काठमाडौं । होटेलर गौरव अग्रवाल आफैंमा फिटनेस र फेसनका सौखिन हुन् । काठमाडौंको ठमेल र नक्सालमा चारतारे र पाँचतारे होटल ‘म्यारियट’ सञ्चालक अग्रवालको शौखको व्यवसाय ‘फिटक्याट’ले शुक्रबारबाट व्यावसायिक यात्रा सुरु गरेको छ ।
फिटक्याट गौरवले जन्माएको नेपाली ब्राण्ड हो, जसले स्पोर्टसम्बन्धी हरेक सामग्रीको डिजाइन, उत्पादन र बिक्री वितरण गर्छ । नेपालमा हरेक स्पोर्ट वेयर विदेशबाट आयात गरिन्छ । अबदेखि फिटक्याटले हरेक स्पोर्टवेयर यही उत्पादन गर्ने लक्ष्य राखेको छ ।
अहिले गल्फ, क्रिकेट, फुटबललगायत हरेक गेमको ड्रेस यही बनाउने योजना मात्रै छैन, फिटक्याटलाई ग्लोबल ब्रान्ड बनाउने गौरवको योजना छ । गौरवका अनुसार फिटक्याटलाई छिट्टै भारतीय बजारमा समेत उपस्थित गराइँदै छ ।

यसलाई फ्रेन्जाइजीको रुपमा विकास गरेर अघि बढाउने तयारीसमेत भइरहेको छ । शुक्रबारदेखि काठमाडौं मेरियट होटलभित्रको नाम्चे स्क्वायर कटिङ एज फेसन ब्राण्ड आउटलेट फिटक्याट पूर्णरुपमा सञ्चालनमा आएको हो ।
नेपालको सुस्त र नीरश फेसन उद्योगमा फिटक्याटले बोल्ड र कटिङ एज फेसन संस्कृति भित्र्याएको फिटक्याटका फाउन्डर अग्रवाल बताउँछन् । फेसनका पारखी युवा उद्यमी अग्रवालले विभिन्न भिजनरी डिजाइनर्सहरुसँगको सहकार्यमा फिटक्याटको स्थापना गरेका हुन् ।
दिल्लीकी नन्दिता बासु फिटक्याटकी प्रमुख डिजाइनर हुन्, उनको नवीन डिजाइन र बिचित्रको फेसन टेक्निकले फिटक्याट ब्राण्डलाई नेपालको फेसन उद्योगमा अग्रणी पहिचान बनाउन सघाउने विश्वास छ ।

फिटक्याटको आगमनसँगै नेपालको फेसन उद्योगको नयाँ अध्याय सुरु हुनेमा संस्थापकको विश्वास छ । नेपालबाट फिटक्याटलाई ग्लोबल फेसन ब्राण्डको रुपमा स्थापित गर्ने उनको चाहना छ ।
फिटक्याटका प्रोडक्ट र एक्टिभवेयरहरुले व्यक्ति भित्रको बोल्ड छविलाई बाहिर ल्याउन सहयोग गर्नका साथै काठमाडौंमा छरिएर रहेका महत्वकांक्षी डिजाइनरहरुलाई फिटक्याटले वैश्विक स्तरको केन्द्रीकृत प्लेटफर्मसमेत प्रदान गर्नेछ । फिटक्याटले फिटनेस सौखिनहरुका लागि फिटनेस वेयर, उपकरण, एक्सेसरिजहरु प्रदान गर्छ ।
