काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एन्ड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।
सेलपे, सेलकमद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्छ ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ ।
ग्राहकहरुले सेलपेमा आबद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू लिमिटेड खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् ।
ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भी हरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन पाउन, बिमा रकम भुक्तानी, भुक्तानी, तथा सेयर कारोबारको भुक्तानी गर्न सकिनेछ ।
बैंक अफ काठमाण्डू लिमिटेडले बैंकिङ सेवा ९१ शाखाहरु, ७८ एटीएमहरु र १० एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई पुर्याउँदै आएको छ ।