काठमाडौं। गुण ग्रुपको पहिलो पाँचतारे स्तरको होटल रोयल टुलिप काठमाडौं असारदेखि सञ्चालनमा आउने भएको छ। होटलको दोस्रो चरणमा १०४ कोठासहित असारदेखि चल्ने होटलमा २०८१ मागदेखि ब्यांक्वेट हल सञ्चालन गरिसकेको छ।
ठूलो संरचना रहेकाले एकै साथमा सञ्चालन गर्न गाह्रो भएकाले होटलले चरणबद्ध रुपमा सञ्चालन गर्दै आएको छ। पहिलो चरणमा ब्यांक्वेट हल, दोस्रोमा १०४ वटा कोठा र तेस्रो चरणमा पूर्ण रुपमा अर्थात ३०८ वटै कोठा सञ्चालन गर्ने तयारी रहेको जनाएको छ।
२०८१ माघमा गुण ग्रुपले औपचारिक रुपमा फ्रान्सको रोयल टुलिपसँग सम्झौता गरी व्यवस्थापन हस्तान्तरण गरेको थियो। अहिले रोयल टुलिपले आफ्नो रिक्वार्यडमेन्टअनुसार सबै काम गरिरहेको जनाएको छ।
पाँचतारे होटलको मापदण्डअनुसार सम्पूर्ण संरचना तयार गरी असारदेखि १०४ वटा कोठा सञ्चालन गर्न लागिएको गुण ग्रुपका प्रबन्ध निर्देशक दिप्रश शाक्यको भनाइ छ। ६०० वटा गाडीलाई सहजै रुपमा पार्किङ गर्न सक्ने होटलमा एक साथ एक हजार ५०० जनालाई सेवा दिन सक्ने क्षमताको ब्यांक्वेट हल सञ्चालनमा रहेको छ।
सन् २०१८ अगष्टदेखि सुरु भएको होटल निर्माणको काम कोरोना महामारीलगायतका कारण सम्पन्न हुन ढिलाइ भएको थियो।
१६ रोपनी क्षेत्रफलमा फैलिएको होटल १३ तलाको रहेको छ। होटलमा ६ अर्ब ५० करोडभन्दा बढीकाे लगानीमा तयार भइरहेकाे छ। होटलमा प्रेसिडेन्टल सुइट, सुइट रुम, डिलक्स र स्टाण्डर रुम रहेको छ। हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ। यस्तै स्विमिङ पुल, जिम र हेल्थ क्लब तयार भइरहेकाे छ।
हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटल पहिलो हो। होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नजिक र काठमाडौं उपत्यकाको चक्रपथ छेउमा अवस्थित छ। होटल पाटन दरबार स्क्वायरबाट दुई किलोमिटर दूरीमा छ।
सन् २०१८ अगष्टदेखि सुरु भएको होटल निर्माणको काम कोरोना महामारीलगायतका कारण सम्पन्न हुन ढिलाइ भएको थियो। असारमा होटल सुरु भएसँगै रोयल टुलिपको नेपालमा पहिलो होटल हुनेछ। पछिल्लो समय रोयल टुलिपले नेपालमा धेरै होटल तथा रिसोर्टको व्यवस्थापनका लागि सम्झौता गरिरहेको छ।