काठमाडौं। नेपाली उत्पादकलाई नेपालमा भन्दा भारतमा सिमेन्ट बेच्दा अधिक लाभ हुने गरेको देखिएको छ। स्वदेशी उत्पादकले नेपालमा भन्दा भारतमा महँगो मूल्यमा सिमेन्ट बेचिरहेको निकासी तथ्यांकबाट देखिएको हाे।
व्यवसायीले चालू आर्थिक वर्षको वैशाखसम्म ७ लाख ७२ हजार टन सिमेन्ट तथा क्लिंकर निकासी गर्दा २ अर्ब ४१ करोड रुपैयाँ मुलुकभित्र भित्रिएको छ। गत वर्षको सोही अवधिमा व्यवसायीले २५ लाख ६४ हजार टन क्लिंकर तथा सिमेन्ट निकासी गर्दा ३ अर्ब ३३ करोड रुपैयाँ नेपाल भित्रिएको थियो। भन्सार विभागकाे तथ्यांकअनुसार चालू आवमा गत आवभन्दा तीन गुणा कम १ अर्ब हाराहारी मात्रै निकासी रकम घटेको छ।
राम्रो मूल्यमा भारतीय बजारमा नेपाली सिमेन्ट जानुले सिमेन्ट उद्योगका लागि ठूलो व्यापारिक सम्भावना उजागर गरेको छ।
यसरी सिमेन्ट निकासी मूल्य चालू वर्ष बढी भएको देखिन्छ। भारतले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)मा सहजीकरण गरेसँगै निकासी हुन थालेको थियो। यसबीचमा बीआईएस नवीकरण नहुँदा धेरै समय नेपालबाट सिमेन्ट निकासी हुन सकेन।
राम्रो मूल्यमा भारतीय बजारमा नेपाली सिमेन्ट खपत हुनुले सिमेन्ट उद्योगका लागि ठूलो व्यापारिक सम्भावना उजागर गरेको छ। यद्यपि, निर्यातको यो सम्भावनालाई पूर्ण रूपमा दिगाे बनाउन नीतिगत प्रोत्साहन र भारत सरकारबाट सहजीकरण आवश्यक रहेको व्यवसायी बताउँछन्।
भन्सार विभागकाअनुसार यो अवधिमा २ अर्ब ४१ करोड रुपैयाँ बराबरको ७ लाख ७२ हजार टन सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ। यसमध्ये ६४ करोड रुपैयाँ बराबरको ४ लाख ८१ हजार टन क्लिकर निर्यात भएको हाे।
सो अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ बराबरको २ लाख ९० हजार टन तयारी सिमेन्ट निर्यात भएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा १० महिनामा ३ अर्ब ३३ करोड रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो।
सो अवधिमा २५ लाख ६४ हजार टन सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो। गत वर्षको १० महिनामा १ अर्ब ६६ करोड रुपैयाँ बराबरको करिब ५ लाख टन क्लिंकर निर्यात भएको थियो भने १ अर्ब ६६ करोड बराबर रकमको २० लाख टन तयारी सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ।
गत आर्थिक वर्ष २०८०/८१ मा वर्षभरमा ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट भारत निर्यात भएको थियो। भन्सार विभागकाे तथ्यांकअनुसार सो वर्ष ३० लाख टन सिमेन्ट निर्यात भएको थियो। यसमध्ये १ अर्ब ८८ करोड रुपैयाँ बराबरको ६ लाख टन क्लिंकर निर्यात भएको विभागले उल्लेख गरेको छ। सोही वर्ष २ अर्ब ९७ करोड रुपैयाँ बराबरको २४ लाख टन तयारी सिमेन्ट निर्यात भएको थियो।
अघिल्लो वर्ष २०७९/८० मा सिमेन्ट निर्यातको आँकडा केही कम देखिन्छ। उक्त वर्ष नेपालबाट ७७ करोड रुपैयाँको मात्रै सिमेन्ट निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।
पछिल्लो तीन वर्षयता नेपालबाट भारत निर्यात हुने सिमेन्टमा क्रमिक वृद्धि भइरहेको विभागको तथ्यांकले देखाउँछ।
यो वर्ष झन्डै १० लाख टन सिमेन्ट निर्यात भएको थियो। विभागका अनुसार निर्यात भएको सिमेन्टमध्ये ४२ करोड रुपैयाँ बराबरको ३ लाख ९६ हजार टन क्लिंकर निर्यात भएको थियो। सोही अवधिमा ३५ करोड रुपैयाँ बराबरको ६ लाख टन तयारी सिमेन्ट निर्यात भएको छ।
पछिल्लो तीन वर्षयता नेपालबाट भारत निर्यात हुने सिमेन्टमा क्रमिक वृद्धि भइरहेको विभागको तथ्यांकले देखाउँछ। विगतका वर्षमा निर्यात तथ्यांकले भारतमा नेपाली सिमेन्टको व्यापार विस्तार भइरहेको पुष्टि गरेको छ।
नेपाल सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुका अनुसार नेपाली सिमेन्टको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग छ। तर, पर्याप्त मात्रामा निर्यात हुन भने सकेको छैन। ‘नेपाली सिमेन्टको माग राम्रो छ तर, निर्यात हुन सकेको छैन,’ उनी भन्छन्, ‘सिमेन्ट निर्यातका लागि बलियो रणनीति नहुँदा निर्यात हुन नसकेको हो।’
नेपाली सिमेन्ट र क्लिंकर निकासीको सम्भावना छ। तर, राज्यले नीतिगत रुपमा व्यापारीलाई प्रोत्साहन गर्न नसक्दा क्षमताका आधारमा सिमेन्ट निर्यात हुन नसेकेको व्यवासायी बताउँछन्। नेपालको सिमानादेखि करिब १ हजार किलोमिटरको दूरीमा रहेका भारतको मध्यप्रदेश र राजस्थानभन्दा नजिक चुनढुंगा खानीको उपलब्धता नरहेको उद्यमी राजेश अग्रवालले बताए।
नेपालकाे सीमावर्ती बंगाल, बिहार र उत्तर प्रदेशमा नेपाली सिमेन्ट र क्लिंकर निकासीको सम्भावना छ। भौगोलिक निकटता र कच्चा पदार्थको सहज उपलब्धता नेपाली सिमेन्ट उद्योगका लागि फाइदाजनक देखिन्छ। नेपाली सिमेन्टको अन्तर्राष्ट्रिय बजारमा पहुँच सदुपयोग गर्न राज्यले नीतिगत रूपमा व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक छ।
भारतको बजारमा नेपाली सिमेन्टको सम्भावनालाई वास्तविक सफलतामा परिणत गर्नका नीतिगत सुधार, भारत सरकारसँगको समन्वय र निर्यात प्रोत्साहन गर्नुपर्ने देखिएको छ। यसो गरिए नेपाली सिमेन्ट उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा अझ प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ। यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।