काठमाडौं । बालाजी ग्यास प्रालिले कर छली गर्ने नियतले सिसाको डकुमेन्ट बुझाएको फेला परेपछि वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले ५ सय प्रतिशत जरिवाना लगाएको छ ।
कार्यालयले भन्सार ऐनअनुसार बालाजी ग्यास प्रालिलाई एमएम ढाटेकोमा २ सय प्रतिशत र एल्लो जोनअन्तर्गत भएकाले थप ३ सय प्रतिशत जरिवाना लगाइएको हो । ‘बालाजी ग्लासले नियतबस नै भन्सार छल्न खोजेको पुष्टि भएको छ, त्यही भएर यसलाई ५ सय प्रतिशत जरिवाना गरिएको हो,’ वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि कट्टेलले क्यापिटल नेपालसँग भने, ‘बालाजी ग्लासले बढी एमएम ल्याएर कम एमएमको प्रज्ञापनपत्र बुझाएको र बढि स्क्वायरमिटर ल्याएर कम स्क्वायरमिटर देखाएको पेला परेको छ ।’
यो पनि हेर्नुहोस
कर्मचारीकै मिलेमतोमा छलिन्छ टफन ग्लासको भन्सारः तिर्नुपर्ने ३०, भित्रिन्छन् १५ प्रतिशतमै
कार्यालयका अनुसार बालाजीले १२ फेब्रअरी २०२१ मा प्रज्ञापनपत्र नम्बर ३४७८ अन्तर्गत ३५७२ स्क्वायर मिटर घोषणा गरेको छ । उक्त कन्टेनरमा ल्याइएको सिसा जाँचपास गर्दा ५ सय ३५ स्क्वायर मिटर बढी ल्याइएको फेला परेको हो ।
यो पनि हेर्नुहोस
यसरी भइरहेको छ टफन ग्लासको तस्करी, भन्सारका कर्मचारीले थाहा नपाएकै हुन ?
‘बालाजीले यसले सिसाको साइज र परिणम दुवैमा भन्सार छली गर्न खोजेको देखियो,’ उनले भने, ‘प्रज्ञापन पत्रमा ४ एम एम घोषणा गरेकामा जाँचपास गर्दा ५ एमएम रहेको पाइयो । एउटा प्रज्ञापनपत्र अन्तर्गत दुइटैमा बदमासी गरेको पाइएपछि बालाजी ग्लास प्रालिलाई १२ हजार ३ सय २४ डलर छुट्टै मूल्य कायम गरी ९२ लाख ९६ हजार १ सय ३ रुपैयाँ जरिवाना तिराइएको कार्यालयले जनाएको छ ।
यो पनि हेर्नुहोस
यसरी छल्छन्, टफन सिसाका व्यापारीले भ्याट
बालाजीले एउटा एमएम घटाएर भन्सार छल्न खोजेको देखियो । अर्को परिणम बढी आएको देखियो । त्यसैगरी बालाजीले नै प्रज्ञापनपत्र नम्बर ५४३५ चार वटा आइटम छन् । तीन ओटा आइटम ठीक छ ।
तर, ५ हजार ७ सय ४६ स्क्वायर मिटर ग्लास ४.५ एमएम भनेर घोषणा गरिएको थियो । त्यो ५ एमएमको भेटियो । यसलाई पनि ५ सय प्रतिशत लगाएर १ करोड ४६ लाख २४ हजार ३ सय ८८ रुपैयाँ जरिवाना गरियो ।
अनुसन्धानको क्रममा तिरुपति ग्लास प्रालिले ल्याएका कन्टेनर पनि परेका छन् । मंगलबारबाट त्यसका कन्टेनरमाथि चेकजाँच सुरु हुने कट्टेलले जानकारी दिए ।
यो पनि हेर्नुहोस,
रोकिएन टफन ग्लासको तस्करी, कर छलीको प्रमाण हुँदा पनि कारबाही गर्न सरकारको आलटाल