काठमाडौं। सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि तीन वटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू संचालनमा ल्याएको छ।
एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा ल्याइएका हुन्।
आजदेखि यी प्याकहरु लागू भएका छन्। भ्वाइस प्याकअन्तर्गत ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक करसहित मात्र ९९ मा लिन सक्छन्।
हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ मा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैँ अन प्याक लिन सक्छन्। यसैगरी डेटामात्र चाहने ग्राहकले १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन्।
यी प्याकको प्रमुख विशेषता हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था हो। जसले ग्राहकलाई बारम्बार प्याक लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ। ग्राहकले ८१२३८९३ डायल गरी एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा बिक्रेतामार्फत यी प्याक लिन सक्छन्।
ग्राहकले आफ्नो आवश्यकताअनुसार सजिलै सेवा रोजेर झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याक संचालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ। सेवा निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनुपर्ने कम्पनीले जनाएको छ।