महिला बैंकरले डोर्याएको मेगाको उकालो यात्रा, अबको समय ‘बैंक फ्रम होम’ हो

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७७ साउन ३०, शुक्रबार,१०:१०:AM  
महिला बैंकरले डोर्याएको मेगाको उकालो यात्रा, अबको समय ‘बैंक फ्रम होम’ हो

काठमाडौं । व्यवसायमा प्रतिस्पर्धा पर्याय नै हो । खुला अर्थ बजारमा प्रतिस्पर्धाले व्यवसायलाई नयाँ उचाइ दिन अझ सहज हुन्छ । त्यसमाथी बैंकहरुको प्रतिस्पर्धाको एउटा आफ्नै सीमा हुन्छ । प्रतिस्पर्धा अघि नियामकले दिएका निर्देशनहरुको सूची पहिले ख्याल गर्नुपर्छ ।

नियामकका निर्देशनमा टेकेर कसरी अघि बढ्ने भन्ने नीति आफूले बनाउने हो । आफू संलग्न भएको कम्पनी र व्यवसाय जहिल्यै एक नम्बरमा होस् भन्ने चाहना कसको हुँदैन र ! त्यसमाथी वाणिज्य बैंक । उत्कृष्ट बैंकको सूची कायम गर्नु र त्यसमा टिकिरहनु कम चुनौतिपूर्ण हुँदैन । उत्कृष्टको सूची उक्लिँदै गर्दा पहिलो बन्न नसके दोस्रो नत्र तेस्रो हुँदै ५ वा १० भित्र अटाउन वित्तीय सूचकहरुलाई दरिलो बनाउनुपर्छ ।

त्यति मात्र हैन, होमडेलिभरीको समेत सुविधा उपलब्ध गराइने सिइओ खुँजेलीले बताइन । यसबाट एकातिर बैंकबाट ऋण लिएर उद्यम गरेकाहरुले सहज रुपमा बजारसम्मको पहुँच पाउनेछन् भने अर्कोतिर बैंकका सदस्यहरुले सामान खरिद गर्ने वातावरण मिल्नेछ । सिइओ खुञ्जेलीकाअनुसार यसमा बैंकले कुनै नाफा /घाटा नहेरी पुलको रुपमा काम गर्नेछ ।

नेपालमा हाल सञ्चालित २७ वाणिज्य बैंकभित्र उत्कृष्ट बैंक बन्ने योजनाका साथ अघि बढेको एउटा बैंक हो मेगा र त्यसलाई साकार पार्न लागिपरेकी छन्, महिला बैंकर अनुपमा खुँजेली । खुँजेलीकै नेतृत्वमा निक्षेप संकलन, कर्जा लगानी, नाफा, शाखा सञ्जाल, प्रतिसेयर आम्दानीजस्ता हरेक सूचकहरुलाई अब्बल बनाउँदै बैंक उकालो चढिरहेको छ अहिले । 

मेगा सञ्चालनको ११ वर्ष प्रवेश गर्दानगर्दै बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्षभन्दा बढी इतिहास बोकेको पत्रिका ‘दि बैंकर’ले सन् २०१९ मा ‘बैंक अफ दि इअर २०१९’बाट सम्मानित भएको भएको गर्विलो बर्तमान छ । नेपालमा बैंक अफ दि इअर प्राप्त गर्ने सिमित बैंकहरुको सूचीमा मेगाले आफ्नो स्थान बनाएको छ । दि बैंकरले विश्वभरका १ सय २० भन्दा बढी देशका १ हजारभन्दा बढी बैंकहरुध्ये एउटा देशबाट एउटा उत्कृष्ट बैंक छनोट गरि हरेक वर्ष बैंक अफ दि इअरबाट सम्मानित गर्ने गर्छ । त्यति मात्र होइन मेगा आएसओ ९००१ः२०१५ बाट सर्टिफाइड बैंक पनि हो ।

No description available.

मुलुकको आवश्यकतालाई ध्यान दिएर योजना बनाउने र कार्यान्वयनमा बढी जोड दिएर अघि बढेकै कारण बैंकले एकपछि अर्को खुट्किलो चढेको बताउँछिन, प्रमुख कार्यकारी अधिकृत खुञ्जेली । उनी नेपालका वाणिज्य बैंकहरुमा प्रतिस्पर्धामा रहेका निजी क्षेत्रका बैंकहरुध्ये नेतृत्व सम्हाल्ने पहिलो महिला सीईओ पनि हुन् । वाणिज्य बैंकमा पहिलो महिला सिइओ (राष्ट्रिय वाणिज्य बैंक)को पहिचान बनाएकी शिवादेवी काफ्ले पनि अहिले मेगाकै सञ्चालक छिन ।   

नेपालमा बैंकहरु खुल्ने चरणलाई चरणवद्ध रुपमा नियाल्ने हो भन, मेगा पछिल्लो समय खुलेका बैंकहरु मध्ये राम्रो स्थानमा छ । कतिपय बैंकहरु अस्तित्वको लडाईंमा रहकै बेला मेगाले पनि राष्ट्रिय÷अन्तर्राष्ट्रिस्तरमा ‘एक्सपोजर’ बढाउँदै लगेको छ । हलोदेखी होइड्रोको नारा अघि सारेर चर्चामा आएको मेगाले आफूलाई अब्बल बनाउन विकास बैंकहरुमा राम्रो पहिचान बनाएका पश्चिमाञ्चल विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंकर गण्डकी विकास बैंकलाई गाभेर शाखा सञ्जाल विस्तार र अन्य सूचकहरुलाई मजबुत बनाउँदै लगेको छ । 

६३ जिल्लाका १ हजार २ सय १९ जना लगानीकर्ताहरुबाट सुरु भएको मेगा बैंक सातै प्रदेशका ५६ जिल्लामा फैलिइसकेको छ । २ सय ६ ओटा शाखा सञ्जाल र ३० ओटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा विस्तार गरेको मेगाले विप्रेषण आप्रवाहलाई सहज बनाउन मेगा रेमिट र पुँजी बजारको काम गर्न मेगा क्यापिटल सञ्चालनमा ल्याएको छ । मेगाको स्थापनादेखी बैंकमा सक्रिय खुँजेलीले साढे २ वर्षदेखी बैंकलाई व्यवस्थापकीय नेतृत्व सम्हालेकी खुन्जेली भन्छिन्, ‘म आएपछि बनाएको पञ्चवर्षिय योजनाअनुरु बैंकले सफलता पाइरहेको छ । हामी अहिलेदेखी अर्को पञ्चवर्षीय योजना बनाउन लागिपरेका छौं ।’ योजना अवधि सकिँदा उत्कृष्ट १५ भित्र पर्ने लक्ष्य लिएर अघि बढेकोमा बैंकले निक्षेप संकलनका आधारमा अहिले नै १२ औं स्थान बनाईसकेको खुँजेली बताउँछिन् । पुँजीका आधारमा भने अहिले छैटौं स्थानमा छ । 

‘१० वर्षको उपलब्धीलाई फर्केर हेर्दा बैंक स्थापनाका समयमा लिएका उद्धेश्य पूर्ण गरिसकेको छौं,’ उनले भनिन्, ‘हालै देखिएको कोरोना भाईरस संक्रमणका कारण योजना कार्यान्वयनमा केही जटिलता थपिएपनि परिवर्तित समयअनुसार बैंकलाई अघि बढाउँछौं ।’

वास्तवमै बैंकले लिएको लक्ष्यलाई पुरा गर्न एक जना कर्मचारी वा एक जना लगानीकर्ता वा एक जना ग्राहकले सम्भव छैन । ग्राहकको विश्वास, सञ्चालक समितिको मार्गनिर्देशन र कर्मचारीहरुको लगनले बैंकलाई यो उचाईमा पु¥याउन सकिएको भन्दै खुञ्जेलीले भनिन्, ‘राम्रो काम कम्प्यूटरले मात्र गर्छ भन्ने होइन, अनुभव र दक्षताले अघि बढाउने हो, जुन मेगा बैंकका साथीहरुमा पाएको छु ।’

बैंकरहरुलाई समयको कुनै सिमा हुँदैन । विहान ८ बजेदेखी राती १० बजेसम्म बैंककै काममा व्यस्त भइन्छ । ‘कहिलेकाँहि त सपना पनि बैंकमै काम गरिरहेको देख्छु’ उनले भनिन्, ‘उमेर र अवसर पाउँदा कामलाई नै ध्यान दिनुपर्छ ।

उनकाअनुसार मेगामा तल्लो देखि माथिल्लो पदसम्मै स्थापनाकाल देखीका कर्मचारीहरु छन् । वरिस्ठ साथीहरुको सल्लाह र सुझावलाई सधै आत्मासाथ गरेर अघि बढ्दा पछाडी फर्कनु परेको छैन, उनले अनुभव सुनाईन । त्यति मात्र होइन विभिन्न संस्थामा सञ्चालक बीचको द्वन्द्ध भएको सुनिरहेकी उनले मेगामा त्यसको अनुभव गरेकी छैनन् ।

No description available.

‘जबसम्म व्यवस्थापनले ल्याएको प्रस्तावलाई सहज रुपमा सञ्चालक समितिले पास गर्दैन तवसम्म अपेक्षा अनुसारको काम हुँदैन’ उनले भनिन्, ‘कुनै पनि संस्थामा हवस् मात्र भन्ने प्रबृत्ति भयो भने त्यो संस्था कहिल्यै माथि जान सक्दैन ।’ कहिलेकाँही केही विषयमा व्यक्तिको सोचअनुसार फरक धारणा हुन सक्ने भएपनि अधिकतम छलफल गर्दा संस्थाका लागि भलाई हुने विश्वास सिइओ खुँजेलीको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको हितमा मात्र काम गर्ने हो भने आपसी सम्बन्धमा कहिल्यै तिक्तता नआउने उनको विश्वास छ । 

डिजिटल कारोबारको विस्तार अवको चुनौति

अवको चुनौति बैंकिङ कारोबारलाई डिजिटलाइज्ड गराउनु रहेको भन्दै सिइओ खुँजेलीले भनिन्, ‘वित्तीय कारोबारमा प्रविधिलाई प्रयोग गरेकै कारण बन्दाबन्दी (लकडाउन)का बेला घरबाटै काम (वर्क फ्रम होम) गर्न सफल भएका छौं । लकडाउनका बेला निक्षेप लिनेदेखी ऋण दिनेसम्मको काम घरबाटै सम्भव भएको छ ।’

कर्मचारीहरुले वर्क फ्रम होम मात्र नभएर बैंकबाट घरमा सेवा (बैंक फ्रम होम) गर्ने वातावरण सिर्जना गर्न बैंक लागिपरेको उनले बताइन । ग्राहकहरुसँग घण्टौंसम्म बैंकमा आएर लाइनमा बस्ने समय नहुन सक्छ । ग्राहक बैंकको लाइनमा बस्न रुचाउन छाडिसकेका छन् । त्यहि भएर बैंकले पनि ग्राहकको भावनालाई आत्मासाथ गर्दै प्रविधिमा फड्को मार्ने बेला आएको छ । मेगा बैंक त्यसको लागि अग्रसर छ । 

अहिले बैंकले विभिन्न अनलाइन सपिङ पोर्टलहरु दराज, मेट्रो तरकारी लगाएतसँग सहकार्य गरि ग्राहकहरुलाई सजिलो बनाइदिएको छ । ‘ग्राहकलाई कसरी सहज हुन सक्छ भन्ने सोचका साथ कामलाई अगाडी बढाइरहेका छौं’ उनले भनिन्, ‘ग्राहक पहिचान जानकारी (केवाइसी) भर्न बैंकसम्म आउनु परेपनि त्यसबाहेकका कामको लागि बैंकसम्म आउनु नपर्ने वातावरण निर्माण गर्न बैंक लागिपरेको छ ।’ 

अहिले बैंकहरुले विभिन्न प्रविधिहरुसँग सहकार्य गरेर मोबाइल बैंकिङ प्रणालिलाई विस्तार गरिरहेको छ । तर, पर्याप्त हुन सकेको छैन । कोभिड–१९ ले सिकाएको सबैभन्दा महत्वपूर्ण पाठ भनेको अबको युग भनेको डिजिटलाइज नै हो । ‘जुन बैंकले आफुलाई डिजिटल कारोबारमा ढाल्न सक्दैन, त्यो बैंकप्रति ग्राहक सन्तुष्ट हुन सक्दैनन्’ उनले भनिन्, ‘अवको पञ्चवर्षिय योजनामा डिजिटल कारोबारलाई प्रमुख लक्ष्य बनाएर आवश्यक टिम समेत बनाएर काम गरिरहेको छ ।’ 

मेगा बजार खुल्दै

बैंकले उद्यमीहरुलाई प्रोत्साहित गर्न मेगा बजार अवधारणा अघि सारेको छ । मेगा बजार मेगा बैंकको छुट्टै मोबाईल एप हो । यसमा मेगाबाट साना तथा घरेलु उद्यम (एसएमई) कर्जा लिएका ग्राहकहरुले उत्पादन गरेका सामाग्रीहरुलाई बैंकको वेबसाइटमा राखिदिने र बैंकका ग्राहकहरुले मोबाइल एप र क्यू आर कोड प्रयोग गरी ति सामान किन्न सकिने छ ।

त्यति मात्र हैन, होमडेलिभरीको समेत सुविधा उपलब्ध गराइने सिइओ खुँजेलीले बताइन । यसबाट एकातिर बैंकबाट ऋण लिएर उद्यम गरेकाहरुले सहज रुपमा बजारसम्मको पहुँच पाउनेछन् भने अर्कोतिर बैंकका सदस्यहरुले सामान खरिद गर्ने वातावरण मिल्नेछ । सिइओ खुञ्जेलीकाअनुसार यसमा बैंकले कुनै नाफा ÷घाटा नहेरी पुलको रुपमा काम गर्नेछ ।

अहिले बैंकले विभिन्न अनलाइन सपिङ पोर्टलहरु दराज, मेट्रो तरकारी लगाएतसँग सहकार्य गरि ग्राहकहरुलाई सजिलो बनाइदिएको छ । ‘ग्राहकलाई कसरी सहज हुन सक्छ भन्ने सोचका साथ कामलाई अगाडी बढाइरहेका छौं’ उनले भनिन्, ‘ग्राहक पहिचान जानकारी (केवाइसी) भर्न बैंकसम्म आउनु परेपनि त्यसबाहेकका कामको लागि बैंकसम्म आउनु नपर्ने वातावरण निर्माण गर्न बैंक लागिपरेको छ ।’ 

दि बैंकरले विश्वभरका १ सय २० भन्दा बढी देशका १ हजारभन्दा बढी बैंकहरुध्ये एउटा देशबाट एउटा उत्कृष्ट बैंक छनोट गरि हरेक वर्ष बैंक अफ दि इअरबाट सम्मानित गर्ने गर्छ । त्यति मात्र होइन मेगा आएसओ ९००१ः२०१५ बाट सर्टिफाइड बैंक पनि हो ।

मौद्रिक नीतिले व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरुलाई ठूलो राहत दिएको अनुभव सिइओ खुँजेलीको छ । बैंक तथा वित्तिय संस्थाहरुलाई भन्दा व्यवसायीहरुलाई राहत मिलेको भन्दै उनले भनिन्, ‘ग्राहकहरु बाँचे मात्रै बैंकहरु बाँच्ने हो । त्यसैले व्यवसायी खुसि हुँदा बैंकरहरु पनि स्वभाविक रुपमा खुसी हुन्छन् ।’ 

मर्जरका लागि संधै खुला

मेगासँग मिल्ने बैंकहरु भेटिएमा गाभ्ने÷गाभिने (मर्जर)का लागि बैंक तयार छ र त्यसका लागि संधै खुला छ । ‘मर्जरका लागि समन्वय गर्न सञ्चालक समितिले मर्जर कमिटि नै बनाएर राखेको छ’ उनले भनिन्, ‘तीन ओटा ठूला विकास बैंकलाई गाभिसकेको छ र अरु वाणिज्य बैंक वा थप विकास बैंकसँग पनि मर्जर गर्न बैंकले ध्यान दिइरहेको छ ।’

एक दसकमा प्राप्त उपलब्धी 

मेगाको रणनीति नै ‘उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक’ भने जस्तै हो । जुन सुकै काम गर्दापनि सबैभन्दा उत्कृष्ठ बन्ने लक्ष्य हुन्छ । मेगा पनि नेपालको १ नम्बरको बैंक बन्ने चाहना लुकाईरहनु पर्दैन । यसबीचमा हामी धेरै कुरामा एक नम्बर सावित भएको छ । ‘२०१९ मा बैंक अफ दि इअर प्राप्त गर्नु चानचुने सफलता होइन’ सिइओ खुँजेलीले भनिन्, ‘२७ ओटा बैंकलाई पछि पारेर सम्मान प्राप्त गर्दाको क्षण ऐतिहासिक हो ।’ 

खुँजेलीकै नेतृत्वमा निक्षेप संकलन, कर्जा लगानी, नाफा, शाखा सञ्जाल, प्रतिसेयर आम्दानीजस्ता हरेक सूचकहरुलाई अब्बल बनाउँदै बैंक उकालो चढिरहेको छ अहिले । 

उत्कृष्ठ १० को लक्ष्य 

बैंक स्थापना भएको १० वर्ष पुगेसँगै मेगाको लक्ष्य पनि उत्कृष्ट १० मा पर्ने भन्ने छ । ‘अहिले नै हामी उत्कृष्ठ ५ मा पुग्छौं भन्न मिल्दैन’ उनले भनिन्, ‘आगामी दिनमा बीचमा धेरै बैंकहरु मर्जरमा जान सक्छन् । मेगा पनि कुनै वाणिज्य बैंकसँग मर्जर भएर जान्छ भने उत्कृष्ट ५ मा पुग्ने भनेर किन नभन्ने ?’ तर, अहिलेकै अवस्था रहिरहेपनि आगामी केहि वर्ष भित्रै मेगा उत्कृष्ट १० मा पर्छ र त्यसपछिको लक्ष्य १ नम्बर बैंक बन्नु नै हो ।

No description available.

‘सपनामा पनि बैंककै काममा हुन्छु’

बैंकरहरुलाई समयको कुनै सिमा हुँदैन । विहान ८ बजेदेखी राती १० बजेसम्म बैंककै काममा व्यस्त भइन्छ । ‘कहिलेकाँहि त सपना पनि बैंकमै काम गरिरहेको देख्छु’ उनले भनिन्, ‘उमेर र अवसर पाउँदा कामलाई नै ध्यान दिनुपर्छ । बैंकरहरुलई कुनै विदा भन्ने हुँदैन । २४ सै घण्टा र बाह्रैं महिना काममै व्यस्त हुन्छौं ।’ उमेरले साथ दिएसम्म कामलाई निरन्तरता दिने र अवकाशपछि मात्र आराम गर्ने सोच बनाएको सिइओ खुँजेलीले बताइन । 
 

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top