एउटा योगीको मदिरा प्रेम, एयरपोर्टको बोतलले गराएको यार्सागुम्बाको साझेदारी

account_box प्रकटकुमार शिशिर ,
प्रकाशित: २०७७ साउन २७, मङ्गलबार,०२:०७:PM  
एउटा योगीको मदिरा प्रेम, एयरपोर्टको बोतलले गराएको यार्सागुम्बाको साझेदारी

काठमाडौं । नेपालमा घर भएपनि खासमा विक्की गोयन्का (विसु) को बसाई बढि भारतमा हुन्छ । सुनसरीको दुहवीमा पुख्यौली घर भएका गोयन्का मुम्बईबाट काठमाडौं बारम्बार आउजाउ गर्छन् । 

सात वर्षअघि पुसको एकदिन उनी काठमाडौंबाट मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पसलमा गोलो बोतलको एउटा रक्सीले उनलाई आकर्षण गर्यो, त्यसको नाम थियो, यार्सागुम्बा । 

उनलाई रक्सीको नाम यार्सागुम्बा भएका कारण पनि आकर्षण गरेको थियो । गोयन्का जडिबुटीमा लगाव राख्छन् । उनले ७ वर्षदेखि जडिबुटीमा अनुसन्धान गरिरहेकाले पनि आफु यस्तो वेभरेजका लागि आकर्षण भएको बताउँछ । योगी स्वभावका गोयन्का यार्सागुम्बाको रक्सीले तानिएपछि एयरपोर्टबाट त्यहाँ भएको दुई बोतल बोकेर मुम्बई गए । 

बोतलमा रहेको लेबलिङ पढे र त्यहि साँझ चुस्की पनि लिए र स्वादमा उनी सन्तुष्ट भए । तर, उनलाई लाग्यो यसको स्वाद त यो भन्दा अझ राम्रो हुनुपर्ने । 

यार्सागुम्बा वेभरेज व्यवसायी लक्ष्मण श्रेष्ठले सन् १९९७ मा एभरेष्ट हर्बस् प्रोसेसिङमार्फत उत्पादन गरेका थिए । श्रेष्ठले सन् २०१४ सम्म विभिन्न कठिनाईका साथ उत्पादन गरेर बजारमा पठाइरहेका थिए । राजनीतिक अस्थिरता, यार्सागुम्बा संकलनमा कठिनाईका बाबजुद पनि उनले उत्पादन गरिरहेका थिए तर सन् २०१५ मा आएको भूकम्पले उनको उत्पादन अघि बढ्न सकेन र बन्द भयो । 

सात वर्षअघि पुसको एकदिन उनी काठमाडौंबाट मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पसलमा गोलो बोतलको एउटा रक्सीले उनलाई आकर्षण गर्यो, त्यसको नाम थियो, यार्सागुम्बा । उनलाई रक्सीको नाम यार्सागुम्बा भएका कारण पनि आकर्षण गरेको थियो ।

अन्तिम उत्पादनको केहि बोतल बजारमा गएको थियो । एयरपोर्टमा पनि त्यसैको स्टक थियो । गोयन्काले त्यहि रहेको स्टकको दुई बोतल बोकेर स्वाद लिइसकेका थिए । 

गोयन्का भन्छन्, ‘मैले स्वाद लिइसकेपछि यसको बारेमा सोधखोज गरें ।’ मलाई यार्सागुम्बाको स्वादमा अझै बढि केहि गर्न सकिन्छ भन्ने लाग्यो, यो कसले उत्पादन गरेको हो, अहिले यसको अवस्था कस्तो छ भनेर साथी रुपेश अधिकारीमार्फत बुझेको उनी बताउँछन् । 

‘म केहि सातापछि पुनः नेपाल आएपछि रुपेशलाई जत्ति बोतल भएपनि जसरी पनि ल्याउन भनेपछि उसले सोही साँझ ५ बोतल लिएर आयो,’ उनले भने । अधिकारीमार्फत नै गोयन्काले लक्ष्मण श्रेष्ठलाई भेटेपछि योजना बन्यो, यसलाई फेरि उत्पादन गर्ने र रिब्राण्डिङ गर्ने । साढे दुईवर्ष अघिदेखि यार्सागुम्बामा गोयन्काको साझेदारी सुरु भयो ।

गोयन्का, श्रेष्ठसँग थपिए अर्का व्यवसायी गोविन्द अग्रवाल । अग्रवाल अहिले कम्पनीको ‘ब्याकबोन’को रुपमा उभिएका छन् । अधिकारी पनि यार्सागुम्बाको साझेदारीमा रहेका छन् ।  यसरी ‘टिमअप’ भयो यार्सागुम्बाको । 

कम्पनी ९ वर्षदेखि बन्द थियो । बन्द भएपनि लाइसेन्स थियो । मैले त्यसमा लगानी गर्ने सोच तर लक्ष्मण दाईलाई तपाई पनि बस्नुपर्छ भने उहाँले मान्नुभयो, उनले भने । लक्ष्मण दाईको सुरुआतदेखिको मिहिनेतले हामीलाई थप सजिलो बनायो र उहाँ कम्पनीको अध्यक्ष हो । यार्सागुम्बा उहाँकै प्रडक्ट हो, उनले भने ।  

अहिले बजारमा आकर्षक कार्टुन, आकर्षक प्याकेजिङ र आकर्षक बोतलमा यार्सागुम्बा वेभरेज आएको छ । पहिलोको स्वाद कस्तो थियो थाहा भएन । तर, नक्सालस्थित एक होटलमा बसेका गोयन्कासँग भेट भएकै पहिलो मिनेटमा पहिलो पेग बनाएर हामीलाई आफै सर्भ गरेपछि यसको स्वाद फरक लाग्यो । 

‘ग्लास ठोक्काउँदा चियर्स मात्र भनेर हुँदैन, ‘चियर्स टु लाइफ’ भन्नुपर्छ,’ उनले भने । यार्सागुम्बा पिउँदा पहिला आँखाले हेर्नु, नाकले गन्ध लिनु र सीप लिएर एकसटमा खानु अनि यसको मज्जा लिन सकिन्छ, उनले अब दोस्रो पेगका विषयमा हामीलाई संकेत गर्दै थिए । 

४० प्रतिशत अल्कोहल भएपनि गोयन्काले पानी र आइस नमिसाइ यसको स्वाद लिन भनेपछि आनकानी गर्दै स्वाद लिइयो । साथमा कहिल्यै मदिरा नपिउने दुई साथीहरु थिए । उनीहरुले पनि पहिलो पेग लिए । यार्सागुम्बा र विभिन्न जडिबुटीसहित हातले नै बनाएको वेभरेज भएको गोयन्काको दाबी थियो । उनको दाबीसहितको आग्रहलाई जीवनमा पहिलो पटक दुई साथीहरुले ‘मदिरा’ लिए । 

उद्योगका अध्यक्ष लक्ष्मण श्रेष्ठ 

नेपाली मदिरा बजारमा पाँच वर्षको अवधिभित्र नयाँ ब्रान्डको उदय र ती ब्रान्डको भविष्य निर्धारण हुँदै आएको छ । बजारमा ब्रान्ड स्थापित र विस्थापित हुने क्रम बराबरै अनुपातमा छ । 

कोभिड–१९ र त्यसपछिको लकडाउनको बीचमा बजारमा आएको यार्सागुम्बालाई स्थापित बनाउन ६ महिनादेखि गोयन्का लागिपरेका छन् । गोयन्काले काठमाडौंका सिमित रेष्टुरेन्ट र होटलहरुमा सिमित व्यक्तिहरुमाझ यार्सागुम्बालाई ‘सफ्ट लन्च’ गरिसकेका छन् । 

नेपालमा विनोद चौधरी, उपेन्द्र महतो, गौरव अग्रवालदेखि भारतमा आदित्य पंचोली, अक्षयकुमार, शुुनिल सेठ्ठी र सलमान खानसम्म यार्सागुम्बा पुराइसकेको गोयन्का बताउँछन् । ‘अहिले यसको स्वादको प्रतिक्रिया लिनका लागि रेष्टुरेन्ट र होटलमा सिमित व्यक्तिहरुदेखि विभिन्न व्यक्तित्वहरुसम्म यार्सागुम्बा पुराउने काम भैरहेको छ,’ उनले भने । 

यार्सागुम्बा कहिल्यै मदिरा नखानेले पनि खान हुने उनको दाबी छ । ‘यो यार्सागुम्बासहित विभिन्न जडिबुटीबाट बनेकोले पुरै बोतल पिएपनि ह्याङओभर हुँदैन,’ गोयन्काले पुनः दाबी गर्दै भने ‘यसमा नशा छ तर असर हुने गरि यसमा कुनै मिसावट छैन ।’  

म पनि योगी हुँ । तर, त्यसका लागि रातो, पहँलो कपडा लगाएर हिड्दिन् । म दिनमा एक पटक मात्र खान्छु, मदिरालाई जहिल्यै नकारात्मक रुपमा लिइयो र बनाइयो, तर यो मदिरा स्वास्थ्यका लागि पनि फाइदाजनक हुने उनले बताए । 

यार्सागुम्बा कहिल्यै मदिरा नखानेले पनि खान हुने उनको दाबी छ । ‘यो यार्सागुम्बासहित विभिन्न जडिबुटीबाट बनेकोले पुरै बोतल पिएपनि ह्याङओभर हुँदैन,’ गोयन्काले पुनः दाबी गर्दै भने ‘यसमा नशा छ तर असर हुने गरि यसमा कुनै मिसावट छैन ।’  

‘क्लिनिकल्ली प्रमाणित नभएसम्म दाबी गर्न हुँदैन तर यार्सागुम्बा र विभिन्न जडिबुटीसहितको यो वेभरेज स्वास्थ्यका लागि लाभदायक नै छ,’ उनले भने, ‘यसमा फ्लेवर, कलर र केमिकल केहि छैन ।’

गोयन्काले यार्सागुम्बा वेभरेजका लागि आफैले ‘एजिङ’ गरेका हुन् । धेरैले उनलाई यसको एजिङ २१ वर्षदेखि ३० वर्षसम्म हुने बताए । उनी आफै यार्सागुम्बासँग जोडिएको एक वर्ष भयो । एजिङ र यार्सागुम्बाको फर्मुलाका विषयमा उनी पुरै सेक्रेट बसे । भन्छन्, ‘मेरो फर्मुला र यसमा मिसाएको जडिबुटीको कम्पोनेन्ट म कसरी बताउन सक्छु 
? ’

‘हामीले यसलाई ‘यार्सागुम्बा वेभरेज’ भनेका छौं ।  यो यसरी नै ब्राण्डिङ गर्छाैं ।  यसलाई ह्स्विकी भनेका छैनौं,’ उनले भने ।  गोयन्काले यार्सागुम्बाको प्याकेजिङ, लेबलिङ, बोतल, लोगो र वेवसाइटसमेत आफै डिजाइन गरे । आकर्षक रहेको प्रतिक्रिया आइरहेको यार्सागुम्बाको प्याकेजिङका लागि उनले कुनै डिजाइनर प्रयोग नगरेको बताउँछन् । 

बोतलमा रहेको लोगो कामासुत्र कन्सेप्टमा डिजाइन गरिएको छ । अंग्रेजी अक्षर वाईमा यार्सागुम्बा बेरिएको लोगोको अर्थ सम्झाउँदै उनले बताए । ‘यार्सागुम्बाको झोलमात्र होइन बोतलसमेत डुप्लिकेट गर्न नसकिने गरि डिजाइन गरिएको छ । बोतलमा इन्ड्रोस लेबलिङ गरिएको छ, स्टिकर टाँसेको छैन,’ उनले भने । 

बोत्तल र लोगोमा यसका संस्थापक लक्ष्मण श्रेष्ठको सिग्नेचर छ । संसार धेरैले धेरै रक्सी बनाए कलर, फ्लेवर, केमिकल हालेर तर यसमा केहि हालिएको छैन, उनले पुनः दाबी गरे । रक्सी खान हुँदैन भनेर पनि भनिदै गयो, स्वास्थ्यमा असर गर्छ पनि । ‘तर, प्राचीनकालमा सोमरस र अमृत पनि थियो । स्वास्थ्यका लागि लाभदायक हुने मदिरा पनि आवश्यक छ,’ उनले भने । 

देवताहरुलाई मदमा पार्न सोमलताबाट निकालिने पेयपदार्थलाई सोमरस भनिन्थ्यो । नेपाली बृहत शब्दकोशले पनि सोमरसलाई मदिराको रुपमा अथ्र्याएको छ, गोयन्का भन्छन्, ‘ऋग्वेदमा पनि सोमरसको बारेमा चर्चा उल्लेख छ ।’

ऋषिहरुलाई उत्साहित बनाउन, साथीहरुलाई आनन्द दिने र शीघ्र प्रभावमा पार्नका लागि सोमरस दिने गरिन्थ्यो । नेपालले महँगो रक्सीहरु समेत आयात गरिरहेको छ । आयातलाई घटाएर निर्यात गर्न सक्ने योजनाका साथ आएको उनी बताउँछन् । 

यार्सागुम्बा वेभरेज ७५० मिलिको दुई थरिमा बजारमा आउने गरेको छ । गोल्डेन साफिर (४० प्रतिशत अल्कोहल) ब्लु साफिर (२८.५ प्रतिशत अल्कोहल) ।  ब्लु साफिर चाँडै अन्तर्राष्ट्रिय बजारमा लाने योजना रहेको गोयन्का बताउँछन् । यसको बजार मूल्य नेपालमा ११ हजार र अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर २३९ रहेको छ ।

‘हामी जापान, बेल्जियम, हङकङको कम्पनीहरुबाट पनि सर्टिफाइड भएका छौं,’ उनले भने । ‘अहिले जापान, कोरिया र रसियासम्म यार्सागुम्बा सानो स्केलमा पुगेको छ,’ । 

विस्तारै माग बढ्न थालेको छ अब लकडाउन खुल्यो र अवस्था सामान्य भयो भने फुलफेसमा निर्यातका लागि तयारी भएको उनले बताए ।  

कुराकानी भैरहेकै समयमा गोयन्काले दोस्रो पेग बनाए । यो पनि ‘निट’ थियो । हाम्रो फेरि पनि आनाकानी थियो, गोयन्काको फेरि पनि दाबी थियो । उनले दोेहोर्याउँदै भने, ‘विश्वास गर्नुस् यो स्वास्थ्यका लागि फाइदाजनक छ ।’

‘हामीले यार्सागुम्बा डोल्पा, मनाङ, रोल्पाबाट संकलन गरेर ल्याउँछौं । ७५० एमएलको बोतलमा ६ देखि ७ पिस यार्सागुम्बा मात्र जान्छ, अरु जडिबुटी पनि यसमा मिश्रण हुन्छ,’ उनले भने ।  

यार्सागुम्बा जैविक गहुँको मदिरा हो, जुन यार्सागुम्बाको बेससँग मिसाइन्छ र विभिन्न अन्य जडिबुटिहरुका साथै ईएनए मिसाइन्छ जसले यसको भिन्नै चमक निकाल्ने उनले बताए । 

यार्सागुम्बा जडिबुटी नेपालबाट निर्यात भैरहेको छ, यो महँगो पनि छ यसैबाट बनेको वेभरेज पनि निर्यात गर्न सकिने बताउँदै गोयन्का भन्छन्, ‘यसलाई चिनाउन हामीले मात्र प्रयास गरेर हुँदैन, साथ त सबैको चाहिन्छ ।’ 

नुवाकोटको ककनीमा उद्योग रहेको यार्सागुम्बा अब बालाजु औद्योगिक क्षेत्रभित्र सिफ्ट हुन लागिरहेको छ । कम्पनीको वर्षमा एक लाख बोतलमात्र उत्पादन गर्ने योजना रहेको उनी बताउँछन् । 

यार्सागुम्बा वेभरेज ७५० मिलिको दुई थरिमा बजारमा आउने गरेको छ । गोल्डेन साफिर (४० प्रतिशत अल्कोहल) ब्लु साफिर (२८.५ प्रतिशत अल्कोहल) ।  ब्लु साफिर चाँडै अन्तर्राष्ट्रिय बजारमा लाने योजना रहेको गोयन्का बताउँछन् । यसको बजार मूल्य नेपालमा ११ हजार र अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर २३९ रहेको छ । 

कम्पनीले यार्सागुम्बा मदिरा मात्र होइन । इनर्जी ड्रिंक, बियर, पानी, चियामा पनि यार्सागुम्बा ब्रान्डमा नै ल्याउने योजना बनाएको छ । गोयन्का भन्छन्, ‘खासमा हामीले यार्सागुम्बा क्याफे खोल्ने पनि योजना गरेका छौं ।’
 
‘यार्सागुम्बा, नेपालको धन हो ।’ कम्पनीले यसलाई आफ्नो ट्यागलाइन बनाएर अगाडि बढेको छ । ३५ सय मिटरभन्दा माथिको भेगमा पाइने यार्सागुम्बा नेपालको दुर्लभ र अनौठो जडिबुटी हो । 

यार्सागुम्बा परापूर्व कालमा पनि चिकित्सा अभ्यासहरुमा प्रयोग गरिन्थ्यो, तर पछिल्लो पटक यसलाई कामोत्तेजक गुणका लागि मात्र चर्चा गर्ने गरिन्छ । यो कामोत्तेजक मात्र नभई स्वास्थ्यका लागि पनि अति नै फाइदाजनक भएका कारण यसका संस्थापक श्रेष्ठले मदिराको रुपमा यो व्यवसायमा प्रवेश गरेका थिए । श्रेष्ठले यार्सागुम्बाको शक्ति मदिरामा अझ बढि हुने निश्कर्ष निकालेर यसमा लगानी गरेका थिए । 

नेपालमा ७०० भन्दा बढि प्रजातिका जडिबुटिहरु पाइन्छन् । विदेशमा नेपालबाट जडिबुटिमा आधारित उत्पादनहरुको माग बढ्दो छ । यहि अवसरमा यार्सागुम्बा टिमले वेभरेज उत्पादन गरेर रिब्राण्डिङ गरिरहेको हो ।

प्रकटकुमार शिशिर

क्यापिटल नेपालका प्रबन्ध सम्पादक हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top