काठमाडौं। ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले मनसुन लक्षित देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’ योजना सार्वजनिक गरेको छ। यो विशेष सेवा(सर्भिसिङ) अभियान असार २५ देखि २७ गतेसम्म सञ्चालन हुने कम्पनीले बताएकाे छ।
चुनौतीपूर्ण अवस्थाहरूको लागि तयार पार्न र मनसुन सिजनमा गाडीहरूको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न गाडी चेक-अप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘मनसुन चेक-अप क्याम्प’ ल्याइएको कम्पनीकाे भनाइ छ।
साे चेक-अप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्। सहभागीहरूले आफ्नो गाडीको सहजता र सुरक्षा कायम राख्नको लागि सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा १०० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
टप वासमा १०० प्रतिशत छुटसहित गाडीलाई चकमदार राख्न सक्नेछन्। ग्राहकहरूले सस्पेन्सन पार्ट्समा आवश्यक पाटपूर्जा रिप्लेसमेन्ट तथा फेरबदल गर्दा लेबर चार्जमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन्।
यसबाहेक, गाडीमा सामान्य बडी सप जबहरूमा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा १० प्रतिशत छुट लिन सकिने कम्पनीले जनाएकाे छ।
ग्राहकहरूलाई आफू नजिकै गुणस्तरीय र आधिकारिक सेवा प्राप्त गर्न सहज बनाउँदै मनसुन चेक-अप क्याम्प, ओमोडा एन्ड जेइकोको देशव्यापी रहेका विभिन्न आधिकारिक सेवा केन्द्रहरूमा एकै साथ सञ्चालन हुनेछ। देशभर विभिन्न १२ वटा सेवा केन्द्रहरूमा चेक-अप क्याम्प आयोजना हुँदैछ।
काठमाडौं उपत्यकाभित्र सीतापाइला (एसपीजी अटोमोबाइल्स) र भक्तपुर (परिवार कार क्लिनिक) तथा उपत्यका बाहिर वीरगंज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजि), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपि इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटि) मा मनसुन चेक-अप क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएकाे छ।