काठमाडौं । व्यावसायिक घरानालाई सफल रुपमा अघि बढाउन सक्षम महिला उद्योगी/व्यवसायीहरु नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्वमा पुग्नै सक्दैनन् ।
आफूले सम्हालेको व्यवसायलाई सफल रुपमा अगाडि बढाउन सक्ने महिलालाई किन महासंघको नेतृत्वमा ल्याइँदैन वा कम ल्याइन्छ ? कि महिला आफै नेतृत्व गर्न इच्छुक हुँदैनन् ?
भवानी राणाले निकै संघर्ष गरेर एफएनसीसीआईको नेतृत्व गर्ने मौका पाइन् । राणाले महासंघलाई महिलाले पनि सफल रुपमा नेतृत्व गरेर अघि बढाउन सक्छ भनेर देखाइन् ।
अहिले पनि महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ । ६४ पदमा लागि १२३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । १२३ जनामा जम्मा ४ जना मात्रै महिना चुनावी मैदानमा उत्रिएका छन् । त्यो भनेको कुल उम्मेदवारको ६ प्रतिशत मात्रै हो ।
यसपालिको निर्वाचनमा कमल श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, शारदा रिजाल, रेखा घिमिरे र रचना श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । महासंघका अध्यक्ष भवानी राणाका अनुसार २ कार्यकाल अघिको चुनावमा महिना उम्मेदवार हुँदै हुँदैन्थे । अहिले विस्तारै महिलाको सहभागिता बढ्दै गएको उनको भनाइ छ ।
‘महिला हरेक क्षेत्रमा सफल छन् । उनीहरु महासंघमा आए भने पनि सफल रुपमा नेतृत्व गरेर हस्तान्तरण गर्न सक्छन्,’ राणाले भनिन्, ‘तर, पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने, महिलाहरु रिक्स लिन नसक्ने र आर्थिक अवस्थाका कारण पनि इच्छाशक्ति हुँदा हुँदै मौन बस्नुपर्ने बाध्यता छ ।’
तर, विगतमा हुने चुनावको तुलनामा अहिले महिला उम्मेदवारको सहभागिता विस्तारै बढ्दै गएको राणाको भनाइ छ । ‘उनीहरुलाई मैले इन्करेज गरिरहेको छु, महासंघमा आएर नेतृत्व गर्न प्रेरित गरिरहन्छु’ महासंघका पहिलो महिला अध्यक्षको पहिचान बनाएकी राणाले भनिन् ।
अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएका ५ जना महिना आफ्नो क्षेत्रमा अब्बल छन् । व्यवसायलाई पनि सफल रुपमा सञ्चालन गरिरहका छन् ।
को महिला कताबाट चुनावी मैदानमा छन् ?
आफनो व्यवसायलाई सफल रुपमा अघि बढाइरहेकी व्यवसायी हुन्, कमला श्रेष्ठ । उनी महासंघका यस अघि पनि कार्यसमिति सदस्यमा आइसकेको व्यक्ति हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगततर्फ सदस्यमा श्रेष्ठ उठेकी हुन् ।
महिला उद्यमी महासंघमा नेतृत्व गरेर आएकी व्यवसायी हुन् शारदा रिजाल । उनी महिला उद्यमी महासंघको पूर्व अध्यक्ष पनि हुन् भने सफल व्यवसायी पनि । वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको प्यानलबाट वस्तुगततर्फ सदस्य पदमा चुनावी मैदानमा उत्रिएका छन् ।
रेखा घिमिरे पनि एक सफल व्यवसायी हुन् । ठूला व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने एसोसिएट क्षेत्रबाट कन्टिनेन्टल ट्रेडिङ प्रालिकी रेखा घिमिरेले उम्मेदवारी दिएकी छन् ।
अटोमोटिभ व्यवसायसहित बैंक तथा वित्तीय संस्थामा समेत बसेर काम गरेकी घिमिरे ढकाल समूहबाट एसोसिएट्तर्फ सदस्यमा उठेकी छन् ।
त्यसैगरी, सफल व्यवसायीको परिचय बनाउने महिनाभित्र पर्छिन ज्योत्स्ना श्रेष्ठ । मेरिगोल्ड ज्वेलर्स, एसजेएस इन्टरनेसनल प्रालि, होटल मेची क्राउन झापा, श्री सयपत्री ज्वेलर्स र गजुर ट्रेड इन्टरनेसनल प्रालिको सफल नेतृत्व गर्ने व्यक्ति हुन्, ज्योत्सना । उनले पनि महासंघमा दुई कार्यकाल बसेर काम गरिसकेकी छन् ।
रचना श्रेष्ठ जिल्ला–नगरबाट चुनावी मैदानमा उत्रिएकी छन् । उनी पनि बाँके उद्योग वाणिज्य संघमा नेतृत्व गरेर कार्यसमिति सदस्यमा उठेकी हुन् ।