काठमाडौं,। नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ। विशेषगरी जेनजी, कलेज विद्यार्थी, र ट्रेन्ड सेटरका लागि डिजाइन गरिएको फोन आकर्षक, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ।
सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ, र मनोरञ्जनको उत्कृष्ट अनुभव दिने वाचा गरेको छ। ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० मेगाहर्ज ब्याट्री र १२० हर्ट्ज डिस्प्लेजस्ता विशेषताले फोनलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ। थप आकर्षणमा १२ प्लस १ महिने वारेन्टीमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टीसमेत छ।
टेक्नो नेपालका नेसनल पाटर्नर सन्तोष भण्डारीका अनुसार स्पार्क ३० सीले नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्याएको छ। यो फोनले युवाको जीवनशैलीसँग मेल खाने विशेषताको संयोजन गरेको छ। टेक्नो मोबाइल इन्डियाका सीईओ अरिजित तलपात्राले टेक्नोले सधैं ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको जानकारी दिए।
स्पार्क ३०सी अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट र म्याजिक स्किन ग्रीन रंगमा उपलब्ध हुनेछ। टेक्नो ७० भन्दा बढी देशमा सञ्चालन हुने नवीन प्रविधिको ब्रान्ड हो, जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनको विस्तृत दायरा प्रस्तुत गर्दै आएको छ।
स्पार्क ३० सीको सुरुआती मूल्य १६,४९० (६ं१२८ जीबी भेरियन्ट) र ८ं२५६ जीबी भेरियन्टको मूल्य १९,९९० रुपैयाँ पर्छ।