काठमाडाैं। नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता भएका १८ जनाकाे परिचय खुलेकाे छ। बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन्।
जसमा रसुवामा कार्यरत रामेछापकाे लिखु तामाकोशी गाउँपालिका ४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ, बाराकाे फेटा गाउँपालिका १ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर र बझाङ बुंगल नगरपालिका ९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा रहेका छन्।
यसैगरी, बेपत्ता हुने नेपाली नागरिकमा बर्दियाका ३६ वर्षका जिपन चौधरी, ३५ वर्षका सन्तोष दइत, २५ वर्षका बुद्दीराम थारु, २४ वर्षका २४ लक्ष्मीनारायण थारु, ३० वर्षका सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर डिब्बा चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन्।
बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिकमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG रहेका छन्।