काठमाडौं। रेडमी ब्रान्डले नेपाली बजारमा रेडमी बड्स ५ ए सार्वजनिक गरेको छ। विभिन्न वायरलेस प्रविधिले प्रयोगकर्तालाई आवश्यक अडियो अनुभव, उत्कृष्ट कनेक्टिभिटी र अन्य विशेषता रेडमी बड्स ५ ए मा रहेको कम्पनीले जनाएको छ।
रेडमी बड्स ५ ए मा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) उपलब्ध रहेको छ, जसले अनावश्यक आवाजलाई रोकी प्रयोगकर्तालाई म्युजिक, पोडकास्ट वा कलमा क्लियर साउन्ड दिन्छ।
गुगल फास्ट पेयरले यो इयर बड्स अरु डिभाइससँग तुरुन्तै कनेक्ट हुन्छ। यसको १२ मिलिमिटरको ब्यास प्रो–ड्राइभरले गहिरो र डायनामिक साउन्ड र आईपिएक्स फोर रेटिङले पसिना एवं पानीका छिटाबाट पनि सुरक्षा दिन्छ।
रेड्मी बड्स ५ ए का विशेषता
रेड्मी बड्स ५ ए उच्च प्रदर्शन र प्रयोगकर्ताको सहजतालाई ध्यानमा राखी निर्माण गरिएको कम्पनीको भनाइ छ। यसको १२ मिलिमिटरको डायनामिक ड्राइभरहरूले २० हर्ज देखि २४ किलोहर्जसम्मको प्रभावशाली फ्रिक्वेन्सी दिन्छ। प्रयोगकर्ताले हेभी ब्यास भएको वा हाइ पिच भएका गीतमा पनि यी इयर बड्सले अडियोमा स्पष्टता र गहिराइ दिन्छ।
आधुनिक जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको रेड्मी बड्स ५ ए टच कन्ट्रोलका साथ आउँछ, जसले प्रयोगकर्तालाई सजिलैसँग संगीत, कल र भ्वाइस असिस्टेन्टलाई व्यवस्थापन गर्न मद्दत गर्छ। आइपिएक्स फोरका साथ इयरबड्स पसिना र पानीका छिटा प्रतिरोधी छन्। ब्लुटुथ ५.४ ले स्टेबल र इफिसियन्ट कनेक्टिभिटी सुनिश्चित गर्छ भने एसबिसी अडियोले हाइ क्वालिटी साउन्ड सुविधा छ।
कम्पनीका अनुसार रेड्मी बड्स ५ ए को ब्याट्री लाइफ अर्को विशेषता हो। ४४० एमएएच ब्याट्री चार्जिङ केससहित प्रत्येक इयरबडमा ३४ एमएएच ब्याट्रीको साथ प्रयोगकर्ताले चार्जिङ केस एक पटकको चार्जमा ३० घन्टासम्मको प्लेब्याक समय र प्रत्येक इयरबडमा ५ घन्टा निरन्तर प्रयोग गर्न सक्नेछन्।
प्रत्येक इयरबडको तौल मात्र ३.६ ग्रामको छ, जसले यो लामो समयसम्म प्रयोग गर्न सकिन्छ। रेड्मी बड्स ५ ए ले हाइ क्वालिटी अडियो, सहज कनेक्टिभिटी र आकर्षक डिजाइनको शक्तिशाली संयोजन रहेको कम्पनीले बताएको छ। रेडमी बड्स ५ ए को २,४९९ रुपैयाँ पर्छ।