काठमाडौं। सन् २०२५ को पहिलो ६ महिनामा चिनियाँ अटोमोबाइल कम्पनी सेरेसको व्यापार १५ प्रतिशतले घटेको छ। चीनमा सेरेसको व्यापार अघिल्लो वर्षको तुलनामा १५.७७ प्रतिशतले घटेको हो।
छोंगछिङ लिआङज्याङ नयाँ क्षेत्रस्थित चिनियाँ अटोमोबाइल कम्पनी सेरेस र चांगन अटोले सन् २०२५ को पहिलो ६ महिने बिक्री विवरण सार्वजनिक गरेका छन्।
सेरेसले कुल १ लाख ९८ हजार ६०३ युनिट सवारीसाधन सन् २०२५ को ६ महिने अवधिमा बिक्री गरेको जनाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.७७ प्रतिशतले कम हो। तीमध्ये १ लाख ७२ हजार १०८ युनिट नयाँ ऊर्जा सवारीसाधन (एनईभी) रहेको छ। जुन १४.३५ प्रतिशतले घटेको हो।
चांगन अटोले सन् २०२५ को पहिलो ६ महिनामा कुल १३ लाख ५५ हजार सवारीसाधन बिक्री गरेको छ। तीमध्ये नयाँ ऊर्जा सवारी ४ लाख ५० हजार रहेका छ। जुन अघिल्लो वर्षको तुलनामा ४८.८ प्रतिशतले बढेको हो। चांगनको विदेशमा सवारी बिक्री संख्या २ लाख ९९ हजार ४ सय पुगेको छ।
यी विवरणले दुई कम्पनीबीचको स्पष्ट भिन्नता देखाएको छ। सेरेस नयाँ ऊर्जा सवारीमा केन्द्रित छ र यही उसको मुख्य व्यवसाय हो। बिक्रीमा गिरावट देखिए पनि सेरेसको सञ्चालन क्षमतामा गिरावट आएको देखिँदैन। सन् २०२४ मा कम्पनीले नयाँ ऊर्जा सवारी बिक्रीमा तीव्र वृद्धि गर्दै लगातार चार वर्षको घाटाबाट नाफामा फर्किएको थियो।
सेरेसले कुल १ लाख ९८ हजार ६०३ युनिट सवारीसाधन सन् २०२५ को ६ महिने अवधिमा बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.७७ प्रतिशतले कम हो।
सेरेसले सन् २०२४ को पहिलो ६ महिनामा २ लाख ९४९ युनिट नयाँ ऊर्जा सवारी बिक्री गरेको थियो। अघिल्लो वर्षको तुलनामा ३४८.५५ प्रतिशतले वृद्धि भएको थियो। त्यस अवधिमा कम्पनीले सेयरधनीलाई करिब १ अर्ब ६२ करोड ५० लाख चिनियाँ युआन (झण्डै २२६ मिलियन अमेरिकी डलर) बराबरको नाफा दिएको थियो।
सेरेसको एनईभी क्षेत्रको मुख्य उत्पादन ‘आइटो’ शृंखला हो। सन् २०२५ को पहिलो ६ महिनामा आइटोको बिक्री १ लाख ५३ हजार ६४८ युनिट पुगेको छ। तीमध्ये प्रमुख मोडल आईटो एम९ को बिक्री ६२ हजार ४९२ युनिट रहेको छ। अघिल्लो वर्षको तुलनामा ६.२८ प्रतिशतले बढेको हो। करिब ५ लाख युआन मूल्यमा पर्ने यो लग्जरी सवारी आफ्नो वर्गमा अग्रणी छ।
आइटो मोडल सेरेस र चिनियाँ प्रविधि कम्पनी हुवावेबीचको सहकार्यबाट बनेको हो। दुवै कम्पनी हार्माेनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हिमा) अन्तर्गत सहकार्यमा छन्, जसले उत्पादन डिजाइन, अनुसन्धान तथा विकास र बिक्री समेट्छ।
सेरेस हुवावेसँग सहकार्य गर्ने पहिलो अटो कम्पनी हो। पछि चेरी, बीएआईसी, जेएसी र एसएआईसी पनि हिमाअन्तर्गत आबद्ध भए। अहिले हिमाअन्तर्गत आईटो, लक्सिड, स्टेलेटो, म्याक्स्ट्रो र एक नाम नखुलेको गरी पाँच ब्रान्ड छन्।
हिमाअन्तर्गत सन् २०२५ को जुनमा ५२ हजार ७४७ युनिट सवारी बिक्री भएको छ। तीमध्ये आइटोको मात्रै बिक्री ४४ हजार ६८५ युनिट रहेको छ। हिमा बिक्रीको ८४.७ प्रतिशत हो। यसले हिमाभित्र आइटोको बलियो उपस्थितिलाई देखाउँछ।
हुवावेसँगको सहकार्यसँगै सेरेसले अन्य उद्योग साझेदारीहरू पनि विस्तार गरिरहेको छ। जुन ३० मा ब्याट्री निर्माता सीएटीएलले सेरेसको सुपर फ्याक्ट्रीमा ब्याट्री उत्पादन सुरु गरेको हो। ती ब्याट्री आइटो उत्पादन लाइनमा सिधै आपूर्ति गरिन्छ। जसले ढुवानी खर्च घटाउँछ।
चांगन अटोको नयाँ ऊर्जा सवारी बिक्री ४८.८ प्रतिशतले बढेको छ। तर, कुल बिक्रीमा यसको हिस्सा ३३.२ प्रतिशत मात्र छ, जसले कम्पनीको पेट्रोल र डिजेल सवारी अझै बलियो रहेको देखाउँछ। सन् २०२५ को पहिलो ६ महिनामा चांगनको सीएस ७५ शृंखलाले १ लाख युनिट बिक्री पार गरेको छ भने एडो शृंखलाले १४.४ प्रतिशत बिक्री वृद्धि गरेको छ।
चांगन युरोपेली रणनीतिमा पनि अघि बढिरहेको छ। कम्पनीले चैतमा युरोप प्रवेश गरेको थियो भने विस्तारको योजना अघि बढाइरहेको छ।
यो अवधि चांगनको ‘केन्द्रीय राज्य स्वामित्व’ (सेन्ट्रल एसओई) बन्ने प्रक्रिया पनि हो। यसअघि चीन साउथ इन्डस्ट्रिज ग्रुपअन्तर्गत रहेको चांगन अब नयाँ राष्ट्रिय अटो कम्पनीको हिस्सा बनेको छ। छोंगछिङ डेलीका अनुसार उद्योगविज्ञ यो पुनर्संरचनाबाट चांगनले राष्ट्रिय स्रोतमा पहुँच बढाउने, अनुसन्धान तथा विकास र ब्रान्ड विस्तारमा तीव्रता ल्याउने विश्वास गर्छन्।
चांगनले विदेशी बजारमा पनि सक्रियता देखाएको छ। सन् २०२५ को पहिलो ६ महिनामा कम्पनीले २ लाख ९९ हजार ४०० युनिट सवारी विदेशमा बिक्री गरेको छ। जुलाई ३ मा कम्पनीको उच्चस्तरीय नयाँ ऊर्जा ब्रान्ड ‘अभटर’ ले जोर्डनको मल्लुक समूहसँग दुबईमा सहमतिपत्रमा हस्ताक्षर गरेको छ।
जोर्डनमा आगामी तीन महिनाभित्र अभटर ब्रान्डको उत्पादन, बिक्रेताको संरचना र ब्रान्ड सक्रियता सम्पन्न गर्ने योजना छ। पहिलो चरणको १८५ युनिट सवारी ढुवानी भइसकेको छ।
यस्तै, चांगन युरोपेली रणनीतिमा पनि अघि बढिरहेको छ। कम्पनीले चैतमा युरोप प्रवेश गरेको थियो भने विस्तारको योजना अघि बढाइरहेको छ। रोयटर्सका अनुसार कम्पनीले युरोपमै उत्पादन संयन्त्र स्थापना गर्ने विचार गरिरहेको छ। तर, अहिले यसबारे कुनै अन्तिम निर्णय भएको जानकारी दिएको छैन।
(आई चोङकिङ मिडियाबाट)