युनाइटेड इदी मर्दी हाइड्रोपावरको आईपीओमा ८ गुणा बढीको आवेदन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ५, शुक्रबार,०५:३३:PM  
युनाइटेड इदी मर्दी हाइड्रोपावरको आईपीओमा ८ गुणा बढीको आवेदन 

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) माग भन्दा ८ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा ६६ लाख १२ हजार १६० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

ग्लोबल आईइमईका अनुसार शुक्रबारसम्म कुल ३ लाख ५४ हजार ५८१ जना आवेदकले ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको छ । 

इदी मार्दीले बुधबारदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता  बिक्री खुला गरेको हो ।  न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top