काठमाडौं । पाम आयल आयातमा कठोर नीति लिएको भारतले नेपालबाट हुने निकासीमा उदारता देखाएको छ । एक महिनादेखि पाम आयल आयात रोकेको भारतले शुक्रबार नयाँ निर्णय गर्दै नेपालबाट मात्रै ल्याउन खुला गरेको हो । भारतको यो निर्णयले नेपालको पाम आयल निर्यात थप बढ्ने संभावना छ ।
पाम आयल आयात गर्दा भारतले अनुमतिपत्र (लाइसेन्स) को अनिवार्य व्यवस्था भने गरेको छ । ‘जो व्यक्ति वा कम्पनीले लाइसेन्स लिएका छन्, ती व्यक्ति वा कम्पनीले जति पनि पाम आयल नेपालबाट निकासी गर्न सक्छन्,’ उद्योग सङ्गठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले भने, ‘अहिले पाँच ओटा भारतीय कम्पनीले लाइसेन्स लिएका छन् । अन्य कम्पनीले पनि लाइसेन्स मागेको अवस्था लिन सक्छन्, । नेपालबाट पनि पाम आयल आयात गर्न सक्छन् ।’
यसअघिसम्म पाम आयल भारत निकासी गर्दा कुनै पनि किसिमको लाइसेन्सको व्यवस्था थिएन । तर, अहिले लाइसेन्स लिएकाले मात्रै पाम आयल आयात गर्ने भारतले व्यवस्था गरेको छ । त्यसबाहेक परिमाणको कुनै कोटा लगाएको छैन् । जति पनि परिणाम ल्याउन खुला गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगडले भारतले नयाँ व्यवस्था लागू गर्दै नेपालबाट मात्रै पाम आयात गर्ने नीति लागु गरेको बताए । यसले नेपालको निर्यात व्यापार थप सुधारिएर जाने अवस्था आउँछ ।
यसअघिसम्म भारतले इन्डोनेसिया तथा मलेसियाबाट पनि ठूलो परिमाणमा पाम आयल आयात गरिरहेको थियो । अबदेखि नेपालबाट मात्रै पाम आयल ल्याने गरी व्यवस्था गरेको राज्यमन्त्री दुगडले जानकारी दिए ।
भारतले एक सूचना जारी गर्दै पाम आयल आयातमा रोक लगाएको थियो । तर, एक महिना पछि नेपालबाट मात्रै पाम आयल आयात गर्नेगरी बाटो खुला गरिदिएको राज्यमन्त्री दुगडको भनाइ छ ।
भारतले नेपालबाट मात्रै पाम आयल आयात गर्न बाटो खोलिदिएपछि आगामी दिनमा ठूलो परिमाणमा पाम आयल भारत निकासी हुने र त्यसले नेपालको व्यापार घाटा कम गराउन सहयोग पुग्ने सरकारी अधिकारीहरुको भनाइ छ ।
अहिले धमाधाम भारतीय पक्षहरु पाम आयाल आयात गर्नका लागि लाइसेन्स लिने प्रक्रियामा छन् । पाँच ओटा कम्पनीहरुले लाइसेन्स लिइसकेका पनि छन् ।
वाणिज्य मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्याल, सहसचिव नवराज ढकाल तथा उद्योग राज्यमन्त्रीको अथक प्रयासपछि पाम आयल निर्यातको बाटो खुलेको हो ।
सचिव अर्यालसहितको टोलीले कुटनीतिक रुपमा पहल गरेपछि भारतले पाम आयल आयातमा उदारता मात्रै देखाएन्, नेपालबाट मात्रै ल्याउने व्यवस्था पनि गरिदियो ।
भारतले नयाँ तरिकाबाट पाम आयल आयातका लागि बाटो खोजिरहेको थियो । भारतीय पक्षले नेपाली पक्षसँग (खासगरी, सरकारी कर्मचारी र व्यापारी) निरन्तर छलफल गरिरहेको थियो । लाइसेन्स लिएर मात्रै आयात गर्न दिनेमा भारतीय पक्ष थिए भने त्यसलाई नेपाली पक्षले स्वीकार गरेका थिए ।
अर्यालको अथक प्रयासपछि खुल्यो पाम आयल
भारतले पाम आयल आयातमा रोक लगाएपछि सबैभन्दा बढी चिन्तित थिए– वाणिज्य सचिव अर्याल । अर्थतन्त्रको ज्ञाताको रुपमा चिनिएका अर्याललाई थाहा थियो– निर्यात व्यापारमा पाम आयलको योगदान कति छन भनेर । निर्यात व्यापार बढाउन महत्वपूर्ण योगदान गरेको क्षेत्रमाथि प्रहार भएपछि उनले तत्काले भारतीय समकक्षीसँग फोन वार्ता गरे ।
भारतले पाम आयल आयातमा रोक लगाएदेखि नै त्यसलाई खुलाउन आफ्नो तहबाट भरपूर प्रयास गरे । राज्यमन्त्री दुगड र सहसचिव ढकालको पनि राम्रो साथ भएकै कारण नयाँ तरिकाबाट भए पनि पाम आयलको निर्यात पुनः सूचारु हुने अवस्थामा आयो । ‘वाणिज्य सचिव अर्यालको ठूलो योगदान रहेको र त्यसैको प्रतिफलको रुपमा निर्यात खुल्यो,’ राज्यमन्त्री दुगडले भने ।
४० देखि ४५ प्रतिशतसम्म भ्यालूएड
नेपालबाट भारत निकासी हुने पाम आयलको भ्यालू एड झण्डै ४५ प्रतिशतसम्म छ । सरकारले गरेको अध्ययनबाट पनि त्यो कुरा पुष्टि भइसकेको हो । त्यो रिर्पोट पनि भारतीय पक्षलाई जानकारी गराइएको थियो ।
भ्यालू एडको विषयमा सरकार आफू पूर्ण रुपमा कन्भिन्स भएपछि भारतीय पक्षलाई जानकारी गराएको थियो । सरकारले भारतलाई औपचारिक रुपमा जवाफ पठाएपछि उनीहरु नेपाल हेर्न भने आएनन् ।
एक महिनापछि पाम आयल निर्यात खुल्ला, लाइसेन्स अनिवार्य
नेपालको निर्यातमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको पाम आयल निर्यात गर्न लाइसेन्स अनिवार्य गरिएको छ । भारतीय कम्पनी आरएन इम्प्याक्टले नेपालबाट पाम आयात गर्न लाइसेन्स पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ ।
भारतले पाम आयल आयातमा प्रतिबन्ध गरेपछि सिंहदरबारमा खैलाबैला, खुलाउन कुटनीतिक पहल सुरु
नेपालको निर्यातमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको पाम आयललाई भारतले आयात प्रतिबन्ध गरेपछि सिंहदरबारमा खैलाबैला मच्चिएको छ ।
नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको पाम आयल आयातमा भारतले रोकेपछि प्रधानमन्त्री, मन्त्री, सचिवदेखि सहसचिवसम्म भारतीय पक्षसँग कुरा गर्न थालेका छन् । अहिले निर्यात व्यापारलाई सुधार ल्याउन पाम आयातको निर्यात उच्चकोटीमा छ ।
नेपाली पाम आयल रोक्न भारतमा लविङ, शुन्य भन्सार सुविधा नदिन दवाव
एसईएकका अध्यक्ष अतुल चर्तुवेदीले नेपाललाई शुन्य भन्सार सहुलियत दिएमा भारतको राजश्व संकलनमा कमी आउने प्रशोधन उद्योगमा संकटका साथै सिड उत्पादन गर्ने किसान मारमा पर्ने जानकारी दिएका छन ।
उनले पामको कच्चा पदार्थ नेपालकाे उत्पादन नभएको र यसले मूल्य अभिवृद्धि नगर्ने भन्दै चर्तुवेदीले कुनै पनि अवस्थामा नेपाललाई पाम आयलमा शुन्य भन्सार सहुलियत दिन नुहुने जिकिर गरेका छन ।
नेपालको पाम आयल भारतले रोक्यो, १० अर्ब लगानी जोखिममा
३७ प्रतिशत भ्यालू एड गरेर भारत निकासी हुँदै आएको पाम आयल अहिले पूर्णरुपमा रोकिएको भन्सार विभागले जनाएको छ । देशभर १८ ओटा उद्योगले विदेशबाट पाम आयल ल्याएर भ्यालू एड गरेर भारत निकासी गरिरहेका थिए ।
पाम तेल आयातमा भारतले लगायो प्रतिबन्ध,के होला नेपालको निकासी ?
पाम आयल नेपालको उत्पादन भने होइन। तर व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार नेपालले गर्ने कुल निर्यातको २४.२ प्रतिशत बराबरको पाम आयल मात्रै निर्यात हुने गरेको देखिएको छ।
पाम आयलको ‘भ्यालू एड’लाई लिएर पहिल्यै संशकित थिए भारतीय, सरकारले प्रस्ट्याउँदा पनि केही लागेन
पाम आयलको विषयलाई लिएर भारतीय पक्षले पटक पटक नेपाली अधिकारीहरुसंग सोधपूछ गरिरहन्थे । यतिसम्म कि नेपाल–भारतको संयुक्त बैठकमा समेत सबैभन्दा पहिला छलफल हुने विषय पाम आयल थियो ।
पाम आयलको विषय सकिएपछि मात्रै एजेन्डामा प्रवेश गर्ने गरेका थिए, भारतीय । खासगरी पाम आयलको भ्यालू एडको विषयलाई लिएर उनीहरुको गम्भीर चासो थियो । तोकिएको भ्यालू एड नभइ नेपालबाट पाम आयल भारत गइरहेको छ भन्ने बुझाइ उनीहरुको थियो ।