सवारी लाइसेन्सको परिक्षा मापदण्ड परिमार्जन हुँदै, ट्रायलमा १०० अंकमा ६० ल्याए पास 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २८, मङ्गलबार,०५:५४:PM  
सवारी लाइसेन्सको परिक्षा मापदण्ड परिमार्जन हुँदै, ट्रायलमा १०० अंकमा ६० ल्याए पास 

काठमाडौं । सरकारले सवारी लाइसेन्सको लिखित तथा प्रयोगात्मक परिक्षा मापदण्ड परिमार्जन गर्ने भएको छ । अहिलेको भन्दा धेरै खुकुलो हुने र सामान्य गल्तीमा पनि फेल नहुने गरी मापदण्ड परिमार्जन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

जसअनुसार, लाइसेन्सको लिखित परिक्षाको प्रश्नपत्र पहिले नै सार्वजनिक गरिनेछ । ती प्रश्नपत्रका आधारमा परिक्षार्थीले परिक्षा दिनुपर्नेछ । अहिले लिखित परिक्षामा सोधिने प्रश्नहरु गोप्य नै राखिँदै आएको छ ।

त्यस्तै, सवारी लाइसेन्सको महत्वपूर्ण र कठिन मानिएको प्रयोगात्मक अर्थात ट्रायलको मापदण्डमा पनि परिवर्तन गर्ने गरी भौतिक पूर्वाधार मन्त्रालयले छलफल अघि बढाएको छ । जसअनुसार, १०० अकंमा ट्रायल दिनेले ६० अंक ल्याए पास हुने छ । १० ओटा प्यारामिटरलाई निश्चित अंक कति राखिनेछ ।

खासगरी फिगर ८ टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक–फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top