काठमाडौंको केन्द्र दरबारमार्ग। यही स्थानमा छ, देशकै सबैभन्दा ठूलो बैंक नबिलको केन्द्रीय कार्यालय। भवनको पाँचौँ तलाको एउटा कोठालाई सजाउँदै थिए, महिला कर्मचारी। कोही भाँडामा पानी र फूल राखेर सजाउँदै थिइन् भने, कोही तार मिलाउन व्यस्त थिए। कोठाको सजावटमा उनीहरुले सकेजति काम गरिरहेका थिए।
कोठामा १० जना जति अट्ने सोफाहरु। दुई वटा बडेमानका र्याक। र्याकभरि मायाको चिनोहरु। सम्झना साँची राख्ने अनेक उपहारहरु। यी मायाको चिनो र सम्झनाका उपहारले भन्दै थिए, ‘यो एक सफल व्यक्तिको कार्यकक्ष हो।’
टेबलमाथि राखिएका पत्रिकाहरुले भन्दै थिए, ‘यो सब मेहनतको प्रतिफल हो।’
यो कार्यकक्ष आफैमा पूर्ण थियो। उत्तरतर्फबाट छिरेका घामको मधुर किरणले थप रौनक थपेको छ। तर, कोठामा सजावटको कामको रफ्तार थियो। सजावट चलिरहेको कोठामा शुभचिन्तकहरु जम्मा भइसकेका थिए। त्यही शुभचिन्तकलाई छिचोल्दै आइपुगे, बैंकर मनोज ज्ञवाली।
उनी कोठामा आइपुगेसँगै उनका सारथि र शुभेच्छुकहरुले बधाई दिए। कोही फोनमा बधाईका सन्देश छाड्दै थिए। उनी बधाई दिनेहरुलाई धन्यवाद भनिरहे। आफूलाई भेट्न आउने सबैलाई सम्मानभाव प्रकट गरिरहे।
उनलाई बधाई दिनुको कारण थियो, बढुवा। बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका मनोज पाँच महिनामै प्रमुख कार्यकारी अधिकृत (सिईओ) बने। यो बैंकिङ करिअरमा उपल्लो तहमा यति छिटो बढुवा हुने नौलो होला, सायद। बिहीबार मात्रै बैंककाे सिईओ बनेका छन्। यसले देखाउँछ, उनको करिअरको गति शिखरको बाटोमा कति चाँडो लम्किँदै छ। अब भावी दिनमा देशकै ठूलो बैंकको शीर्ष पदमा पुग्ने गोरेटो काेरिसकिएकाे छ।
उनी यो स्थानमा सजिलै पुगेका हैनन्। कसैले दया-माया गरेर अगाडि बढाएका पनि हैनन्। यति लोभलाग्दो स्थानमा पुग्न उनले ठूला चुनौतीहरुसँग जुध्न आँट गरे। बैंकर बन्न आफ्ना बाल्यकालदेखिको सपनालाई बिच बाटोमा छाडिदिए। बुबासँगै परिवारको डाक्टर बनाउने चाहनालाई माया मारिदिए।
...
कर्णालीको गाउँबाट डाक्टर बनाउने बुबाको सपना

मनोजको यो उचाइको सुरुवात सानो गाउँबाट भएको हो। आजभन्दा झण्डै पाँच दशकअघि पश्चिम नेपालको कार्णालीको दैलेखमा जन्मिएका थिए, उनी। हाल भैरवी गाउँपालिका वडा नम्बर ३ मा पर्ने बढलम्जी गाउँ पञ्चायत भन्ने स्थानको मध्यम परिवारमा जन्मिएका उनी जेठो छोरा थिए। जेठो छोरा भएकाले बुबाको काँधको जिम्मेवारी, परिवारको आशाको दियो उनैमाथि थियो।
त्यसैले सानैदेखि बुबाले उनलाई डाक्टर बनाउने चाहन्थे। उनका बुबा आफैमा आयुर्वेदको मेडिकल प्राटिस्नर थिए। उनी भन्छन्, ‘मेरो बुबा आयुर्वेदको मेडिकल प्राटिस्नर हुनुहुन्थ्यो। उहाँले मलाई एमबिबिएस डाक्टर बनाउँछु भन्ने थियो।’
‘हाम्रो पालामा गाउँमा टिचर नै पाउँदैन थियो। मैले अप्सनल म्याथ लिएको। बिना टिचर पढेर पास गरेँ।’
बुबाको सपनासँगै परिवारको आशालाई काँधमा राखेका उनी भविष्यमा राम्रो गर्नुपर्छ भन्नेमा दृढ थिए। तर, के बन्न सकिन्छ भन्नेमा अन्यौल थियो। उनले पढ्नलाई मेहनत गरिरहे। आफूलाई अब्बल बनाउने प्रयास राखिराखे। उनले गाउँकै स्कुलबाट निमाविसम्म पढाई सके। त्यसपछि उनको थप दुःखका दिन थपियो। घण्टौँ हिँडेर मावि तहमा पढ्न गए। हार मानेनन्। पढाईमा सुनौलो भविष्य देखेका मनोजले ‘अप्सनल म्याथ’ लिएर पढे।
उनी सम्झन्छन्, ‘हाम्रो पालामा गाउँमा टिचर नै पाउँदैन थियो। मैले अप्सनल म्याथ लिएको। बिना टिचर पढेर पास गरेँ।’ उनी आफूले अप्सनल म्याथ लिएकोमा गर्व गर्थे। तर, टिचरले राम्रोसँग पढाएको अनुभूति थिएन, उनीसँग। टिचरबिना एसएलसी पास गरेकोमा आत्माविश्वासी बनेका थिए, उनी।
एसएलसीमा उनीसँगै १६७ जनाले परीक्षा दिएका थिए। यति धेरै साथीहरुले फलामे ढोका मानिने एसएलसीको परीक्षा दिए पनि जम्मा १२ जना मात्रै पास भए। बाँकी १५५ जनाले फलामे ढोका पार गर्न सकेनन्। एसएलसीमा सेकेण्ड डिभिजन ल्याएर मनोजले फलामे ढोका पार गरेका थिए। उनीसँगै अरु पाँच जना साथीहरुले पनि सेकेण्ड डिभिजन ल्याएका थिए। बाँकी ६ जनाले थर्ड डिभिजन ल्याए।
टिचरले नपढाए पनि उनले आफ्नै मेहनतमा फलामे ढोका पार गरे। उनी एसएलसीको परीक्षामा पास मात्र भएनन्, डाँडीमाडीको हिमालय स्कुल टप गरे। उनी पढेको स्कुलको एसएलसी ब्याजको टपर नै उनी बने। उनी भन्छन्, ‘मेरो सेकेण्ड डिभिजन। तर, आई वाज द टपर।’
उनको एसएलसी ब्याजमा फेल भएका साथीहरु पनि पछि राम्रो पढे। कतिपय साथीहरु कलेज टप भए। ‘एकपटक मसँग पढेका तीन जना साथीहरु नै सिडिओ थिए। अहिले दुई जना साथीहरु सहसचिव तहमा छन्,’ उनी भन्छन्।
‘आई वाज द टपर’ भनिरहँदा गौरव गर्छन्, मनोज। तीन दशकभन्दा अगाडि एसएलसी पास हुनु सानोतिनो कुरा हुँदै होइन्। उनीहरुको ठूलो सम्मान हुन्थ्यो। सारा दुनियाँले हेर्ने नजर विशिष्ट हुन्थ्यो। त्यो जमनामा एसएलसीमा स्कुल टप हुनु एउटा क्षेत्रमा चुनाव जितेर नेता भन्नुभन्दा ठूलो मानिन्थ्यो। उनी त्यस्तै थिए, चुनाव जितेको नेता जस्तै।
गाउँघर, वरपरको जिल्ला, आफ्नो क्षेत्रमा पढेर नाम कमाएका मनोज सपनाको सहर काठमाडौं जाने निश्चित थियो। परिवारले थप पढ्न काठमाडौं पठाउने भए।
पढाई राम्रो भएकाले बुबाले डाक्टर बनाउने सोच्नु भयो। परिवारले साथ दिने भए। बुबा र परिवारको सपनालाई साकार पार्ने उनको उद्देश्य थियो। त्यो बेलाको जमना राम्रो पढाई भएकाले डाक्टर इञ्जिनियर पढ्ने लहर थियो।
‘हाम्रो पालामा पढाइमा राम्रो छ भन्ने भयो भने डाक्टर, इञ्जिनियर पढ्ने भन्ने हुन्थ्यो। त्यो हिसाबले बुबाले डाक्टर पढ्नु पर्छ भनेर हौसला दिनु भयो। मलाई पढ्न पठाउनु भयो,’ उनले सम्झिए।
‘फूपुको छोरा दाजुले, यो साइन्स पढेर केही पनि हुँदैन बाबु। बरु कमर्स पढ भन्नु भयो। तीन महिना पढेर छाडिदिएँ।’
परिवारको सपना साकार पार्न उनी डाक्टर बन्न साइन्स पढ्न भर्ना भए। त्रिचन्द्र कलेजमा तीन महिना साइन्स पनि पढे। त्यसपछि उनको बाटो मोडियो। परिवारको सपनाभन्दा आफ्नो क्षमतामा विश्वास गर्न पुगे।
आफूसँग बस्ने फुपुका छोराले साइन्स पढेर केही हुँदैन भन्दै कमर्स पढ्न सुझाए। उनले साइन्स पढ्न छाडिदिए। उनी भन्छन्, ‘फुपुको छोरा दाजुले, यो साइन्स पढेर केही पनि हुँदैन बाबु। बरु कमर्स पढ भन्नु भयो। तीन महिना पढेर छाडिदिएँ।’ साइन्स पढ्न छाडेपछि कमर्स नै पढ्ने भए, उनी। तर, सरकारी कलेजमा कमर्सको भर्ना बन्द भइसकेको थियो। त्यसपछि उनले इन्टरमिडियामा भर्ना गरे।
‘कमर्स पढ्न सबैतिर भर्ना बन्द भइसकेको थियो। यो २०४९ सालतिरको कुरा हो। भएन भनेपछि पिपल्स कलेजमा इन्टरमिडियड पढेँ। इन्टरमिडियडपछि अब के पढ्ने भन्ने भयो। त्यसपछि शंकरदेव कमर्स क्याम्पसमा कमर्स पढ्न थाले,’ उनी भन्छन्। शंकरदेवमा बिकम पढे। बिकम पूरा भएपछि पनि उनीसँग अबको बाटो के हो? भन्ने प्रश्नको उत्तर उनीसँग थिएन।
पढाउँदा पढाउँदै सिए पढ्न गए, बैंकर बने

बिकम पढेका उनी गाउँ नै फर्किंए। पढेको मान्छे। त्यहीमाथि काठमाडौंमा पढेर गाउँ जाँदा उनको उचाई अर्कै थियो। गाउँमा उनले डेढ वर्षजति पढाए। पञ्चदेवल माध्यामिक विद्यालयमा कक्षा १० सम्म पढाएको अनुभव छ, उनीसँग। पढाउँदै जाँदा ‘सिए’ अर्थात चार्टडएकाउण्टेडबारे बुझे। उनले सिएबारे बुझ्दा गाह्रो हुन्छ भन्ने सुने।
उनले सुनेका थिए, ‘सिए पढ्न एकदम गाह्रो हुन्छ। तर, पढेपछि राम्रो हुन्छ।’ राम्रो हुने भएपछि उनलाई सिए पढ्ने सोच मनमा पलायो। २०५४ सालतिरको कुरा सम्झिन्छन् उनी, ‘पढ्नैलाई त के गाह्रो होला र, पढ्न सकिहालिन्छ भनेर कन्फिडेण्ट बढ्यो। त्यसपछि झोला बोकेर लागियो लखनाउँतिर।’
भारतको लखनाउमा तीन वर्ष बसे। सिए पढे। पढेर स्वदेश फर्किए। त्यसबेला सिए पढ्ने धेरै कम थिए। हातका औँलामा गन्न सकिने। उनी भन्छन्, ‘सिए पढेर नेपाल आएँ। तर, बैंकिङ, राष्ट्र बैंक भन्ने थाहा थिएन। बैंकिङमा करिअर राम्रो हुन्छ भनेर मामाले भन्नु भयो।’ त्यसपछि उनलाई थाहा भो अब के गर्ने भनेर।
सिए पढेको मान्छे। अन्तर्वार्ता दिनासाथ सरकारी बैंकमा काम गर्ने अवरसर थियो, त्यसबेला। उनलाई मामाले सुझाए, सरकारी बैंकमा काम गर्न फर्म भर्न।
त्यसबेला नेपाल बैंकमा सिए पढेकालाई सीधै नवौँ तहमा जागिर दिइन्थ्यो। नेपाल बैंकमा दुई जना मागेको थियो। उनले पनि एप्लाई गरे। यसपछि राष्ट्र बैंक आठ जना सिए माग्यो। उनले दुवैतिर एप्लाई गरे। एप्लाई गरेपछि राष्ट्र बैंकमा अन्तर्वार्ता छिटो भयो। उनी त्यही जागिरे भए।
राष्ट्र बैंकको जागिरका लागि पहिलो स्थानमा नाम निकालेका मनोजले छाड्दा पनि सबैभन्दा पहिले नै छाडे।
‘दुवैतिर एप्लाई गरेको थिएँ। राष्ट्र बैंकमा छिटो अन्तर्वार्ता भयो। त्यही नाम निकालेँ,’ उनी भन्छन्। पढाईमा एक नम्बर बनेका उनी राष्ट्र बैंकको जागिर सुरु गर्दा पनि पहिलो भए। उनी नेपाल बैंकको अन्तर्वार्ता दिनै गएनन्। २०६० सालदेखि उनी बैंकर बने।
डाक्टर बन्न हिँडेको मान्छे, बैंकर। बुबाको इच्छाविपरीतको करिअरमा पुगे उनी। सन् २००३ मा राष्ट्र बैंकमा प्रवेश गरेका उनी २००८ सालतिर बाहिरिए। ‘मैले साढे चार वर्ष राष्ट्र बैंकमा काम गरे,’ उनी भन्छन्, ‘त्यसपछि ग्लोबल आईएमई बैंकमा गएँ।’
राष्ट्र बैंकको जागिरका लागि पहिलो स्थानमा नाम निकालेका मनोजले छाड्दा पनि सबैभन्दा पहिले नै छाडे।
राष्ट्र बैंकको नवौँ तहका कर्मचारी भएका उनी ग्लोबल आईएमई बैंकको डेपुटी म्यानेजर बने। राष्ट्र बैंकको मान प्रतिष्ठाको जागिर छाड्दा साथीहरुले कराए। सम्झाए। बुझाए। तर, उनी निजी बैंकमै काम गर्न राजी भए। राष्ट्र बैंकको जागिरबाट घर खर्च धानेका मनोज तीन गुणा बढी तलब लिएर ग्लोबल आईएमई बैंक गएका थिए। ०६७ सालतिर उनको तलब ६४ हजार बढी थियो।
प्राइभेट क्षेत्रमा अलि बढी सुविधासँगै चुनौती थियो। उनी भन्छन्, ‘प्राइभेट क्षेत्रमा फ्यासिलिटी अलि बढी थियो। च्यालेञ्जिङ पनि हुने कुरा भइहाल्यो।’
उनी अहिले नबिल बैंकमा कामु सिईओ छन्। तर, ग्लोबल आईएमई बैंकको माया पनि उत्तिकै छ। आफ्नो हातले बनाएको लोगोदेखि आफूले गरेको कामबाट संस्थाले पाएको सफलतामा आफू देख्छन्, उनी। उनले ग्लोबल आईएमई बैंकमा काम सुरु गर्दा जम्मा तीन वटा मात्रै शाखा थियो। अहिले आफैमा एक विशाल संस्था बनेको छ, ग्लोबल आईएमई बैंक।
उनी आफ्नो सफलताको प्रमुख कारण राष्ट्र बैंक छाडेर ग्लोबल आईएमई बैंकमा जाने निर्णय ठिक भएको सहसुस गर्छन्। त्यही काम गरेर उनले धापासीमा घर किने। गाडी चडे। परिवारको आर्थिक अवस्था सबल बनाए।
राष्ट्र बैंक छाडेर ग्लोबल आईएमई बैंकसँग जोडिएका उनी यसपछि हाइड्रो पावरमा जोडिए। ग्लोबल आईएमई बैंक छाड्दा उनीसँग कुनै विकल्प थिएन्। संस्थामा आफूभन्दा माथिल्लो तहसँग मन नमिलेपछि काम छाडेको स्वीकार्छन्, उनी। ‘राष्ट्र बैंक छाड्दा चाहिँ मसँग हातमा अफर लेटर थियो, ग्लोबल आईएमई बैंकको, त्यसपछिको कुनै पनि जागिर अब हुँदैन भन्ने लाग्यो भने नमस्ते गर्ने, खुसी हुने बाटो लाग्ने हो,’ उनी भन्छन्।
हाइड्रो पावरमा काम गर्दा पनि यस्तै भयो, उनलाई। आफूलाई काम गरेको चित्त बुझेन छाडिदिए। त्यसपछि केही समय खाली बसे। आफ्नै काम सुरु गरे। तर, बैंकमा काम गरेका उनको मन कसरी मान्थ्यो र? यही बेला ज्योति विकास बैंकसँग जोडिए। डेपुटी सिईओ बने। उनी भन्छन्, ‘फोकस करिअरमा गरेको हुँ, पैसामा कहिले गरिनँ, पैसा कमाउने भए अरु काम गरेको भए हुन्थ्यो नि, मैले करिअरलाई फोकस गरेको भएर पैसामा कहिले लागिनँ।’
पैसा कमाउनुभन्दा करिअरमा फोकस भएका मनोज ज्योति विकास बैंकसम्म आइपुग्दा अढाइ लाख तलब लिने बने। चार वर्ष काम गरे। डेपुटी सिईओ बनेर प्रवेश गरेका उनी सिईओ बने। यहाँ पनि यस्तै खटपट भो। काम गरेको चार वर्षपछि छाडे। तर, यही उनले खास बैंकर बन्ने अवसर पाए। बैंकिङ सेक्टरकै धेरै काम सिके, बुझे। कसरी म्यानेजमेन्टमा बसेर काम गर्ने भनेर जाने।

ज्योति विकास बैंकमा काम गरेको समयलाई उनी आफ्नो करिअरको स्वर्णकाल मान्छन्। ‘मेरो यत्तिको हाइप बनाइदिएको ज्योति विकास बैंकले हो,’ उनी गौरवका साथ भन्छन्, ‘मैले पनि दुःख गरेँ। मेहनत गरेँ। सञ्चालक समिति र साथीहरुले साथ दिए, संस्थाको पनि गज्जब राम्रो भयो।’ आजको दिनमा फर्केर हेर्दा उनी ज्योति विकास बैंकको काम गर्दा म्याचुरेटी नभएको बताउँछन्। कतिपय विषयमा आफूले बुझाउन नसकेको सम्झन्छन्।
देशभर कोरोना महामारी फैलिँदै थियो। उनले आफूले काम गरिरहेको संस्था ज्योति विकास बैंक छाडिदिए। तर, फेरि के गर्ने भन्ने टुंगो थिएन।
उनी ज्योति विकास बैंकबाट बाहिरिए पनि उनको कामको ठूलो कदर स्पष्ट देखिन्छ। उनले वर्षौं वर्षअगाडि गरेको कामले अझै गति लिँदै छ।
ज्योति विकास बैंकमा तपाईंको कामको एप्रिसियसन नभएर हो, सिईओमा चार वर्षको एग्रिमेन्ट गरेर दुई वर्षमै छाड्नु भएको? भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यसरी कुरा गर्न हुँदैन, कामको एप्रिसियसन नभएको भए चाँदीको प्लेटमा लेखेर ‘आउट स्टान्डिङ कन्ट्रिभ्युसन’ भनेर सम्मान गर्नु हुँदैन थियो होला।’ उनी ज्योति विकास बैंकबाट बाहिरिए पनि उनको कामको ठूलो कदर स्पष्ट देखिन्छ। उनले वर्षौं वर्षअगाडि गरेको कामले अझै गति लिँदै छ।
नबिलको शिखरमा
काम छाडेको तीन महिनापछि नबिल बैंकमा जोडिए, उनी। नबिल बैंकमा जोडिएको चार वर्ष भयो। तर, पाँच पटक बढुवा भए। पछिल्लोपटक उनी कामु सिईओ बनेका छन्। यसको तीन महिनाअघि मात्रै उनी नायव प्रमुख अधिकृतमा बढुवा भए।
उनी आफै योग्य थिए। बैंकले विश्वास गर्यो। त्यसैले उनी तीन महिनामै दुईपटक बढुवा भए। कामु सिईओ हुँदै सिईओ बने। यसअघि उनी दुई वर्षमा दुईपटक बढुवा भएका थिए। अझ भनौँ पछिल्लो तीन वर्षमा उनी चारपटक बढुवा भए।
सिए सकेर मनोज नेपाल फर्किए। संगीता उतै बुबाआमासँगै भइन्। घरमा विवाहको कुरा चल्यो। उता मनोजलाई घरमा बुबाआमालाई सम्झाउन गाह्रो थियो।
नबिल बैंकमा आउनु भएको छोटो समयमा नै पाँचौँ बढुवा हुन भो, बोर्डलाई भनौँ वा बैंकलाई यस्तो के प्रफमेन्स दिनु भो? भन्ने प्रश्नमा ‘मैले कन्फिडेण्ट दिने हो। उहाँ (बोर्ड)लाई कन्फिडेन दिन सके होला भन्ने लाग्छ,’ उनी भन्छन्।
मनोजलाई सम्हाल्ने संगीता

अहिले नबिल बैंकको जिम्मेवारी सम्हालिरहेका मनोजको घर उनकी श्रीमतीले सम्हालिरहेकी छन्। उनको विवाहको कथा अनौठो छ। सिए पढेपछि राम्रो अफर पाइन्छ भनेर लखनाउ पढ्न गएका मनोज संगीताको प्रेममा परे। उनी ग्राजुयसन पढ्दै थिइन्। उनीहरु प्रेमको अंकुरसँगै पढाईलाई अगाडि बढाउँदै थिए। उनीहरुको अन्तरजातीय प्रेम थियो, यो।
सिए सकेर मनोज नेपाल फर्किए। संगीता उतै बुबाआमासँगै भइन्। घरमा विवाहको कुरा चल्यो। उता मनोजलाई घरमा बुबाआमालाई सम्झाउन गाह्रो थियो। उनी भन्छन्, ‘गाह्रो थियो नि, बाहुनको छोराले मगरको छोरीलाई बिहे गर्ने भएपछि गाह्रो हुने भयो नि।’
उनलाई आफूले मन पराएको युवतीसँग विवाह गर्न बुबाले मौन समर्थन दिए। आमा विरोध गरिरहिन्। तर, उनले संगीतासँगै विवाह गरे। त्यो बेला कसरी अन्तरजातीय विवाह गर्न आँट गर्नु भो? भन्ने प्रश्नमा मनोज जवाफ दिन्छन्– ‘मेरो श्रीमतीको सज्जनताले जित्यो। उनको लोयलिटी र सज्जनताले अरु सबै कन्भिन्स भए।’
उनको विवाहमा जम्मा पाँच÷सात जना साथीहरुमा जन्ती गए। संगीता नेपाल आएको बेला पशुपति मन्दिरको कुनै कुनामा बसेर विवाह सम्पन्न भयो।
छोराको बिहे हुँदा सबै आमाहरु खुसी हुन्छन्। तर, मनोजको आमाले यस्तो खुसी महसुस गरिनन्। जेठो छोराको विवाहमा उनी बेखुसी बनिन्। पछि, नातिनी जन्मिन्। विस्तारै नातिनीमा मन गयो। छोराभन्दा नातिनीको मायाले डो¥यायो। उनी आफैले स्याहार–सुसार गरिन्। विस्तारै, बुहारीको चालचलन बुझिन्। मन बुझाउँदै गइन्। गाउँमा अन्तरजातीय बिहे हुँदा छोराले भोग्नुपर्ने पीडाको डर हटाइन्।
संगिताको सालिनताले मनोजको परिवारको मात्रै होइन साथीभाइ आफन्त सबैको मन जितेको थियो। गाउँमा छोएको नखाने प्रचलनमा हुर्किएकी मनोजको आमालाई काठमाडौंमा पण्डितहरुले महिलाको जात गोत्र केही हुँदैन भनिदिए। संगिताले नै बनाएको खाना ‘फर्माइस’ उनीहरुको हुन थाल्यो। त्यसपछि आमा आफै कन्भिन्स हुँदै गइन्। अरु विषयमा संगिताबारे मनोजले आमालाई सम्झाउँदै गए।
आफ्नो क्षमताको भरपूर प्रयोग गर्न माहिर मनोज राष्ट्र बैंकको जागिर छाडेर ठिक गरेँ भन्ने प्रमाणित गर्न सफल भए।
मनोज भन्छन्, ‘मैले करिअरमा राम्रो गरिरहँदा उसले (श्रीमती) सबै घरव्यवहार म्यानेजमेन्ट गरेकी छन्।’ आफ्नो सफलताको पछाडि श्रीमतीको देनलाई सहज स्वीकार गर्छन्, उनी। उनीहरुको विवाह भएको दुई दशक पूरा भएको छ। घरमा सबै जना सन्तुष्ट छन्।
अहिले बुबाआमा सबै धापासीमा बस्दै आएका छन्। तर, उनी काठमाडौंको स्थायी बासिन्दा बनेका छैनन्। उनले भने, ‘म जहिले पनि भैरवी गाउँपालिका वडा नम्बर ३ कै हुँ। मैले बसाईसराई गरेको छैन।’ उनले भोट हाल्न गाउँमा जान सक्ने अवस्था नभएकाले यहीको भोटर लिष्ट बनाएका छन्। भोट खेर जान दिनु हुँदैन भन्ने लागेर उनले यहीको भोटर लिस्ट बनाएको बताउँछन्।
विवाहपछि आमाले स्वीकार गर्न कठिन भएको बेला मेलमिलापको भूमिका निभाएकी मनोजको छोरी बिबिए पढ्दै छिन्। बुबाको पदचाप पछ्याउँदै छिन्। छोरा तीन कक्षामा पढ्दै छन्। दैलेखको सानो गाउँमा जन्मिएका मनोज आफ्नो काममा व्यस्त छन्। बैंकिङ करिअरमा शिखरमा पुगेका उनी भ्याएसम्म आमन्त्रण गरिएका कार्यक्रममा पुग्छन्। आफूमा भएको ज्ञान बाँड्छन्।
तपाईं बढी मिडियामा बढी छाउनु हुन्छ, ग्ल्यामर्स बन्न लाग्नु भएको त होइन नि? प्रश्नलाई ‘म बढी बोल्ने हुनाले यस्तो प्रश्न आएको बताउँदै उनी प्रतिप्रश्न गर्छन्– प्रष्ट बोलिदिन्छु। धेरैलाई चित्त बुझ्दैन, त्यो पनि थाहा छ। लस्याङसुलुङ गरेर नेतृत्व लिन सक्छन्?
आफ्नो क्षमताको भरपूर प्रयोग गर्न माहिर मनोज राष्ट्र बैंकको जागिर छाडेर ठिक गरेँ भन्ने प्रमाणित गर्न सफल भए। आफूले पाएको हरेक जिम्मेवारीलाई न्याय गरे। आफ्नो करिअरको उच्चत्तम बिन्दुमा पुग्ने आँटमा इँटा थप्दै अहिले सिईओ बने।