काठमाडौं। आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न सिजनका आइडिएटरहरूको उत्पादन ‘प्रोडक्ट लन्च’ गरेको छ।
स्टुडियोले बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना आइडिएटरको प्रोडक्ट लन्च गरेको हो। प्रोडक्ट लन्च कार्यक्रममा आइडिया स्टुडियो सिजन ४ का आइडिएटर अंशु प्रधानको व्यवसाय ‘मम्मी एन्ड जेमी,’ सिजन–७ का आइडिएटर आशुतोष गोल्यान र मोनिका श्रेष्ठको ‘देसना’ व्यवसाय र सिजन ३ का आइडिएटर रजिना अवालेको ‘समाह ज्वेलरी एन्ड क्राफ्ट’ को प्रोडक्ट लन्च गरेको थियो।
अंशु प्रधानको व्यवसाय ‘मम्मी एन्ड जेमी’ ले गर्भवती महिला, आमा र शून्यदेखि १० वर्ष उमेरका बालबालिकाको लागि उच्च गुणस्तरको कपडाहरू उत्पादन गर्छ। अहिलेसम्म मम्मी एन्ड जेमीले गर्भवती महिलाको बदलिँदो शरीरको आकार र स्तनपानका विशेषताहरूलाई सहयोग गर्ने गर्भावस्थाका लागि उपयुक्त कपास, रेयन, रिब र अन्य कपडाहरू प्रयोग गर्दै आएको छ।
व्यवसायले १०० प्रतिशत बसको फ्याब्रिक्स, हेम्प, अर्गानिक कपास, लेनिन र प्राकृतिक फाइबरबाट बनेका कपडाजस्ता सामग्री बनाउने काम गर्छ। जुन बच्चाको संवेदनशील छालाका लागि उत्तम र आमाका लागि प्रिमियम गुणस्तरका छन्।
![घ1686900098.jpg](https://www.capitalnepal.com/uploads/posts/घ1686900098.jpg)
आशुतोष गोल्यान र मोनिका श्रेष्ठको ‘देसना’ व्यवसाय संसारभरि घरेलु, स्वच्छ, स्वादिष्ट अचार र अन्य खाद्य पूरक उपलब्ध गराउन सक्ने उद्देश्य बोकेको नेपाली ब्रान्ड हो। देसनाले लप्सीको अचार, टिमुर छोप, डल्ले खुर्सानी अचार र आँपको अचार उत्पादन गरिरहेको छ।
देसनाले १५ गृहिणीहरूसँग साझेदारी गरेको छ र विश्वभर घरेलु अचारको सबैभन्दा मनपर्ने ब्रान्ड बन्ने लक्ष्यराखेको छ। देसना हाल दराज, ग्यापु, फार्म शप, डेली ग्रोसरी, रासन मार्ट, केशरिया स्वीट्समा उपलब्ध छ र यसको उत्पादन अमेरिका, अष्ट्रेलिया र भारतमा निर्यात गरिन्छ।
रजिना अवालेको ‘समाः ज्वेलरी एन्ड क्राफ्ट’ ले अर्ध–बहुमूल्य ढुंगा, काँच, सेतो धातु, पीतलको तार, काठ, शेल चिप्स, धागो र पोते बीडहरूबाट बनेका हस्तनिर्मित गहना निर्माण गर्छ। कम्पनीले सन् २०१३ मा नेपाली उत्पादनलाई जनतासमक्ष उचित मूल्य प्रवर्द्धन गर्ने लक्ष्यका साथ आफ्नो उत्पादन सुरु गरेको थियो। यसले ग्राहकलाई सेवामा केन्द्रित गर्दै सस्तो मूल्यमा सुनका गहनाहरूको विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ।
– मर्मत, रिमेक र रिडिजाइन। यी हातले बनाएका गहनाहरू हुन् जुन नेकलेस, ब्रेसलेट, औंलाको औंठी, कपाल क्लिप, बुकमार्क, टाई पिन, एङ्कलेट, र पेन्डन्ट छन्। तिनीहरूले ग्राहकलाई विभिन्न डिजाइन प्रस्तुत गर्छन्। हातले बनाएको गहना भएकाले यसलाई अनुकूलित मानिन्छ।
![ज्ञ1686900107.jpg](https://www.capitalnepal.com/uploads/posts/ज्ञ1686900107.jpg)
आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रममार्फत देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको व्यापक सहभागिता जुटाउन सफल भएको छ। आइडिया स्टुडियो नेपालले नेपाली उत्पादन प्रवद्र्धन गर्ने, सामाजिक रूपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली पर्यावरण प्रवद्र्धन गर्नेजस्ता सबै क्षेत्रका नयाँ सोच÷आइडियालाई विशेष प्राथमिकता दिन्छ।
आइडिया स्टुडियो नेपालबाट छनौट भएका व्यवसायलाई विशेष प्राथमिकता दिँदै उत्कृष्ट बनाउन सल्लाह, तालिम, व्यवसायीक सञ्जाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप साथसाथै वित्तीय पहुँचका लागी सहजिकरणको कार्य गर्छ।
![झ1686900148.jpg](https://www.capitalnepal.com/uploads/posts/झ1686900148.jpg)