सिटी एक्सप्रेस र हङकङकको वायरिज रेमिट्यान्सबीच कारोबार सुरु

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २६, बुधबार,०९:५५:AM  
सिटी एक्सप्रेस र हङकङकको वायरिज रेमिट्यान्सबीच कारोबार सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङकको वायरिज रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।

अब हङकङकमा रहेका नेपालीहरुले वायरिज रेमिट्यान्सको सेवा प्रयोग गरेर सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउन सक्नेछन्।

सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वायरिज रेमिट्यान्सको  
तर्फबाट निर्देशक ऋतु त्रिपाठीले यस्तो सम्झौतामा हस्ताक्षर  गरेका हुन्।

सिटी एक्सप्रेससंग आबद्ध १० हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने बताइएको छ।

नोभेम्बर ३० तारिखसम्म वायररिज रेमिट्यान्सबाट सिटी एक्सप्रेसमार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top