काठमाडौं। बिवाईडी सिगलले ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड जितेको छ। २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा बिवाईडीले ‘वर्ल्ड अर्बन कार अफ द इयर’ को उपाधि जितेको हो।
वर्ल्ड कार अवार्ड कार्यक्रमअन्तर्गत विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बिवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो।
सो जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बिवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको छ। बिवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइनलाई समेटेको छ। जसले गर्दा यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ।
उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी–फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।
यसपटक वर्ल्ड कार अवार्डका ९६ जना अन्तर्राष्ट्रिय निर्णायकहरुलाई यस कारको अग्रगामी डिजाइन, अर्बन मोबिलिटी परफर्मेन्स र युनिभर्सल मार्केट अपिलले प्रभावित पारेको हो।
बिवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले बिवाईडी सिगललाई वर्ल्ड अर्बन कारको रूपमा सम्मानित गरिनु बिवाईडीको लागि गर्वको विषय भएको बताइन्। पछिल्ला वर्षहरूमा बिवाईडीले अन्तर्राष्ट्रिय बजारमा उचाइ लिँदै आएको छ।
२०२४ मा बिवाईडी डल्फिनले पनि वर्ल्ड अर्बन कारकै शीर्ष ३ मा स्थान बनाएको थियो भने बिवाईडी सिल वर्ल्ड कार अफ द इयरको शीर्ष ३ मा पर्न सफल भएको थियो। जुन उपलब्धि अहिलेसम्म कुनै चिनियाँ अटो निर्माता कम्पनीले हासिल गर्न सकेको छैन।
नेपालमा बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिले नै बिवाईडी सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै नेपालमा यसको आधिकारिक लन्च गर्ने संकेत दिएको छ। नेपाली बजारमा सिगल एकदमै प्रतिक्षित मोडलको रुपमा रहेको छ।