दशैंका लागि बसको टिकट अनलाइनबाट बुकिङ हुने, काउन्टरबाट बन्द 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ३१, बुधबार,०२:४२:PM  
दशैंका लागि बसको टिकट अनलाइनबाट बुकिङ हुने, काउन्टरबाट बन्द 

काठमाडौं । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले लामो दुरीमा गाडी चलाउने सबै यातायात व्यवसायीलाई दशैंका लागि अनिवार्य अनलाईन टिकट बुकिङ्को व्यवस्था गर्न निर्देशन दिएको छ ।

गत बर्षहरुमा काउन्टरबाटै टिकट बुकिङ् हुदैं आएकोमा यो बर्ष कोरोना भाइरस जोखिमका कारण अनलाइन मार्फन नै टिकट काट्ने व्यवस्था मिलाउने तयारी भएको हो ।

योसँगै यसपाली दसैं मनाउन काठमाडौं बाहिरिने यात्रुले अनलाईन मार्फत टिकट काट्नुपर्ने भएको छ । महासंघका अनुसार यो पटक यातायात काउन्टरमा टिकट कारोबार शुन्य हुने छ । 

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले अनलाईन टिकट बुकिङ्का लागि मोडालिटीसहित प्रक्रिया तयार गर्न सबै यातायात मजदुर व्यवसायीलाई निर्देशन दिएको बताए ।

‘हाम्रो जानकारी अनुसार दशैंमा करिब २० लाख मानिस काठमाडौं बाहिर जाने गर्छन । अहिले कोभिडका कारण ५ लाख भन्दा बढी मानिस उपत्यका फर्किएका छैनन्’ उनले भने ।

उनका अनुसार बिहीबार (भोलिबाट) लामो दुरीका बस सञ्चालन गरेर यात्रुको चाप र सुरक्षा मापदण्डलाई अनुगमन गर्न र अग्रिम टिकट बुकिङको बारेमा सरकारसँग छलफल हुने छ ।

व्यवसायीका अनुसार यो पटकको दशैंमा कोरोना भाईरसको कारण यात्रुको चाप ४० प्रतिशतले घट्ने अनुमान गरिएको छ । व्यवसायीहरुले अनलाईन टिकट बुकिङ् सेवाप्रदायक कम्पनीहरुसँग छलफल भइरहेको अध्यक्ष कर्मचार्यले बताए । 

बुधबार यातायात व्यवसायी महासंघ र मजदुर संघ बीचको छलफलमा सरकारले तोकेको सुरक्षा मापदण्ड, भाडा दर र यात्रुको बिषयमा छलफल भएको थियो । छलफलमा सरकारले तोकेको मापदण्ड र भाडा दरनै कायम गरेर अहिलेको अवस्थामा सहयोग गर्न एक्येवद्धता जनाएका छन् । अध्यक्ष कर्मचार्यले अनलाइन टिकट बुकिङको प्रक्रिया सेवा बारे तयारी भइरहेको समेत बताए ।   

योसँगै यातायात व्यवस्था विभागले पनि बस सञ्चालको बिषयमा थप तयारी थालेको छ । विभागका महानिर्देशक गोगन हमालले अर्को हप्ता यातायात व्यवसायी र विभागबीच दशैंको तयारीबारे छलफल हुने बताए । ‘अर्को हप्तापछि मात्रै टिकट बुकिङको बिषयमा निर्णय हुने र मोडालिटि भने अनलाइन नै गराउने पूर्व तयारी छ’ उनले भने । 

यस्तो छ सरकारको मापदण्ड

सोमबार बसेको मन्त्रिपरिषद बैठकले लामोदूरीका गाडी सञ्चालन गर्ने निर्णयसँगै विभिन्न मापदण्ड समेत तोकेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीका अनुसार लामोदूरीमा चल्ने सार्वजनिक सवारीले अघिपछि लिँदै आएको भन्दा  ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरेको छ । 

लामोदूरीका बस सञ्चालन गर्दा बस व्यवसायीले कुल सिटमध्ये ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने छन । दुईजना बस्ने एउटा सिटमा एकजना यात्रु राख्ने व्यवस्था गरिएको छ । प्रत्येक गाडीमा सेनिटाइजर राख्नुपर्ने, यात्रुले माक्स र ग्लोभ्सको प्रयोग र प्रत्येक दिन गाडीलाई सेनिटाइज् अनिर्वाय गरिएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top