काठमाडौं। अटो हबको रुपमा परिचित थापाथलीमा जेनजीको आन्दोलनमा अराजक समुहको निशानामा धेरै गाडी सोरुम परे। विभिन्न ब्राण्डका गाडी राखिएका शोरुमहरु जलेर नष्ट भए। ठूलो संख्यामा गाडीहरु ध्वस्त भए।
दसैंको मुखमा भएको क्षतिबारे आधिकारी विवरण अझै आइसकेको छैन। तर, व्यवसायीले चाडपर्वमा हुने व्यापारलाई मौका छोप्दै केहिले नयाँ ठाउँबाट बिक्री सुरु गर्ने सुरसार गरिरहेका छन्। केहिले सरसफाई गरेर गाडी बेच्ने सुर कसेका छन्। तोडफोडसँगै आगजनी हुँदा टाटा, महिन्द्रा, सुजुकी र सिजी मोटर्सलगायत ब्राण्डका शोरुम पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागीका कारण यी शोरुम पूर्ण रूपमा ध्वस्त भएपछि ग्राहक अब सेवा कहाँबाट लिने भन्ने अन्योलमा परेका छन्। अब उनीहरूले सेवा र सहुलियत कहाँबाट पाउने? यो परिस्थितिलाई बुझ्दै ग्राहकहरूको सेवामा अवरोध नआओस् भन्ने हिसाबले कम्पनीहरुको वैकल्पिक व्यवस्था सुरु गरिसकेको छ।
थापाथलीमा सेवा दिन सम्भव नभएका कम्पनीहरुले अन्य ठाउँमा रहेका आफ्ना सोरुमबाट ग्राहकलाई सेवा दिनु सुरु गरेको जनाएका छन्। थापाथलीमा सिजीले बिक्री गर्दै आएको एक्सपेङ, आयोन, स्मार्ट, दायुन ब्रान्डका सोरुम जलेर नष्ट भएका कारण कम्पनीले उक्त ब्राण्ड पानीपोखरीमा रहेको रिडाराको सोरुमबाट सेवा दिन सुरु गरेको कम्पनीका सेल्स हेड ऋषि वाइवाले बताए।
थापाथलीमा संचालनमा रहेका विभिन्न कम्पनीमध्ये सबैभन्दा धेरै क्षति सिजी मोटर्सको भएको छ। चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले थापाथलीमा मल्टी ब्रान्ड सोरुम संचालनमा थियो।
‘हामीले थापाथलीको विकल्पमा पानीपोखरीको रिडारा सोरुमबाट ग्राहकलाई सेवा दिन सुरु गरिसकेका छौँ,’ वाइवाले भने, ‘थापाथलीमा भएको सबै ब्रान्डको सेवा पानीपोखरीबाट सुरु गरेको हो।’ थापाथली सोरुममा कति क्षति भयो भन्ने कुरा सर्वेकै क्रममा रहेको उनको भनाइ छ।
थापाथलीमा संचालनमा रहेका विभिन्न कम्पनीमध्ये सबैभन्दा धेरै क्षति सिजी मोटर्सको भएको छ। चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले थापाथलीमा मल्टी ब्रान्ड सोरुम संचालनमा थियो। कम्पनीले एउटै बिल्डिङमा एक्सपेङ, स्मार्ट, दायुन, आयोनका ब्रान्ड राखेको थियो।
उक्त बिल्डिङ जलेर नष्ट हुँदा त्यहाँ उपलब्ध १६ युनिट नयाँ कार पूर्ण रुपमा जलेको कम्पनीको भनाइ छ। सिजीको थापाथलीमा रहेको उक्त सोरुममा ३० लाखदेखि सवा एक करोड रुपैयाँसम्मका गाडी उपलब्ध थिए। थापाथलीमा सिजी मोटोकर्पले बिक्री गर्ने सुजुकीको शोरुम पनि जलाइएको छ। थापाथलीमा जलेको शोरुम चाँडै संचालनमा आउने कम्पनीका मार्केटिङ हेड करुण शाक्यको भनाइ छ।
‘सुजुकीको काठमाडौंमा धेरै शोरुम छ। ग्राहकलाई सेवा दिनका लागि समस्या छैन अन्य शोरुमबाट दिने छौँ,’ शाक्यले भने, ‘थापाथलीमा जलेको शोरुम पनि दसैंअगाडि सञ्चालनमा आउँछ।’ कति क्षति भयो त्यसको विवरण संकलन भइरहेको उनको भनाइ छ।
सिजी मोटोकर्पको थापाथलीमा शोरुममा आगजनी हुँदा दुई युनिट गाडी पूर्ण रूपमा जलेर नस्ट भएको छ। अन्य आधा दर्जन गाडीमा क्षती पुगेको छ। थापाथलीमा टाटाका चार युनिट गाडीसहित शोरुम पनि जलेर नष्ट भएका छन्। नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाको शोरुम पुनःनिर्माणमा जुटिसकेको कम्पनीले जनाएको छ।
आगलागीबाट ठूलो धनमालको क्षति भएको छ। यसबाट प्रभावित कम्पनीहरूले तत्कालका लागि वैकल्पिक व्यवस्थापन कसरी गर्ने छन्।
विशेषगरी दसैंको मुखमा यहाँबाट गाडी खरिद गर्ने योजना बनाएका र गाडी बुकिङ गराएका ग्राहकका लागि यो एक ठूलो समस्या बनेको छ। चाडपर्वको बेला गाडी मर्मत, सर्भिसिङ, नयाँ गाडी खरिदलगायतका सेवाहरूको चाप उच्च हुने गर्छ।
थापाथलीमा भएका शोरुम केही पूर्ण रुपमा क्षति भएको छ। केही तोडफोडम मात्र भएका छन्। एक्स्पेङ, आयाने, स्मार्ट, टाटा, सुजुकी, महिन्द्रा ब्राण्डका शोरुम जल्दा अन्य हुन्डाई, निसान्, सिट्रोन, लिपमोटरलगायत ब्राण्डका शोरुम तोडफोड भएका छन्। यो घटनाले कम्पनीहरूको दैनिक कार्य प्रणाली र ग्राहक सेवामा गम्भीर असर पारेको छ।
आगलागीबाट ठूलो धनमालको क्षति भएको छ। यसबाट प्रभावित कम्पनीहरूले तत्कालका लागि वैकल्पिक व्यवस्थापन कसरी गर्ने छन्। ग्राहकहरूलाई सेवा निरन्तरता कसरी दिने छन्। कुरा यतिबेला मुख्य रहेको छ। केही कम्पनीहरूले नजिकका अन्य शाखाबाट सेवा प्रदान गर्न सुरु गरिसकेका छन्। केही कम्पनी भने पूर्ण निर्माणमा जुटेका छन्।
थापाथलीमा कुन-कुन ब्राण्डका सोरुम जले?
जेनजी आन्दोलनको दोस्रो दिन काठमाडौंको थापाथली क्षेत्रमा आधा दर्जनभन्दा बढी गाडीका शोरुम अराजक समूहको निसानामा परे। काठमाडौं उपत्यकाको अटोमोबाइल हबको रुपमा परिचित थापाथली क्षेत्रमा भएका गाडीका शोरुम जेनजी प्रदर्शनका क्रमममा युवाको भिडले आगजनी तथा तोडफोड गरेका थिए। तोडफोडसँगै आगजनी हुँदा एक्सपेङ, आयोन, स्मार्ट, टाटा, महिन्द्रा, सुजुकीलगायत ब्राण्डका शोरुम पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
काठमाडौं उपत्यकाको अटोमोबाइल हबको रुपमा परिचित थापाथली क्षेत्रमा भएका गाडीका शोरुम जेनजी प्रदर्शनका क्रमममा युवाको भिडले आगजनी तथा तोडफोड गरेका थिए।
जेनजी प्रदर्शनमा तोडफोड तथा आगलागी हुँदा सबै सबैभन्दा धेरै क्षति सिजी मोटर्सको भएको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले थापाथलीमा एउटै भवनमा मल्टी ब्राण्ड शोरुम सञ्चालन गरेको थियो। कम्पनीले उक्त भवनमा एक्सपेङ, आयोन, दायुन र स्मार्ट ब्राण्डका गाडी राखेको थियो। सबै ब्राण्ड मिलाउँदा सिजीका १६ नयाँ कार पूर्ण रुपमा जलेको कम्पनीको भनाइ छ।
उक्त प्रदर्शनीमा थापाथली क्षेत्रमा दोस्रो धेरै क्षति टाटा मोटर्सको शोरुममा भएको छ। नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको थापाथलीमा निकै ठूलो शोरुम मानिन्छ। त्यहाँ रहेका चार वटा विद्युतीय कार पूर्ण रूपमा जलेर नष्ट भएको कम्पनीले जनाएको छ।
थापाथलीमा आयोन, एक्सपेङ, स्मार्ट, नेटा, दायुन, रिडारा, फोर्ड, काई, निसान, हुन्डाई, टाटा, लिपमोटर, सिट्रोन, स्कोडा, एमजी, सुजुकी, महिन्द्रा, किया, जिकर, जिएमडब्लु, रेनल्टलगायत गाडीका शोरुम छन्। त्यहाँ भएका अघिकांश शोरुममा क्षति पुगेको छ।