटन क्षेत्रको अनलाइन मार्केटलाई कसरी अगाडी बढाउने भन्ने सोच आयो र लगानी गरे,’ उनले भने ।

संसारमा ट्राभल एण्ड टुरिजमसँग सम्बन्धीत अनलाईन ट्राभल एडिगेटर (ओटिए) केहि दर्जन मात्र छन् । एक्सपेडिया, बुकिङ डटकम, अगोडा लगाएतका केहि मात्र छन्, जुन संसारभर स्थापित र चर्चित छ । संसारका हरेक मान्छेहरु एक दिन ट्राभलमा निस्किएकै हुन्छ । अहिले भर्खरै जन्मिएको बालबालिकाहरु पनि १२÷१५ वर्षपछि ट्राभलमा निस्किएकै हुन्छन् त्यसैले अनलाइन बुकिङको भविष्य जहिले पनि रहेको खड्का बताउँछन् ।

मान्छेहरु नमरुन्जेल ट्राभल गरिरहन्छन् ।  ट्राभल भनेको विश्वको तेश्रो ठूलो उद्योग हो । पहिलो वित्तिय, दोश्रो सुन र तेश्रो ट्राभलिङ उद्योग नै हो । यही सोचका साथ मैले अमेरिकाबाट एक्सलट्रिप डटकमको तयारी गरे । त्यहि बेला ट्राभल तर्फ एक्सलट्रिप र त्यो सँगै इकर्मशमा पनि केहि गर्नुपर्छ भन्ने सोच आयो । 

No description available.

‘अहिले पछिल्लो समय सबैभन्दा बढी फस्टाएको व्यवसाय भनेकै इ–कर्मश हो । संसारको सबैभन्दा धनि कम्पनी भनेको अमेजन कम्पनी र संसारको सबैभन्दा धनी व्यक्ति भनेको अमेजनको मालिक हो,’ उनी भन्छन्  । ‘यो व्यवसायमा असिमित संभावना छ ।’

हरेक चिज अनलाईनमा किन्न पाइने भएकोले खड्काले इ–कर्मश व्यवसाय ग्यापु मार्केट प्लेसलाई अगाडी बढाउने उद्धेश्यका साथ सँगै सिंगापुर र अमेरिकाबाट खाता खोले र कम्पनी दर्ता गरे ।

सफ्टवेर बनाउन अमेरिकाको क्यालिफोर्नियाबाट टिमनै लिएर भारतको बैगंलोरमा आए । बैगंलोर अहिले आइटी हब हो । सफ्टवर बनाउने क्रममै पहिलो चरणमा एक्सलट्रिपलाई पहिलो चरणमा अगाडी बढाउने र ग्यापूलाई पछि ल्याउने सोच बनाए । ‘किनकी दुवै कम्पनीलाई एकै साथ अगाडी बढाउन म सँग पर्याप्त पुँजी थिएन,’ उनले भने । 

उनि एक जनामात्र लगानीकर्ता भएकोले ग्यापूलाई होल्ड गरेर सन् २०१६ बाट एक्सलट्रिपलाई अगाडी बढाए । अहिलेसम्म एक्सलट्रिपसँग १५ लाख होटल, ४ सय भन्दा बढी एयरलाइन्सहरु आबद्ध भइसकेका छन् । जहाँ संसारभरी डेभिड,क्रेडिट,विक्टोकरेन्सी प्रयोग गरेर संसार भरी होटल र एयरलाइन्स बुक गर्न मिल्छ । 

नेपालमा यसरी सुरु भयो एक्सलट्रिप नेपाल

विश्वका विभिन्न मुलुकमा व्यवसाय विस्तार गरिरहेको बेला आफ्नै देश नेपालमा आबद्ध हुन नसकेकोमा उनको मनमा केहि बेचैन भएको थियो । उनको चिनजान लामोसमय देखी नेपाल पर्यटन बोर्डमा आबद्ध (हाल, एक्सलट्रिपका कन्ट्रि डाइरेक्टर ) आदित्य बरालसँग थियो । 

पर्यटन बोर्डको कार्यक्रमको सिलसिलामा सिंगापुर गएका बराल र चाइनाबाट सिंगापुरमा आएका खड्का बीच भेट हुँदा नेपालले भ्रमण वर्ष २०२० मनाउन लागेको छ तर, प्रचार प्रचार कम भएको कुरा भयो । 

नेपाल जस्तो एउटा सुन्दर देशलाई विश्वमा परिचित गराउन नसकिरहेको र अर्को तर्फ नेपालले भन्ने वित्तिकै अगोडा, एक्सपेरिया जस्ता चर्चित अनलाइन मार्केटले नेपालको मात्र प्रचार गरेर त बस्दैन । उनिहरुको लागि नेपालको ब्यापार भनेको त धेरै सानो हो । त्यहि भएर नेपालका लागि केही नयाँ गर्नुपर्छ भन्ने सहमत भयो र नेपालमै पहिलो पटक ट्राभल ओटिए प्लाटफर्म सञ्चालन निधोमा पुगे खड्का । 

नेपालका होटल र एयरलाइन्सहरुले डलरको लागि मात्र नेपालको पर्यटनको व्यापार देखेको छ । एयरलाइन्सहरुले नेपाली ट्राभलरलाई भन्दाबढी विदेशीलाई खोज्ने गरेका छन् । त्यो भनेको नेपाली पैसा भन्दा विदेशी पैसाको बढी महत्व भएर हो । होटलहरुपनि सकेसम्म नेपाली भन्दा विदेशीहरु मात्र आउन भन्ने चाहने छन् । 

अहिले एक्सलट्रिपसँग पाँच वटा आन्तरिक एयरलाइन्स, ६ सय भन्दाबढी होटलहरु आबद्ध भइसकेका छन् । नेपालका कुनैपनि बैंक कार्ड हिजोको दिनसम्म नेपाल र भारत बाहेक कुनैपनि ठाउँमा चल्दैन थियो । एक्सलट्रिपको प्रवेशपछि नेपाली बैंक कार्ड र यहाँका ई–सेवा, फोनपे, आइएमई पे, खल्ती, प्रभु–पे लगाएतका मोबाईल वालेट प्रयोग गरेर संसारभरका एयरलाइन्सको टिकट र होटल बुकिङ गर्न सकिने सिस्टम सार्वजनिक गरेको छ । एक्सलट्रिप नेपालमा हालसम्म ६ सय भन्दा बढी होटल र ५ वटा एयरलाइन्सहरुलाई आबद्ध गराइसकेका छन् ।

र सुरु भयो ग्यापू मार्केटप्लेस

ग्यापू मार्केटप्लेस चार वर्ष अगाडी नै तयार भएको प्रोजेक्ट थियो । तर, एकैपटक सार्वजनिक गर्दा खर्च धेरै हुने भएकोले खड्काले सार्वजनिक गरेका थिएनन् । 

‘पर्याप्त पूँजी नभएका कारण ग्यापू मार्केटप्लेस तयार हुँदा पनि सार्वजनिक भएको थिएनन तर समय त्यस्तै आयो अनि लन्च भयो,’ ।  एक्सलट्रिप नेपालमा सुरु गरेपछि अर्कोपनि प्रडक्टलाई लन्च गरौं भन्ने सोच आएको उनी बताउँछन् । 

नेपालको लागि डिजिटल मार्केट भर्जिन नै छ । किन की आजभन्दा ८÷१० वर्षबाट अनलाइन सपिड्ड प्लाटफर्म बनेको भएपनि कुनैपनि समस्याहरु समधान नगरेको उनले बताए । 

‘सबैले व्यापार मात्र गरेको छ ।  अन्य अनलाइन प्लेटफर्म हरुले सामान लगेको २ साता देखी १ महिनासम्म भुक्तानी नगरिदिने, ग्राहकले महंगो डेलिभरी शुल्क तिर्नुपर्ने, सामानमा गुणस्तरीयता नहुने र डेलिभरीमा पनि धेरै गुनासोहरु सुनिएको छ,’ उनले भने । 

यहाँ कुनै घर नम्बरहरु पनि छैन, सामान पुर्याउन जाँदा ५ पटकसम्म फोन गर्नुपर्छ, चार तला माथि भएको मान्छे सकेसम्म तल झर्न चाहँदैन । यस्ता समस्याहरु हुँदा हुँदै कुनैपनि कम्पनीले यसलाई समाधान गरेन । जसले पहिला कम्पनी खोल्यो उ नम्बर वान भएर बस्यो, जसले दोश्रो खोल्यो उ दोश्रो भएर बस्यो नेपालको इ–कमर्श व्यवसायको अध्ययन पछि खड्काले अनुभव सुनाए ।

ग्यापूले भेण्डरहरुबाट सामान लगेर ग्राहकले सामानमा चित्त बुझाएको भोलिपल्ट नै भेण्डरहरुलाई पैसा दिने गरेको छ । ग्राहकले महंगो डेलिभरी शुल्क तिर्नुपथ्र्यो तर, ग्यापूले निशुल्क त्यसमा पनि २४ घण्टा भित्र सामान पुर्याउने गरेको छ । ग्यापूले १ सय २० वटा क्षेत्रबाट सामान डेलिभरीको काम गर्दै आएको छ ।

अर्को वर्ष भियतनाम र भारतमा पनि लन्च

एक वर्षभित्रमा इ–कमर्शको मार्केटलाई कब्जा गर्ने खड्काको उद्देश्य हो । लकडाउनका बीचमा खुलेको भएपनि बजारमा राम्रो सुझाव आएको छ । यो वर्ष भित्रमा नम्बर वान बन्ने नै हो । 

‘हामीलाई सबैभन्दा सहज भनेको आफुलाई मन परेको काम गर्ने हो आफ्नो तरिकासँग,’ उनले भने । ‘किन की हामीसँग बाहिरी लगानीकर्ता छैनन् ।’ 
बाहिरी लगानीकर्ता नहुँदा भोलि गर्ने काम आज निर्णय गरेर जान सक्ने अवस्थामा रहेको खड्का बताउँछन् । ‘यो वर्ष नेपालको नम्बर वान इ–कमर्श प्लेटफर्म बन्ने र अर्को वर्ष भियतनाममा यो कम्पनीलाई लन्च गर्ने उद्देश्य हो,’ उनले भने । सम्भव भयो भने भारतमा पनि एकै पटक लन्च गर्ने तयारीमा खड्काको टिम रहेको  छ । कोभिड १९ को प्रभाव भियतनाममा कम र भारतमा उच्च रहेकोले भारतमा केहि ढिला हुनपनि सक्ने उनी बताउँछन् । 

नेपालबाट बाहिर जाने स्टार्टअप कम्पनी ग्यापू पहिलो कम्पनी हुने छ । अहिलेसम्म कुनै कम्पनी नेपालबाहिर जान सकेको छैन । बरु विदेशबाट नेपालमा आएका छन् । पठाओ बंगलादेशबाट आएर टुटलसँग प्रतिस्पर्धा गरिरहेको छ, दराज पाकिस्तानबाट आएर सस्तो डिलसँग प्रतिस्पर्धा गरिरहेको छ, ग्यापूसँग पनि प्रतिस्पर्धा गर्छ । विदेशी कम्पनीहरु नेपालमा आएर कब्जा जमाइरहेको बेला नेपालकै आफ्नै कम्पनीहरु अस्तित्व सकिने अवस्थामा रहेको उनी बताउँछन् । विदेशी कम्पनीहरुले राम्रो लगानीकर्ता पाएको छ भने नेपालमा भएका कम्पनीहरुले लगानी गर्न सकेका छैनन् । 

‘यो अवस्थामा ग्यापूलाई ग्यापू भियतनामको नामबाट खोलेर नेपाली टेक कम्पनीहरुपनि नेपाल बाहिर जान सक्छन् भन्ने सन्देश दिन चाहिरहेको छु,’ उनले भने । किन की एउटा नगएसम्म अर्को जाने आट गर्दैन । ग्यापू जुनसकै देशमा गएपनि यसको मुख्य कार्यालय काठमाडौं हुन्छ । जसले गर्दा विदेशका हरेक मुलुकमा नेपालको चर्चा हुन्छ, नेपाली कम्पनीहरु पनि अब्बल छ भन्ने सन्देश पुग्छ र विदेशी कम्पनीहरुले नेपालमा लगानी गर्न आतुर हुन्छन् ।
 

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top