काठमाडौं। एमजीलगायत ब्रान्डले प्रयाेग गर्ने विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएल ‘नो फायर, नो एक्सप्लोजन’ मापदण्ड पूरा गर्ने पहिलो ब्याट्री उत्पादक बनेको छ।
ब्याट्री सुरक्षाका लागि अनिवार्य गरिएको नयाँ संस्करणको जीबी ३८०३१–२०२५ लाई चीन सरकारले सन् २०२५ मार्च २८ मा जारी गरेपछि सीएटीएलले सबैभन्दा पहिले यस्तो मापदण्ड पूरा गरेको हो। यो २०२६ जुलाई १ देखि लागू हुनेछन्।
नयाँ मापदण्ड पूरा गर्न ब्याट्री निर्माताले नयाँ परीक्षण पास गर्नु अवाश्यक थियो। सोही क्रममा सीएटीएल ब्याट्रीको थर्मल डिफ्युजन परीक्षण गर्दा थर्मल रनवेमा आगो लाग्न वा विस्फोट हुनबाट जोगिएको थियो। परीक्षणका क्रममा ब्याट्रीबाट उत्पन्न हुने धुवाँले सवारी साधनमा बस्नेलाई क्षति पुर्याएन भने आगो वा विस्फोट हुनुअघि चेतावनी संकेत प्राप्त भएको थियो।
-1746518290.jpg)
पहिलो परीक्षण भनेको तल्लो प्रभाव परीक्षण हो, जसको उद्देश्य ब्याट्री सुरक्षा क्षमताको मूल्यांकन गर्नु हो। दोस्रो परीक्षणका लागि ब्याट्रीले पछिल्ला सर्ट–सर्किट परीक्षणमा आगो वा विस्फोटबिनै ३०० द्रुत–चार्जिङ चक्र सामना गर्नुपर्ने थियो, जुन सीएटीएलले पास गरेको छ। सीएटीएलले तोकिएको समयभन्दा पहिले नै नयाँ मापदण्ड पूरा गरेको हो।
अप्रिल २९ मा सीएटीएलले आधिकारिक रूपमा घोषणा गरी दुई जीबी ३८०३१–२०२५ विद्युतीय सवारी साधनका लागि पावर ब्याट्री सुरक्षा आवश्यकता परीक्षण गरेको जनाएको थियो। ब्याट्री सेल र ब्याट्री प्याक दुवै परीक्षण गरिएको थियो।
सीएटीएलका अनुसार पहिलो पटक जुन २०२२ मा सेल–टु–प्याक प्रविधिको तेस्रो पुस्ताको रूपमा बजारमा आएको क्विलिन ब्याट्री निरीक्षणका लागि पेस गरिएको थियो। परीक्षण रिपोर्ट चाइना अटोमोटिभ टेक्नोलोजी एण्ड रिसर्च सेन्टरद्वारा जारी गरिएको हो।
सीएटीएलले प्राविधिक नवप्रवर्तनमार्फत पावर ब्याट्री ताप प्रसार, तल्लो सुरक्षा, द्रुत चार्जिङ सुरक्षा र अन्य पक्षको सुरक्षास्तरमा निरन्तर सुधार गर्ने बताएको छ। प्रभावकारी मितिभन्दा एक वर्ष अगाडि नयाँ मानक पूरा गर्नाले सुरक्षित ब्याट्री क्षेत्रमा सीएटीएलले प्रभुत्व प्रदर्शन गरेको कम्पनीको भनाइ छ।
यो उत्पादन परीक्षण र प्रमाणीकरण प्रदान गर्ने कम्पनीको प्रसिद्ध समूह हो। फेब्रुअरी २०२५ मा विश्वभर १ करोड ८० लाख बढी सवारीसाधनमा सीएटीएलद्वारा निर्मित ब्याट्री प्रयोग गरिएको घोषणा गरिएको थियो।
कम्पनीले उत्पादन गर्ने ब्याट्रीलाई जिकर, एइटो, एलआई एइटो, साओमी, नेटा, अवतार र लोटसलगायत थुप्रै प्रख्यात ईभी निर्माताले प्रयोग गर्दै आएका छन्।