जुम्लामा प्रभु बैंकको शाखा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ फागुन ११, मङ्गलबार,१२:०१:PM  
जुम्लामा प्रभु बैंकको शाखा 

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका-६ मा  प्रभु बैंकले २१३ औं शाखा सञ्चालनमा ल्याएको छ। सोमबारदेखि कारोबार सुरुआत गर्दै बैंकले शाखा उद्घाटन गरेको प्रस विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

उक्त शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले बैंकले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको प्रति धन्यवाद तथा सफलताको शुभकामना व्यक्त गरे। 

जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय र अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top