चीन आर्थिक वृद्धिको लयमा फर्कियो, भारतमा अझै १०.३ प्रतिशत संकुचनमा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २७, मङ्गलबार,०८:३५:PM  
चीन आर्थिक वृद्धिको लयमा फर्कियो, भारतमा अझै १०.३ प्रतिशत संकुचनमा 

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले छिमेकी भारतको आर्थिक विस्तार खुम्चिने प्रक्षेपण सार्वजनिक गरेको छ । यस्तै अर्को छिमेकी चीनको आर्थिक विस्तार लयमा फर्किइसकेको आईएमएफले जनाएको छ ।

मुद्रा कोषले मंगलबार विश्व अर्थतन्त्रको अद्यावधिक परिदृष्य सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । भारतको आर्थिक वृद्धि आगामी मार्चसम्म १०.३ प्रतिशत खुम्चिने जानकारी आईएमएफले गराएको छ । आगामी वर्ष भारतको आर्थिक वृद्धि ८.८ र चीनको ८.२ प्रतिशत हुने अनुमान आईएमएफको छ । 

कोरोना भाइरस महामारीले गर्दा उदयिमान भारतको अर्थतन्त्र सर्वाधिक खुम्चिएको आईएमएफले जानकारी दिएको छ । उदयीमान अर्थतन्त्रहरु मध्ये भारतमा सबैभन्दा बढी खुम्चिएको आईएमएफको भनाई छ ।

भारतमा कोराना भाइरस महामारी विरुद्ध लड्न बन्दाबन्दी (लकडाउन) गरेको अवधिमा आर्थिक विस्तार २४ प्रतिशत खुम्चिएको थियो । यसले गर्दा सबैखाले व्यापार व्यावसाय डामाडोल हुनुका साथै लार्खौले रोजगारी समेत गुमाएका छन् ।

भारत सरकार महामारी नियन्त्रण गर्न असफल भएको निश्कर्ष मुद्रा कोषको छ । भारतमा कोरोना संक्रमितको संख्या बढेर ७० लाख पुगेको छ । अमेरिकापछि दोस्रोमा भारत भएको छ ।

कोरोना भाइरसको उत्पत्ति केन्द्र चीनमा अहिले नियन्त्रणमा छ । चीनमा आर्थिक गतिविधिमा सुधार आइरहेकाले यो वर्ष १.९ प्रतिशत हुने अनुमान आईएमएफको छ । यस्तै आगामी वर्ष ८ प्रतिशत बढी हुने अनुमान आईएमएफले गरेको छ ।

Image

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top