काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग उपलब्ध गराएको छ।
एकल महिला, बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसाजस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएकोे आवाज नेपाल दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको छ।
बैंकले करिब ४० जना एकल महिला र तिनका बालबालिका आश्रित संस्थालाई २ महिनासम्म पुग्ने सरसफाइ तथा उपभोग्य सामग्री उपलब्ध गराएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरुप महिला र बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गरे।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले सीआरएसअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन बैंकले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
हाल बैंकले २ सय शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ।