काठमाडौं। १७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’को स्टल बाँडफाँट भएको छ। आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भुकृटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२५’को स्टल बाँडफाँट भएको हो।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले बिहीबार एक कार्यक्रमबीच स्टल बाँडफाँट गरेको हो। नाडाका अनुसार अटो शोमा चार पाँग्रे ब्राण्डः दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल, जिनपेङलगायत ब्रान्डले प्रदर्शनी गर्ने छन्।
दुई पाङ्ग्रे ब्राण्डमा हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा सहभागी हुने छन्।
त्यस्तै, लाइट कमर्शियल भेहिकलमा न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासीरकिङलङ, मोन्त्रा, स्काइवर्थ, कावेइरनाभेको, सनलङ ब्रान्डको सहभागी हुनेछ। नाडाका अनुसार अटोशोमा ७० बढी स्टल रहने छन्।
जसमा १८ वटा चार पाङ्ग्रे, ४ वटा दुई पाङ्ग्रे र १३ वटा लाइट कमर्शियल सवारी ब्राण्डको स्टल रहने नाडाले जनाएको छ। त्यस्तै, अटो शोमा लुब्रिकेन्ट, टायर, स्पेयर पार्टसलगायतको ४० वटा स्टल रहने छन्।
अटो शोमा मुख्य आकर्षणको रुपमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग, इटेरी, क्याफेलगायत रहने नाडाले जनाएको छ।