काठमाडौं। एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ।
यो अफर जेठ ३ गतेबाट सुरु भएर जेठ ३१ गतेसम्म सञ्चालनमा रहने कम्पनीले बताएकाे छ। कम्पनीका अनुसार शनिबार मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफरअन्तर्गत ग्राहकहरुले विभिन्न चार वटा प्याकहरु किन्दाबिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक,अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड यूट्युवमा पाउँछन्।
सोसल मिडियामार्फत गरिने भ्वाइस कल,भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध नहुने कम्पनीले बताएकाे छ। फ्ल्याश सेल्समा डबल मजा,डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन्।
यस अफरअन्तर्गत ग्राहकले करसहित १५० रूपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन्। यसबाहेक एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा रहेकाे कम्पनीले बताएकाे छ।
त्यसैगरी कर सहित रु २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन्।
ग्राहकले रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन्। रु ५९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन्।
अर्को रु ७९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन् र साथै २४ घण्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउँछन्।