काठमाडौं। महेन्द्रा बीई-६ र दिपल एस-०५ नेपाली बजारमा प्रवेश गर्ने तयारीमा रहेका नयाँ इलेक्ट्रिक (ईभी) मोडल हुन्। यी दुई ब्रान्डको आगामी प्रवेशले नेपाली अटो बजारमा प्रतिस्पर्धा हुने देखिन्छ।
विद्युतीय गाडीमा सबैको चासोमा रहने ब्याट्री पावर र रेन्ज भने दुवै ब्रान्डको उत्कृष्ट रहेको छ। यी दुवै ब्रान्डको फिचर रेन्जलगायतका कुरा भने मिल्दो जुल्दो छ।
भारतीय ब्रान्ड महिन्द्राले बीई-६ युवा पुस्ताको चाहनालाई ध्यानमा राखेर निर्माण गरिएको मोडल हो। यसलाई फिचरसँगै डिजाइन पनि फ्यूचरस्टीक बनाउन कम्पनीले धेरै कुनै कसर बाँकी राखेको छैन।
दिपल एस-०५ भने थाइलान्डमा उत्पादन भएर नेपाली बजारमा आउने तयारीमा रहेको मोडल हो। एस-०५ चांगनको इपीएवान प्लेटफर्ममा निर्मित छ। जुन उनीहरुको विशेष नयाँ ऊर्जा सवारीसाधनको लागि डिजाइन गरिएको हो। दिपलले डिजाइन र टेक्नोलोजीलाई प्राथमिकतामा राख्दै आएको छ।
नेपालमा महेन्द्रा गाडीको आधिकारिक वितरक अग्नी इनकर्पाेरेट प्रालीले हो भने दिपल गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धि हो।
मोटर तथा ब्याट्री पावर
मेहन्द्रा बीई-६ दुई ब्याट्री अप्सनमा उपलब्ध छ। यसमा ५९ किलोवाट आवर र ७९ किलोवाट आवरको ब्याट्री दिइएको छ। बीई-६ मा २१० किलोवाटको मोटर जडान गरिएको छ।
दीपल एस-०५ मा ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ। यसमा १७५ किलोवाटको मोटर जडान गरिएको छ।
रेन्ज
मेहन्द्रा बीई-६ ले ६८२ किलोमिटर रेन्ज दिने कम्पनी दावी गरेको छ। सीएलटीसीको अनुसार दिपल एस-०५ ले ५१० किलोमिटर रेन्ज दिने छ।
साइज
साइजमा दिपल एस-०५ निकै आकर्षक देखिएको छ। महेन्द्रा बीई-६ भन्दा दिपल एस-०५ साइजमा ठुलो छ। दिपल एस-०५ एसयूभीको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० र उचाइ १६०० एमएम छ। यसको ह्वीलवेस पनि २८८० एमएम लामो छ।
महिन्द्रा बीई–६ को लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ। यसमा २७७५ एमएम ह्वीलवेस पाउन सकिन्छ।
फिचर
महेन्द्रा बीई-६ को इन्टेरियर पनि निकै आकर्षक देखिएको छ। १२.३ इन्चका ड्यूल स्क्रिनको कम्बिनेसन उत्कृष्ट छ। यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एप समावेश छन्।
बीई-६ मा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ। क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीवी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ।
यसमा फ्ल्याटवटम स्टेरिङ ह्वील, मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ। हर्मन कार्डनको १६ स्पिकर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, मल्टिकलर एम्बियन्ट लाइट, ५जी कनेक्टिभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्यागजस्ता फिचरले यसलाई अब्बल एसयूभी बनाएको छ।
दिपल एस-०५ मा हाइडेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा दीपल एस-०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ। इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर यसमा छन्।
स्टील र आल्मुनियमको बडी, ६ वटा एयरब्याग, हिडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्क्रिन पाउन सकिन्छ। दीपलले एस-०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बीयन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेसले यसलाई बलियो बनाएको छ।