विश्वव्यापी नेपाली डायस्पोराको यात्रा अहिले इतिहासको नयाँ मोडमा पुगेको छ। दोस्रो पुस्तादेखि नयाँ आप्रवासीको उपस्थितिले गैरआवासीय नेपाली संघ (एनआरएन)लाई अहिले भावनात्मक संगठन मात्र नभई विभिन्न देशमा छरिएर बसेका नेपाली दाजुभाइ तथा दोस्रो पुस्ताका नवयुवा युवतीलाई एउटा साझा थलो तथा उन्नत समूहको संजाल नीतिगत रुपान्तरण र आधुनिक, सुशासन नमुना बनाउनुपर्ने अवस्था भइसकेको छ।
यस्तो विषम परिस्थितिमा संघलाई समावेशी, पारदर्शी प्रविधिमैत्री र दिगो संस्थाका रुपमा रुपान्तरण गरेर पुर्नस्थापित गर्दै रि–ब्रान्डिङ र उन्नत संस्था भनेर चिनारी बनाउने यात्रामा अघि बढिरहेका छौँ। पछिल्लो केही दशकयता विदेशमा काम गर्ने, पढ्ने तथा आफ्नो कर्म थलो बनाउने चलन बढेको छ। ग्लोबल भिलिजेका रुपमा अगाडि बढिरहँदा नवयुवाहरु विश्वका हरेक कुना कन्दरामा रहेर खोज अन्वेषणमा व्यस्त छन्। दोस्रो पुस्ताका नेपाली युवाहरू विभिन्न मुलुकको सामाजिक, सांस्कृतिक र आर्थिक संरचनामा जरा गाड्दै गर्दा उनीहरूको पहिचान, मातृभूमिसँगको सम्बन्ध र भावनात्मक नाता पहिलेजस्तो सान्दर्भिक र सहज रहेन।
यही बदलिँदो सामाजिक वैश्विक सन्दर्भ, प्रविधिको तीव्र विकास र आप्रवासनका नयाँ आयामहरूले एनआरएनएलाई केवल कार्यक्रममै सीमित रहने संस्था होइन। निरन्तर पुनर्विचार र पुनर्संरचना गर्ने सक्षम निकायका रूपमा रूपान्तरण हुन चुनौती र अवसर दुवै दिएको छ। यही सन्दर्भमा एनआरएनको रि–ब्रान्डिङ केवल लोगो र नाराको फेरबदल होइन। संरचना, प्रक्रिया, नेतृत्व अभ्यास र कार्य संस्कृतिको पूर्ण रुपान्तरण गर्नुपर्ने छ। एनआरएनएलाई आगामी पुस्ताले गर्वका साथ हेर्ने, विश्वासका साथ टेक्ने र अधिकारका साथ प्रश्न सोध्न सक्ने संस्थामा बनाउनु आजको मूल कार्यसूची छ।
विगतका अग्रजहरुले संघको बाघडोर सम्हालेर मातृभूमि नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँहरुको योगदान निकै अतुल्नीय छ। तर, अहिलेको समयमा हाम्रो प्राथामिकता भनेको संघलाई अझ सुदृढ बनाउँदै विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीलाई एउटै सूत्रमा आबद्ध गर्नु हो। उनीहरूको हकहित, समस्या र अपेक्षालाई केन्द्रमा राखेर कार्य गर्ने हाम्रो प्रतिबद्धता सदासर्वा रहेको छ।
संघमा पहिलो पटक, सम्पूर्ण सदस्यले आफ्नो बसोबास मुलुकबाटै अनलाइन मतदानमार्फत नेतृत्व चयन गर्ने व्यवस्था लागू गरिएको छ। यसले केवल मतदाताको संख्या बढाएको छैन, संघभित्रको लोकतन्त्रलाई डिजिटल युग अनुकूल, पारदर्शी र सहभागितामूलक बनाएको छ। आगामी निर्वाचनमा यो प्रणाली अझ परिमार्जित, सुरक्षित र समावेशी बनेर संस्थागत बन्ने विश्वास लिएको छु। एनआरएनका लागि एनआरएन भन्ने मूल मर्मलाई आत्मसात गर्दै हामीले एजेन्डाहरूलाई पुनःकेन्द्रित गरेका छौँ।
अब संघको हरेक पहलको केन्द्रविन्दु गैरआवासीय नेपालीको हकहित, समस्या र भविष्यको सुरक्षामा रहने छ। संघको शक्ति, संरचना र पहुँच सबैभन्दा पहिले समुदायकै पक्षमा प्रयोग हुनेछ। एनआरएनका लागि एनआरएन भन्ने मूल मर्मलाई आत्मसात गर्दै हामीले गैरआवासीय नेपालीहरूको वास्तविक मुद्दासँग जोडिएका थुप्रै योजनाअघि सारेका छौँ। वंशज नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षा, विदेशबाट मतदानको अधिकार, तथा नेपाली मूलका व्यक्तिहरूसँग सम्बन्धित कानुनी तथा भावनात्मक सम्बन्धलाई मजबुत बनाउने पहलहरू यसका प्रमुख उदाहरण हुन्।
प्रत्येक महिना ओरिएन्टेसन कार्यक्रममार्फत गन्तव्य मुलुकसम्बन्धी जानकारी प्रदान गरिने छ।
साथै, ब्रिटिश गोर्खा सैनिकहरूको हकहितका विषयमा समेत सरकारसँग प्राथमिकताका साथ पहल अहिलेको निर्वाचित पदाधिकारीले यस विषयलाई प्राथमिकताका साथ उठाइने छ। सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी हाम्रो अर्को मुख्य प्राथमिकता हो। विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा, राहत तथा सीप विकासका लागि विशेष कार्यक्रमहरू ल्याइएका छन्। काठमाडौंस्थित सचिवालयमा श्रमिक सहयोगका लागि छुट्टै इकाई स्थापना गरिने छ। प्रत्येक महिना ओरिएन्टेसन कार्यक्रममार्फत गन्तव्य मुलुकसम्बन्धी जानकारी प्रदान गरिने छ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत श्रमिकहरूको समस्या र जिज्ञासालाई रियल टाइम समाधान गर्ने प्रणाली पनि विकास गरिने छ। वैदेशिक रोजगारीमा संलग्न नेपालीहरूको लगानीलाई स्वदेशमा आकर्षित गर्न संयुक्त लगानी कोषको अवधारणा अघि सार्ने साथै, विदेशमा आर्जित सीप र अनुभवलाई अभिलेखीकरण गरी स्वदेश फर्किएपछि रोजगारी सुनिश्चित गर्ने कार्यक्रम पनि सञ्चालन गरिने छ। अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै क्षमता अभिवृद्धि र समस्या समाधानमा थप प्रभावकारिता ल्याइने छ।
महिला श्रमिकहरूले भोग्ने मानसिक स्वास्थ्य समस्या, हिंसा तथा सामाजिक चुनौतीलाई सम्बोधन गर्न विशेष कार्यक्रमहरूः जस्तै मनोवैज्ञानिक परामर्श, सपोर्ट ग्रुप सञ्चालन गरिने छ। मैले प्रस्तुत गरेको छु– लामो समयसम्म वंशजको नागरिकताको निरता सम्पत्तिको सुरक्षा आम निर्वाचनमा विदेशबाट मतदान गर्न सक्ने व्यवस्था थाइल्याण्ड, बर्मा, फिजी, मलेसियालगायतका देशमा बसोबास गर्ने नेपाली मुलका व्यक्तित्व जसलाई हामी पिपल अफ नेपाली ओरिजिन भन्छौँ, नेपालसँग भावनात्मक तथा कानुनी निर्माण संविधानको धारा २९१ को संशोधन ब्रिटिस गोर्खा सैनिकका हक अधिकार जस्ताका लागि नयाँ सरकारसँग प्राथमिकका साथ पैरवी गर्ने प्रतिबद्धता हुन्छ।
दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न हामीले नयाँ संरचनात्मक व्यवस्था गरेका छौँ। अन्तर्राष्ट्रिय स्तरमा संयोजक चयन भइसकेको छ, भने प्रत्येक राष्ट्रिय समन्वय परिषदमा पनि उनीहरूको प्रतिनिधित्व सुनिश्चित गरिने छ। आगामी विश्व सम्मेलनमा नयाँ पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य छ। विश्वभर छरिएका नेपाली पेशागत विज्ञहरूलाई समेटेर प्राविधिक परिषद् गठन गरिने छ। जसले ज्ञान, सीप र प्रविधिलाई नेपालमा प्रभावकारी रूपमा उपयोग गर्न मद्दत पुर्याउने छ।
त्यस्तै, संघ केवल एउटा संस्था होइन- यो विश्वभर फैलिएको नेपाली समुदायको साझा शक्ति, सामूहिक पहिचान र मातृभूमिसँगको गहिरो भावनात्मक सम्बन्धको जीवित प्रतीक हो।
विगतमा स्थगित भएको ग्लोबल नलेज कन्फ्रेन्सलाई पुनः सञ्चालन गरिने छ। त्यसका सिफारिसहरू कार्यान्वयन गर्न सरकारसँग सहकार्य गरिने छ। प्राकृतिक विपद व्यवस्थापनका लागि स्पष्ट नीति तथा सचिवालयमा विशेष इकाई स्थापना गरिने छ। अन्तर्राष्ट्रिय संस्थासँग सहकार्यलाई निरन्तरता दिँदै संघलाई बहुआयामिक र विश्वस्तरीय संस्थाका रूपमा विकास गरिने छ।
त्यस्तै, संघ केवल एउटा संस्था होइन- यो विश्वभर फैलिएको नेपाली समुदायको साझा शक्ति, सामूहिक पहिचान र मातृभूमिसँगको गहिरो भावनात्मक सम्बन्धको जीवित प्रतीक हो। यस सम्बन्धलाई अझ सुदृढ, दिगो र प्रभावकारी बनाउन आज हामीले अपनाएको स्पष्ट दृष्टिकोण, नयाँ संरचना र व्यावहारिक कार्यक्रमहरू आगामी पुस्ताका लागि दिशानिर्देशक नक्सा बन्ने छन् भन्ने पूर्ण विश्वास लिएको छु।
एनआरएन केवल एक संस्था मात्र होइन- यो विश्वभरका नेपालीको साझा शक्ति, पहिचान र मातृभूमिप्रतिको भावनात्मक सम्बन्धको प्रतीक हो। यस सम्बन्धलाई अझ सुदृढ, दिगो र प्रभावकारी बनाउन स्पष्ट दृष्टिकोणसहित अघि बढ्नु आजको आवश्यकता हो। हामी सबैको साझा प्रयासले यो लक्ष्य अवश्य हासिल हुनेछ।