काठमाडौं। विशेषगरी सहरी क्षेत्रमा फोहोर व्यवस्थापन सरकारका लागि चुनौती बनिरहेको छ। अझ नेपालमा त झन् फोहोरलाई मोहर बनाउनुको साटो राजनीति मिसाएर व्यवस्थापनमा भाँजो हाल्ने गरिएको छ। फोहोर व्यवस्थापनमा स्थानीयदेखि केन्द्र सरकारसम्मले विभिन्न प्रयत्न गर्दा पनि समस्या समाधान हुन नसकेको अवस्था छ। मुख्यतः प्लास्टिकजन्य फोहोर व्यवस्थापन आफैंमा जटिल र कठिन कार्य हो।
प्लास्टिकजन्य फोहोरले वातावरण प्रदूषित बनाउँदै आएको विषय सरकारी तथा वातावरणविद्माझ चर्चामा ल्याइने गरेको छ। तर, त्यसको सही समाधान भने भएको पाइँदैन। प्लास्टिकजन्य फोहोरलाई जलाउँदा वा नजलाउँदा जे गर्दा पनि असर पु¥याउँछ। त्यसैले पनि हाल विभिन्न संस्थाले फोहोर व्यवस्थापनसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेका छन्।
![rahul-1711117348.jpg](https://www.capitalnepal.com/uploads/posts/rahul-1711117348.jpg?timestamp=1711117355395)
कुहिने फोहोरमैलाबाट कम्पोस्ट वा घरेलु मल बनाउने विभिन्न व्यापारिक तथा सामुदायिक पहल सुरु भएका छन्। प्लास्टिकजन्य फोहोरलाई बटुलेर त्यसलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने काम भइरहेका छन्। प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्ने उद्देश्यले केही समय अघिबाट ‘पारा मेन्दो’ कम्पनी सञ्चालनमा आएको छ।
‘पारा मेन्दो’ले प्लास्टिकजन्य फोहोरबाट प्लास्टिकका सिट तथा टायल बनाउने योजनाअनुरुप काम गरिरहेको छ। राहुल विशुंखेसहितको चार जनाको समूह प्लास्टिकजन्य फोहोरलाई मोहोरमा लैजान अगाडि बढेको छ। चार जनाको समूहले धादिङस्थित रि–गाउँमा हाल नमुनाको रुपमा फोहोरबाट प्लास्टिकका सिट तथा टायल बनाइसकेको छ।
![rahul1-1711117374.jpg](https://www.capitalnepal.com/uploads/posts/rahul1-1711117374.jpg?timestamp=1711117381810)
‘पारा मेन्दो’ले गाउँको फोहोर जम्मा गरी सीआरसी (कम्युनिटी रिसाइकलिङ सेन्टर) मा काम गरिरहेको छ। ‘व्यक्तिका घरबाट उत्पादित फोहोरलाई संकलन गरी वस्तु उत्पादन गर्न सकिने भएकाले बजारमा प्लास्टिकजन्य फोहोर कम हुने हाम्रो अपेक्षा छ,‘ पारा मेन्दो’का राहुल विशुंखे भन्छन्, ‘पारा मेन्दो’ प्लास्टिक रिसाइकलिङ कम्पनी हो। गाउँघरमा उत्पादित फोहोरबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन खोजेका छौं।’
‘पारा मेन्दो’ले प्लास्टिकजन्य फोहोरबाट प्लास्टिकका सिट तथा टायल बनाउने योजनाअनुरुप काम गरिरहेको छ। राहुल विशुंखेसहितको चार जनाको समूह प्लास्टिकजन्य फोहोरलाई मोहोरमा लैजान अगाडि बढेको छ।
‘पारा मेन्दो’ले फोहोर र प्लास्टिक व्यवस्थापन त्यसको प्रयोगसँग सम्बन्धित रहेर काम गरे पनि धेरै वस्तु तथा सामग्री बनाउने योजनामा काम गरिरहेको छ। ‘हाम्रो मुख्य उद्देश्य भनेकै फोहोरबाट पनि आम्दानी लिनु हो,’ राहुल भन्छन्, ‘गाउँघरमा उत्पादित फोहोरको महत्त्वबारे नागरिकलाई जानकारी दिने र यसको महत्त्व बुझाउने प्रयास हामीले गरिरहेका छौं।’
यो समूहले पहिलादेखि नै प्लास्टिकमा काम गर्न खोजिरहेका थियो। यसपछि दुई जना रि–गाउँका र काठमाडौंका दुई जना मिलेर यो योजनामा सरिक भएर काम गरेका हुन्। ‘पारा मेन्दो’ले रि–गाउँमा रहेको सीआरसी भवनमा फोहोरलाई जम्मा गरी टायललगायत वस्तु उत्पादन गर्दै आएको छ।
![rahul4-1711117415.jpg](https://www.capitalnepal.com/uploads/posts/rahul4-1711117415.jpg?timestamp=1711117422490)
‘पारा मेन्दो’ले रि–गाउँको स्थानीय सरकारसँग मिलेर फोहोर व्यवस्थापनका लागि काम गरिरहेको छ। राहुलका अनुसार त्यहाँ १३ हजार मेट्रिक टन बढी फोहोर जम्मा भएको छ। ‘हामीले प्लास्टिकबाट सामग्री उत्पादन थालेपछि फोहोर पनि काम लाग्ने वस्तु रहेछ भन्ने सन्देश फैलिएको छ,’ उनी भन्छन्, ‘हामी यहाँ सफल भयौं भने नेपालको फोहोर व्यवस्थापनको समस्या समाधान हुन्छ।’
अब फोहोरजन्य प्लास्टिकबाट उत्पादित वस्तु टिकाउ र राम्रो भए क्षमता बढाउँदै लैजाने योजनामा उनीहरु छन्। प्लास्टिक रिसाइकल गर्न यसको प्रकारअनुसार छुट्याउने काम उनीहरुले गर्दै आएका छन्। विगत २ वर्षदेखि प्यारा मेन्दोले फोहोर व्यवस्थापन गरी स्थानीयलाई सहयोग गर्दै आएको छ।
![rahul2-1711117472.jpg](https://www.capitalnepal.com/uploads/posts/rahul2-1711117472.jpg?timestamp=1711117479969)
‘पारा मेन्दो’ आइडिया उनीहरुले आइडिया स्टुडियो नेपालको कलेज आइडिया हन्ट २०२३ मा पनि प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतीकरणका क्रममा उनीहरुको योजना उत्कृष्ट १० मा पर्न सफल भएको थियो। हाल उनीहरुले पारा मेन्दो कम्पनी नै दर्ता गरेर परीक्षणका रुपमा प्लास्टिक सिट तथा टायल बनाउने काम गरिरहेका छन्।