जयनगर–कुर्था रेल चलाउन १२९ जना कर्मचारी भर्ना प्रक्रिया सुरु, दशैंसम्म रेल कुद्ला त?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,१२:०३:PM  
जयनगर–कुर्था रेल चलाउन १२९ जना कर्मचारी भर्ना प्रक्रिया सुरु, दशैंसम्म रेल कुद्ला त?

काठमाडौं । रेल्वे कम्पनीले जनकपुर–जयनगर–कुर्था रेल सञ्चालका लागि आवश्यक जनशक्तिका लागि भर्ना प्रक्रिया अघि बढाएको छ । कम्पनीले पहिलो चरणमा १२९ जना प्रशासनिक र प्राविधिक सहयोगी कर्मचारी भर्नाका लागि सार्वजनिक सुचना प्रकाशित गरेको छ ।

रेल सञ्चालनका लागि झन्डै २०० जनशक्ति आवश्यक पर्छ । भारतबाट करारमा २६ जना प्राविधिक ल्याउने यसअघि नै मन्त्रिपरिषद्ल निर्णय गरिसकेको छ ।

बाँकी जनशक्ति नेपाल सरकारले नै करारमामा भर्ना गर्नेछ ।  जयनगरदेखि जनकपुर करिब ३४ किमि रेलमार्ग तयार भइसकेको छ। यही खण्डमा रेल संचालनका लागि कर्मचारी मागिएको हो। कर्मचारी नभएका कारण तयार भएका ट्रेन सेट पनि सीमापारि नै छन्।

नेपालले डेलिभरी गरिदिन पत्राचार गरेको छ। छिट्टै मिति तय गरेर ल्याइने रेलवे कम्पनीका अधिकारीहरुले बताएका छन्। दसैं अघि नै रेल चलाउने तयारी रेल विभागले गरेको छ । तर, आन्तरिक कर्मचारी भर्नँ लगायतका कामहरु बल्ल सुरु भएको छ । 

करारमा कर्मचारीसम्वन्धी सुचना ः

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top