गुणस्तरीय बिजुली दिन कामू एमडीको पहिलो ‘एक्सन’, ढल्केबर–खिम्ती लाइन कनेक्सन जोडियो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ६, शनिबार,०९:१९:PM  
गुणस्तरीय बिजुली दिन कामू एमडीको पहिलो ‘एक्सन’, ढल्केबर–खिम्ती लाइन कनेक्सन जोडियो

काठमाडौं । काठमाडौं देखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप (चक्र) अन्र्तगत ढल्केबर–खिम्ती प्रसारण लाइनको कनेक्सन जोडिएको छ । 

खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्शन र भित्रका कनेक्शन परिवर्तन गरि सो लुप जोडिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको निर्देशन पछि ग्रिडका विशेष दक्ष इन्जिनियरको टोलीले सो प्रसारण लाइन लुप जोडेको हो ।

चारवर्षअघि ढल्केबर हुँदै काठमाडौं आउने उक्त प्रसारण लाइन चक्र टुटेको थियो ।  जसका कारण भारतको मुजफ्फरपुरबाट बिजुली त आउँथ्यो तर एकातर्फ हेटौँडा हुंदै ल्याउनुपथ्र्यो । अर्को तर्फ खिम्ती हुँदै आउँथ्यो । तर, ती दुईओटा लाइन कहिले एकै ठाउँमा जोडिएका थिएनन् ।

यसले काठमाडौका विभिन्न ठाउँमा लोड बढी हुँदा झ्याप झ्याप लाइन ट्रिपिङ हुने गरेको थियो । पटक पटक स्विचिङ गर्दा खासगरी औद्योगिक क्षेत्रमा पनि लाइन गइहाल्ने समस्या थियो । 

ढल्केबर–खिम्ती हुँदै काठमाडौं आउने लाइन कनेक्सन जोडिसँगै अव काठमाडौंको बानेश्वर र भक्तपुर क्षेत्रमा बिजुली ओभरलोड भएर लाइन काटिने समस्या हटेको छ ।  जाडोको बेला भारतबाट आउने बिजुली पनि सोझै ल्याउन बाटो खुलेको छ । 

विगत चार वर्षदेखि उक्त लाइन कनेक्सन जोड्न प्राविधिक कर्मचारी समेत डराएको र जसरी पनि काठमाडौंमा गुणस्तरीय बिजुली दिनुपर्छ भनेर उक्त प्रसारण लाइन कनेक्सन जोड्न सफल भएको शाक्यले क्यापिटल नेपालसँग बताए ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top