गाेरखा । हिमानी ट्रस्टले गोरखाका सामुदायिक विद्यालयमा अध्ययनरत ३ हजार ७ सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
साे ट्रस्टले जिल्ला भित्रका ४० विद्यालयमा अध्ययनरत ३ हजार ७ सय ५० विद्यार्थीलाई साे सामग्री वितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिए।
ट्रस्टले विद्यार्थीलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, स्टेसनरी बक्स, सिसाकलम, हेल्थ ब्याग, लन्च बक्स, पानीको बोटल, माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखेर गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, सिहद लखन गाउँपालिका, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको बिद्यालयका बालबालिकालाई उक्त सामग्री बितरण गरेको उनले बताइन् ।
ट्रस्टकी अध्यक्ष हिमानी शाह र उहाँकी छोरी कृतिकाले चाइना फाउण्डेनमार्फत प्राप्त उक्त सामाग्री शनिबार स्कुलले बिद्यार्थीहरुलाई बितरण गरेकी थिइन् ।