जापानको बेरोजगार दर अगस्टमा तीन वर्ष यताकै उच्च

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज १७, शनिबार,१२:३८:PM  
जापानको बेरोजगार दर अगस्टमा तीन वर्ष यताकै उच्च

टोकियो । जापानको बेरोजगार दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ। 

कोरोना भाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो। जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको सरकारद्वारा शुक्रवार प्रकाशित तथ्याङ्कमा उल्लेख छ।व्यापार व्यवसायमा मन्दी छाएको छ । 

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महीना बढेको छ। जुलाईमा बेरोजगार दर २ दशमलव ९ प्रतिशत रहेकोमा अगस्टमा भने तीन प्रतिशत पुगेको हो। तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महीनाको तुलनामा यहाँ बेरोजगार दर ३ दशमलव १ प्रतिशतले बढेको हो। 

जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौं महिना कमी देखिएको छ। गत वर्षभन्दा यस वर्ष जापानमा ४ लाख ९० हजार बढी व्यक्ति बेरोजगार भएका छन् । यससँगै कुल बेरोजगार संख्या २६ लाख पुगेको छ । एजेन्सी

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top