काठमाडौं। स्मार्टफोन ब्रान्ड सामसङले नेपालमा फाइभजी भित्र्याउने तयारी थालेको छ।
स्मार्टफोन दुनियाँमा नयाँ उन्नत र नवीन प्रविधि भित्र्याउनुमा सामसङको अलग्गै प्रतिष्ठा छ। जसअनुसार फाइभजी नेटवर्किङ क्षमतासाथ निर्माण गरिएका सामसङका फोन पनि यस कम्पनीले नेपाली बजा ल्याइरहेको छ।
नेपालका दुई प्रमुख टेलिकम अपरेटर नेपाल टेलिकम र एनसेलको नेपालभरि विभिन्न ब्यान्ड र फ्रिक्वेन्सी सञ्चालनमा छन्। अहिले नेपालमा सञ्चालनमा रहेका सबै समान ब्यान्ड टुजीका लागि ब्यान्ड (९०० मेगाहर्ज), थ्रिजीका लागि ब्यान्ड १ (२१०० मेगाहर्ज), फोरजीका लागि ब्यान्ड ३ (१०० मेगाहर्ज) सबैसँग सामसङद्वारा समर्थित छन्।
नेपाल टेलिकमले भोल्टे विस्तार गर्ने समयमा भने आफ्नो एलटिई/फोरजी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्यान्ड २० (८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो।
सामसङद्वारा यसको परीक्षण गरेपछि आफ्ना उपकरणमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो। यसलगत्तै २०२० देखि नेपालमा सामसङ ब्यान्ड २० समर्थित पहिलो मोबाइल ब्रान्ड बनेको हो।
सामसङले नेपालमा सञ्चालित दुई मुख्य सञ्चालक नेपाल टेलिकम र एनसेलका यी सबै ब्यान्ड र फ्रिक्वेन्सी सञ्चालनमा देहायबमोजिम साथ दिँदै आएको छ।
नेपालका टेलिकम कम्पनीहरू फाइभजी नेटवर्क सुरु गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्दैछन्। देशमा सञ्चालित सबै नेटवर्क सञ्चालकले यो प्रविधिको व्यावसायीकरण गरेसँगै प्रयोगकर्ताले आफ्नो फाइभजीका लागि तयार रहेका उपकरणमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मजा लिन सक्नेछन्।
सामसङले २०२१ देखि नै फाइभजीका लागि तयार विभिन्न मूल्यका स्मार्टफोन उपलब्ध गराउँदै आएको छ।
देशमा फाइभजी प्रविधि भित्र्याउने सन्दर्भमा सामसङले नेपाल टेलिकम र एनसेल दुवै टेलिकम सञ्चालकसँग निरन्तर काम गर्दै आएको छ।
कम्पनीले हालै फाइभजी स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ फाइभजी बजारमा उपलब्धसमेत गराएको छ। सामसङ फाइभजीका लागि तयार उपकरण उपलब्ध गराउन पूर्णरूपमा तयार रहेको जनाएको छ।