काठमाडौं । टाइम अफ डे (टीओडी) मिटरको रेकर्ड उपलब्ध गराउन नसक्ने नेपाल विद्युत् प्राधिकरणले वीरगन्जका उद्योगीलाई बक्यौता तिर्न भन्दै धम्कीपूर्ण पत्र पठाएको छ ।
सुविधै उपलब्ध नगराई उद्योगीबाट पैसा असुल्न लागिपरेको प्राधिकरणले बिजुली खपत गरेको प्रमाण अहिलेसम्म दिन सकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिजुली खपत गरेको प्रमाण नदिई उद्योगीको बदनाम गरेर पैसा असुलेर आफ्नो ब्यालेससिट पोजेटिभ बनाउन लागेका थिए । तर, उद्योगीले बिजुली खपत गरेको प्रमाण देखाए आफूहरु पैसा तिर्न तयार रहेको बताउँदा पनि प्राधिकरण प्रमाण देखाउन चाहँदैन ।
प्रमाण पेस गरेर बक्यौता उठाउन नसकेको प्राधिकरणले २०७८ भदौ २७ गते नेपाल विद्युत् प्राधिकरण विद्युत महसुल संकलन विनियमावली, २०७७ अनुसार मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने व्यवस्था रहेकाले बाँकी बक्यौता रहेका ग्राहकहरुलाई सूचना प्रकाशित मितिदेखि तीन दिनभित्र बाँकी बक्यौता बुझाइदिनहुन सूचित गरिन्छ । सूचनालाई अटेर गरी महसुल नबुझाएमा जुनसुकै बेला लाइन सूचना निकालेको छ ।
उद्योगीका अनुसार विद्युत खपत गरेबापत तिर्नुपर्ने रहेक रकम समयमै तिरिरहेको र कुनै पनि बक्यौता छैन । वीरगन्जले घुमाउरो पारामा डेडिकेटेड तथा ट्रंक लाइनको सन्दर्भलाई लिएर पत्र काटेको उद्योगीहरुले बताएका छन् । यदि प्राधिकरणले प्रमाण देखाए त्यो रकम पनि तिर्ने बताइरहेका छन् ।
कुलमान घिसिङ यसअघि कार्यकारी निर्देशक हुँदा नियोजित रुपमा डेडिकेटेड तथा ट्रंक लाइनको समस्या झिकेका थिए । उद्योगीसँगबाट पैसा झारेर व्यालेन्ससिट पोजेटिभ बनाउँछु भनेर लाग्दा अहिले कुलमान आफैं गम्भीर समस्यामा परेका छन् ।
मुलुकमा चरम लोडसेडिङ भइरहेका बेला प्राधिकरणले उद्योगीलाई लाइन नै दिएको थिएन । त्यो कुरा टीओडी मिटरबाट देखिसकिएको छ । त्यही भएर प्राधिकरणले टीओडी मिटरको रेकर्ड अहिलेसम्म उपलब्ध नगराएको उद्योगीहरुले आरोप लगाएका छन् ।
