काठमाडौं। नेपाली अटो बजारमा चिनियाँ ब्रान्ड जिली ग्यालेक्सी ई ५ भित्रिएको छ। नेपाली बजारमा जिली ग्यालेक्सी ई ५ एल आरआर ग्रुपले भित्र्याएको हो। हाल कम्पनीले ग्यालेक्सी ई ५ नेपाल ल्याइ परीक्षण गरिरहेको जनाएको छ।
चीनमा ह्वावेको कन्सेप्टबाट आएको जिली नेपालमा फ्लाइमी अटोको कन्सेप्टमा भित्रिएको हो। कम्पनीले जिली ग्यालेक्सी ई ५ प्रो र जिली ग्यालेक्सी ई ५ म्याक्स गरी दुई भेरियन्टमा नेपाल ल्याएको हो। दुवै भेरियन्ट ६०.२२ किलोवाटको ब्याट्री प्याकमा आएको कम्पनीले जनाएको छ। जसको रेञ्ज ५३० किलोमिटर रहेको सिएटिएलले प्रमाणित गरेको छ। जुन नेपाल जस्तो भौगोलिक बनावट भएको देशका लागि एकदम उपयोगी हुन सक्ने छ।
जिली ग्यालेक्सी ई ५ आधुनिक ग्लोबल इलेक्ट्रिक आर्टिटेकमा आधारित विद्युतीय गाडी हो। जसमा १६० किलोवाट क्षमताको एकल फ्रन्ट मोटर दिइएको छ। यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा रहेको छ। जुन दैनिक सवारी तथा लामो यात्रा दुवैका लागि पर्याप्त छ।
यसको लम्बाई ४६१५ एमएम चौडाई १९०१ एमएम र उचाई १६७० एमएम छ। यसको ह्वलवेस २७५० एमएम रहेको छ। चार्जिङको हिसाबले पनि ग्यालेक्सी ई ५ सक्षम छ।

यसले १०० देखि ११० किलोवाटसम्मको डिसी फास्ट चार्जिङ सपोर्ट गर्छ। जसले गर्दा ३० देखि ८० प्रतिशत चार्ज गर्न जम्मा २० मिनेट लाग्छ। गाडीमा ११-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक ड्राइभ प्रणाली समावेश गरिएको छ। यसले गर्दा वजन हलुका भइ गाडीको समग्र कार्यक्षमता पनि बढेको छ।
सुरक्षाको हिसाबले पनि यो यसयूभी एकदमै सशक्त छ। यसले युरो एनक्याप जस्ता अन्तर्राष्ट्रिय सुरक्षा परीक्षणमा फाइभ स्टार रेटिङ पाएको छ। गाडीमा सात वटा एयरब्याग, क्रुज कन्ट्रोल, एमर्जेन्सी ब्रेकिङलगायतका आधुनिक एडास फिचरहरु उपलब्ध छन्।
यस गाडीको इन्टेरियर डिजाइन अत्यन्तै आकर्षक र प्रविधिमैत्री छ। अगाडिको भागमा १५.४ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, १०.२ इन्चको डिजिटल क्लस्टर, इलेक्ट्रिक पार्किङ ब्रेक, भेन्टिलेटेड डिस्क ब्रेकहरू छ। यसमा प्रयोग गरिएको फिल्मी अटो ओएसले सहज अनुभव प्रदान गर्ने छ।
ड्राइभरको सिटमा हिटेड, भेन्टिलेटेड र मसाजको सुविधा दिइएको छ। साथै, साउण्ड सिस्टममा १६ स्पिकर प्रयोग गरिएको छ। त्यस्तै, वायरलेस मोबाइल चार्जर र प्यानोरामिक सनरूफले इन्टेरियरलाई अझै आधुनिक बनाएको छ।
ड्राइभिङ अनुभवका हिसाबल ग्यालेक्सी ई-५ निकै सन्तुलित देखिन्छ। गाडीको सस्पेन्सन अष्ट्रेलियन ट्युनिङमा आधारित छ। जसले नेपाली सडकको खाल्डा खुल्डीमा पनि सहज यात्राको अनुभूति दिन्छ।
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको चासो पछिल्ला वर्षमा तीव्र रूपमा बढिरहेको छ। वातावरणीय चेतना, इन्धनको मूल्य वृद्धि र आधुनिक प्रविधिप्रतिको आकर्षणले गर्दा उपभोक्ता अब विद्युतीय गाडीप्रति आकर्षित भइरहेका छन्।
यस्तो समयमै चीनको अग्रणी अटो निर्माता जीलीले आफ्नो नयाँ इलेक्ट्रिक यसयूभी ग्यालेक्सी ई ५ बजारमा ल्याएको छ। जसले मूल्य, प्रविधि र डिजाइनको समुचित सन्तुलन दिएको दाबी गरिएको छ।