काठमाडौं। चीनतिर परेको निरन्तर वर्षापछि भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी भन्सारमा राखिएका सयौं गाडी बगाएको छ। बाढीले रसुवाको सुक्खा बन्दरगाह समेत क्षतिग्रस्त भएको छ। भन्सार यार्डमा जाँचपासका लागि राखिएका विद्युतीय ९ईभी० र ट्रक पनि बगाएको छ।
निर्माणाधीन ड्राइपोर्ट र त्यहा भएका नयाँ÷पुराना सबै गाडी बगाएको रसुवा भन्सारका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले बताए। ‘निर्माणाधीन ड्राइपोर्ट र त्यहाँ भएका नयाँ÷पुराना सबै गाडी बगाएको छ। यद्यपि यति नै भनेर विवरण आइसकेको छैन’, उनले भने, ‘हामीबाट डिक्लियर गरेर पास गरेर लैजान राखिरहेका पनि छन्। त्यसको रेकर्ड हामीसँग छैन।’
बाढीले बगाउनेमा धेरैजसो गाडी सिजी कम्पनीका रहेको उनले जानकारी दिए। ‘भन्सार यार्डमा जाँचपास गरी राखिएका सबै गाडी बगाएको छ। यार्डमा कति गाडी थिए भन्ने विवरण हामीसँग छैन,’ उनले भने, ‘जाँचपास गरी राखिएकाले कति युनिट गाडी थिए भन्ने यकिन गरेर भन्न सकिन्न।’ जाँचपास गरी राखिएका गाडी हिजो पनि ३० युनिट क्लियर गरेर लगेको थियो। अनुमानित डेढ सय युनिटजति गाडी बगाएको देखिएको छ।’
रसुवा भन्सारका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार जाँचपास भएको गाडी भन्सारमा राखेको मात्र हो। ड्राइभर। आएर कति लैजान्छन्, थाहा नहुने उनको भनाइ छ। ‘ठ्याक्कै यकिन गरेर भन्न सकिन्न। अलिकति महँगा गाडी र टिपर पाँच÷सात युनिट थिए।त्यो सबै बगाएको छ। साथै, नयाँ कन्टेनर पनि बगाएको छ,’ उनले भने।
बाढीका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी भए पनि चिनियाँ सीमासँग सम्पर्क विच्छेद हुँदा व्यापारिक गतिविधिमा ठूलो प्रभाव पर्ने देखिएको छ।