काठमाडौं । माछापुच्छ्रे बैंकले ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले भक्तपुरको बालकोट, सूर्यविनायक ३, सिराहाको नरहा गाउँपालिका ३, नरहा, मुगुको खत्याड गाउँपालिका ११, रातापानी, झापाको शिवसताक्षी नगरपालिका १०, महोत्तरीको एकडारा गाउँपालिका ५, कोलहुवा बगैया, माईधारा, झापाकै कन्काई ९, घौलाडुब्बामा थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १ सय ४८ पुगेको छ ।
सो बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेकका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
ग्राहक सेवा केन्द्रका रुपमा सञ्चालित शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिनेछ ।
बैंकले नेपालमै पहिलोपटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको जनाएको छ ।