ई–सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा ५ हजारसम्म छात्रवृत्ति पाइने  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ चैत २२, आइतबार ,०५:३५:PM  
ई–सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा ५ हजारसम्म छात्रवृत्ति पाइने  

काठमाडौं । ई–सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा ५ हजारसम्म छात्रवृत्ति पाइने भएको छ । 

वैशाख अन्त्यसम्ममा ई–सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये १ सय जना भाग्यशाली ग्राहकले १ महिनाका लागि पूर्ण छात्रवृत्ति पाउनेछन् । उक्त छात्रवृत्ति अधिकतम  ५ हजार रुपैयाँसम्मको हुन ई–सेवले जनाएको छ ।  

सो योजना नियमित शैक्षिक शुल्क भुक्तानी गर्ने, मासिक भुक्तानी, सेमेस्टर फी भुक्तानी, इन्स्टलमेन्ट भुक्तानीमा मात्र लागु हनेछ । एजेन्ट नेटवर्कबाट भुक्तानी गरिए पनि जसको शुल्क भुक्तानी भएको छ, सोही व्यक्तिले नै छात्रवृत्ति प्राप्त गर्नेछन् ।  हाल मुलुकभरका २ हजारभन्दा धेरै विद्यालयमा ई–सेवामार्फत शैक्षिक शुल्क भुक्तानी गर्न सकिनेछ । 

ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top