हिमालयन बैंकको बोर्ड बैठक वैशाख २ गते बस्दै, नेपाल इन्भेस्टमेन्टसँग मर्जको निर्णय गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २२, आइतबार ,०५:२३:PM  
हिमालयन बैंकको बोर्ड बैठक वैशाख २ गते बस्दै, नेपाल इन्भेस्टमेन्टसँग मर्जको निर्णय गर्ने 

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्ज जाने निर्णय गर्न हिमालयन बैंकले वैशाख २ गते सञ्चालक समिति (बोर्ड) बैठक बोलाएको छ । सञ्चालक समिति बैठकमा नेपाल इन्भेस्टमेन्टसँग मर्जमा जाने प्रस्तावका विषयमा छलफल गरी संभवत त्यही दिन निर्णय गर्ने सम्भावना छ ।

बोर्ड बैठकमा अन्य धेरै विषयहरु भए पनि इन्भेस्टमेन्टसँग मर्जमा जार्ने प्रस्तावका बारेमा छलफल हुने हिमालयनका अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । वैशाख १५ गतेसम्म नेपाल इन्भेस्टमेन्टसँग मर्जको विषय टुङ्ग्यउने लक्ष्य रहेको उनले सुनाए । 

अध्यक्ष गौतम अस्वस्थ भएपछि सञ्चालक समिति बैठक बस्न सकेको छैन । उनी अहिले घरमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । चैतको पहिलो साता बोर्ड बैठक बसेर मर्जको निर्णय गर्ने तयारी भएका बेला अध्यक्ष गौतम विरामी भएपछि रोकिएको हो । 

नेपाल इन्भेस्टमेन्ट र हिमालयनको चलअचल सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) सम्पन्न भइसकेको छ । डीडीएले नेपाल इन्भेस्टमेन्टभन्दा हिमालयनलाई राम्रो देखाएको छ ।  करिब-करिब समान स्वाप अनुपातमा एकीकरण हुने सम्भावना छ । 

 

   

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top