काठमाडौं। यामाहा मोटरसाइल बिक्री गर्दा उपभोक्ताबाट मूल्य अभिवृद्धि कर (भ्याट) लिने तर उपभोक्तालाई भ्याट बिल नदिएको खुलेको छ।
मोटरसाइकल खरिदबापत उपभोक्ताबाट भ्याट रकम लिए पनि बिल माग्दा नदिई चलानी पत्र मात्रै दिएको पाइएको हो। यसरी उपभोक्ताले तिरेको भ्याट बिल माग्दा नदिनुको अर्थ भ्याट छली हुन सक्ने कर विज्ञहरु बताउँछन्।
नुवाकोट जिल्ला विदुर नगरपालिका निवासी लक्ष्मण थापाले ४ लाख ४५ हजार ९०० रुपैयामा २०८१ असोज १९ गते किनेको यामाहा मोटरसाइलको भ्याट बिल नपाएका हुन्। थापाले सुन्तला रङको यामाहा कम्पनीको पीजेटएक्स विएस६ मोटर साइकलक च्यासिस नम्बर मि १ आरजी ७३२ बिएन ००३०९४२ इञ्जिन नम्बर जी३एन५इ०२९४५३१ हर्स पावरर सिसिको मोटरसाइकल खरिद गरेका थिए। त्यसबापतको रकम तिरे पनि बारम्बार माग्दा कम्पनीले भ्याट बिल नदिएको हो।
‘मोटर साइकल खरिद गर्दा मैले केही नगद रुपैयाँ र बाँकी रकम चेकमार्फत विपक्षीलाई भुक्तानी गरेको थिए,’ उपभोक्ता अदालतमा उनले दर्ता गराएको उजुरीमा उल्लेख छ, ‘रकम भुक्तान गरेबापत मलाई नियमानुसार भ्याट, प्यान बिल दिनुपर्नेमा दिइएको छैन।’
मोटर साइकल खरिद गर्दाको बिल र सवारी ब्लुबुकपछि उपलब्ध गराउने भने पनि कम्पनीले सवारी ब्लुबुक मात्र उपलब्ध गराएको र मोटरसाइकल खरिद गर्दा कानुनबमोजिम दिनुपर्ने भ्याट र प्यान बिल भने पटक–पटक माग गर्दा पनि हालसम्म नदिएको उजुरीमा उल्लेख गरिएको छ।
मोटरसाइकल खरिद गर्दा नयाँ भर्सनको भनि थापालाई बिक्री गरेका थिए। तर, पछि बुझ्दै जाँदा सन् २०२२ को अन्तिम मोडलको रुपमा उत्पादन भएको मोटरसाइकल बिक्री गरेको आरोपसमेत उजुरीमा गरिएको छ।
सामान खरिद गर्दाका बखत उक्त कम्पनीले मोटरसाइकलको इञ्जिन, ब्याट्रीलगायत सम्पूर्ण पार्टपुर्जामा १८ महिनासम्म पूर्ण रुपमा कम्पनीले वारेन्टी दिने भनी गरेको विज्ञापनमा तथा मौखिक रुपमा जानकारी गराए पनि सो सुविधा नदिएको जनाएको छ।
बिक्रेतालाई रकम भुक्तान गरेबापत मलाई नियमानुसार भ्याट प्यान बिल दिनुपर्नेमा नदिई बिक्रेताको कम्पनी चलान नंम्बर ३०९ मा रकम लिएको देखाई चलान पुर्जी मात्र दिएको थियो। थापाले कम्पनीले भ्याट बिल नदिएर भ्याट छली गरेको हुनसक्ने आशंकासहित अदालतमा मुद्दा दायर गरेका हुन्।
नयाँ भर्सन भन्दै पुरानै मोडल भिडाउने
मोटरसाइकल खरिद गर्दा नयाँ भर्सनको भनि थापालाई बिक्री गरेका थिए। तर, पछि बुझ्दै जाँदा सन् २०२२ को अन्तिम मोडलको रुपमा उत्पादन भएको मोटरसाइकल बिक्री गरेको आरोपसमेत उजुरीमा गरिएको छ।
मोटरसाइकलको खरिद गर्दाको भन्सार प्रक्रियामा लु ९२‑पीए ६७५ नम्बर भएको भए पनि ब्लबुक उपलब्ध गराउँदा तत्कालीन समयमा बजारमा चलिरहेको नयाँ लटको बा प्र०२०५४ प ७२७४ हुने भनी कम्पनीले भनेकाले उक्त मोटरसाइकल पनि नयाँ होला भनी विश्वास गरी थापाले मोटर साइकल खरिद गरेको उल्लेख छ।
तत्पश्चात मोटरसाइकल खरिद गरेको कम्पनीले उक्त कम्पनीअन्तर्गतको सर्भिसिङ्ङ्ग सेन्टर त्रिशुली अटो पार्टसमा गई प्राविधिकलाई चेक जाँच गराउँदा उक्त मोटर साइकलको ब्याट्रीलगायत सबैमा समस्या रहेको र यो मोडलको मोटरसाइकलमा यस्तै प्रकारका समस्याहरू भएकाले बजारमा त्यति खरिद बिक्री नहुने गरेको भनी उक्त अटो पार्टसका प्राविधिकहरुले थापालाई मौखिक रुपमा जानकारी गराएपछि उक्त मोटरसाइकलको कमी कमजोरीबारे थाहा पाएको उजुरीमा उल्लेख छ।
यसैलगत्तै मोटरसाइकल बिक्रेता जिआरएस टु ब्हिलर्स अटो प्रालिका प्रबन्ध निर्देशक गौतम पार्टीलाई जानकारी गराउँदा त्यस्तो कुनै समस्या नहुने र तपाई विश्वास गर्नुस्, ढुक्क हुनुस् र सो मोटरसाइकल चलाउनुस, त्यस्तो कुनै समस्या आँउदैन, आएमा वारेन्टीअनुसार तपाईलाई सबै सुविधा म उपलब्ध गराउँछु भनी थापालाई मौखिक जानकारी गराएको उल्लेख छ।
त्यो बेला थापाले त्रिशुली अटो पार्टस मा नियमित रुपमा २ पटकसम्म उक्त मोटरसाइकलको सर्भिसिङ्गसमेत गराएको थिए।
मौखिक आश्वासनपछि पनि उक्त मोटरसाइकलमा निरन्तर रुपमा समस्या देखा परिरहेकाले पुनः सो कुरा कम्पनीलाई जानकारी गराउँदा विपक्षीले सर्भिसिङ्ग गर्नु पूर्व गुड्नुपर्ने निश्चित किलोमिटर नगुडेको भए पनि पटक पटक सर्भिसिङ्ङ्ग गर्न लगाई लुब्रिकेन्ट तथा मोबिललगायतमा थप खर्च गर्न बाध्य बनाएको थापाले उजुरीमा उल्लेख गरेका छन्।
त्यो बेला थापाले त्रिशुली अटो पार्टस मा नियमित रुपमा २ पटकसम्म उक्त मोटरसाइकलको सर्भिसिङ्गसमेत गराएको थिए। दुवै पटक उक्त सर्भिसिङ्ङ्ग सेन्टरका प्राविधिकले ब्याट्रीलगायत मोटरसाइकलको इञ्जिन र ब्यार्टीमा खराबी रहेको जानकारी दिएपछि थापाले उक्त मोटरसाइकलको ब्याट्री फेरेबापत तीन हजार ५०१ रुपैयाँ ३२ पैसा भ्याट विलसहित वारेन्टी दिने कम्पनीलाई बिल भुक्तानीका लागि पठाएका थिए।
मोटरसाइकलमा आएको समस्या र वारेन्टीबारे आरएस टु ब्हिलर्स अटो प्रालिलाई जानकारी गराउँदा हाल वारेन्टीको म्याद कम्पनीले हटाएको हुँदा वारेन्टी दिन नसक्ने भनी थापालाई फिर्ता पठाएका थिए। मोटरसाइकल खरिद गर्दा दने भनेको वारेन्टी यामाहा कम्पनीले हटाइसकेको हुँदा उक्त मोटरसाइकलको ब्याट्री बदली गरेवापत पैसा तिर्नपर्ने र आफूहरुले दिन नसक्ने जवाफ दिएका थिए।
सो जानकारी पाएपछि थापाले यामाहा कम्पनीको काठमाडौं मुख्य वितरक एमएडब्लू प्राइभेट लिमिटेड त्रिपुरेश्वरको मोबाइल नम्बर ९८०९०४४३९७ मार्फत परेको समस्याबारे विस्तृतमा जानकारी गराउँदा उनलाई कार्यालयमै बोलाएर आफूहरुले वारेन्टीको विषयमा केही गर्न नसक्ने भन्दै गैरजिम्मेवारी जवाफ दिएर फर्काएको उजुरीमा उल्लेख गरिएको छ।
मोटरसाइलक (वस्तु) बिक्री गर्दा १८ महिनासम्म ब्याट्री, कलर, इञ्जिनलगायत सम्पूर्णमा पार्टपुर्जामा वारेन्टी दिने भनी मोटरसाइकल बिक्री गरेको भएता पनि वस्तु खरिद गरेको ४/५ महिनामा उक्त वारेन्टी नदिएकोले कमसल गुणस्तरको मोटरसाइकल विपक्षीहरुलाई नै फिर्ता गर्न लगाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २, ३, ५, ७, ११, १४, १५, १६, १८, ३८,५०, ५१ र ५२ बमोजिमको सो मोटरसाइकल खरिद गर्दा बिलअनुसार भुक्तानी गरेको साँवा रकम ४ लाख ४५ हजार ९०० रुपैयाँ कानुनअनुसारको क्षतिपूर्तिवापतको रकम उपलब्ध गराउन उपभोक्ता अदालतमा उजुरी दिएका हुन्।