काठमाडौं। नेपाल विद्युत प्राधिकरण (एनइए) चार्जिङ पूर्वाधारमा लगानी गर्ने भएको छ। एनइएका प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्यको कार्य एक सय दिन पूरा भएको अवसरमा ६ वटा नयाँ चार्जिङ स्टेशनको पूर्वाधारमा लगानी गर्ने भएको हो।
नयाँ चार्जिङ स्टेशनका लागि ८६ लाखभन्दा बढी बजेट विनियोजन गरिएको छ। जसमा काठमाडौं उपत्यकाको जोरपाटीमा दुई, सुर्खेत, गुल्मी, भोेजपुर र इटहरीमा एक–एक गरी ६ स्थानमा चार्जिङ स्टेशनको भौतिक संरचान तयार गर्न बजेट विनियोजन गरिएको हो।
नेपालका विभिन्न स्थानमा विद्युतीय सवारी साधन (इभी) चार्जिङ पूर्वाधारमा सो लगानी भएको हो। बजेट शीर्षक नं. ४.३०८ अन्तर्गत कुल ८६ लाख ८६ हजार विभिन्न वितरण केन्द्रहरू (डीसीएस)सँगको समन्वय गरिएको छ।
जोरपाटी डीसीएसअन्तर्गतका दुई चार्जिङ सेन्टर बन्ने भएको छ। यहाँ पञ्च पोखरी सुनौलो यातायात प्रा.लि.लाई १० लाख र निलो माइक्रो यातायात समिति प्रा.लि.का लागि चार्जिङ स्टेशन बनाउन १४ लाख ८१ हजार रुपैयाँ एनइएले विनियोजन गरेको छ।
सुर्खेत डीसीएससँग आबद्ध चार्जिङ सुविधाहरू जसमा माँ शक्ति ट्रेड लिंक, इको चार्ज इभी चार्जिङ स्टेसन र ओम साई फास्ट चार्जिङ सेन्टर समावेश छन्। तिनीहरूले सूचीकृतमध्ये सबैभन्दा बढी २८ लाख १९ हजारको कुल विनियोजन प्राप्त गरेका छन्।
यस्तै, गुल्मी डीसीएसअन्तर्गतको मैत्री यातायात प्रा.लि.लाई १३ लाख, भोजपुर डीसीएससँग सम्बन्धित जय बजरंग किराना पसललाई १० लाख र इटहरी डीसीएससँग जोडिएको रितेश्वर चार्जिङ सेन्टरलाई झण्डै १० लाख रुपैयाँ एनइएले निकासा गर्ने छ।
यी स्थानमा बन्दै छ एनइएको लगानीमा चार्जिङ स्टेसन
