काठमाडौं। एसपीजी अटोमोबाइल्स ‘ईभी पायोनियर अवार्ड’बाट सम्मानित भएको छ।
चेरी अटोमोबाइलको सब–ब्रान्ड ओमोडा एन्ड जेइको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सलाई ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’ मा ‘ईभी पायोनियर अवार्ड’बाट सम्मानित गरिएको हो।
सम्मेलन चीनको आन्हुई प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टरमा आयोजना गरिएको थियो, जहाँ चेरीको मुख्यालय तथा मुख्य उत्पादन केन्द्र छन्।
सम्मेलनमा चेरी होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुईले एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडालाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।
सम्मेलनमा २० बढी देशका तीन हजार बढी डिलर सहभागी थिए। अन्तर्राष्ट्रिय सम्मेलनले सहभागीलाई अटोमोबाइल क्षेत्रका उपलब्धि प्रदर्शन गर्ने तथा यसबारे विभिन्न रणनीतिक विचार अन्तर्राष्ट्रिय साझेदारसँग आदानप्रदान गर्ने अवसर उपलब्ध गराएको छ।
सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरी इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङयुए र महाप्रबन्धक झाङ गुइबिङलगायतको उपस्थिति थियो।
एसपीजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइको ईभी सवारीसाधनको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा योगदान पुर्याएको र उल्लेखनीय बजार विस्तारका लागि ‘ईभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो।
ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा इ–फाइभ’ ईभी सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो भने ‘नाडा अटो सो २०२४’मा यसको रगेड र स्टाइलिस सब–ब्रान्ड ‘जेइको जे–सिक्स’ एसयूभी प्रदर्शनी गरेको थियो।