काठमाडौं। भारतको प्रिमियम स्कुटर र मोटरसाइकल बजारमा ख्यातिप्राप्त ब्रान्ड यामाहाको बिक्रीमा गिरावट आएको छ। गत वर्षको तुलनामा भारतीय बजारमा यामाहाको बाइक तथा स्कुटर बिक्रीमा ३४.३५७ प्रतिशतले गिरावट आएको हो।
इन्डिया यामाहा मोटरले सन् २०२५ को मे महिनामा कुल ४६ हजार ८६ युनिट बाइक तथा स्कुटर बिक्री गरेको छ। यो बिक्री संख्या अघिल्लो वर्षको मे महिनाको तुलनामा ३४.३७ प्रतिशतले घटेको हो।
अघिल्लो वर्ष कम्पनीले ७० हजार २२२ युनिट बाइक तथा स्कुटर बिक्री गरेको थियो। त्यस्तै, २०२५ को अप्रिलमा ४६ हजार ८२६ युनिट बिक्री भएकोमा मे महिनाको बिक्री मासिक आधारमा पनि १.५८ प्रतिशतले घटेको छ। वार्षिक रूपमा कम्पनीले २४ हजार १३६ युनिट र मासिक रूपमा ७४० युनिटको गिरावट बेहोरेको हाे।
प्रमुख मोडेलको बिक्री विवरण
अन्य कम्पनीहरूजस्तै हिरो मोटोकोर्प, होन्डा, बजाज, सुजुकी र टिभिएसले ठूलो परिमाणमा सस्तो तथा मध्यम मूल्यको गाडी बिक्री गर्ने भए पनि यामाहा भने प्रिमियम सेग्मेन्टमा केन्द्रित कम्पनी हो।
कम्पनीले मे महिनामा बेचेको ४६ हजार ८६ युनिट बाइक तथा स्कुटरबाट वार्षिक र मासिक रुपमा सकारात्मक वृद्धि हासिल गर्न सकेको छैन। यामाहाको सबैभन्दा बढी बिक्री भएको मोडेल रे जेडआर हो। जुन १३ हजार २३ युनिट बिक्री भएको छ।
यो कम्पनीको कुल बिक्रीको २८.२६ प्रतिशत हो। तर, अघिल्लो वर्षको १९ हजार ७९४ युनिट र अघिल्लो महिनाको १४ हजार १८३ युनिटको तुलनामा रे जेडआरको बिक्रीमा क्रमशः ३४.२१ प्रतिशत र ८.१८ प्रतिशतले गिरावट आएको छ। यसले वार्षिक रूपमा ६ हजार ७७१ युनिट र मासिक रूपमा एक हजार १६० युनिट बिक्री गुमाएको हो।

दोस्रो स्थानमा रहेको एफजेड मोटरसाइकलको बिक्री १२ हजार ९७९ युनिट रहेको छ। जुन कुल बिक्रीको २८.१६ प्रतिशत हो। एफजेड मोडलको बिक्री अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष एफजेड मोडललको बिक्री १४ हजार ३५९ युनिटको तुलनामा ९.६१ प्रतिशतले घटेको हो। एक हजार ३८० युनिट अघिल्लो महिनाको १३ हजार ४८२ युनिटको तुलनामा ३.७३ प्रतिशतले घटेको हो।
तेस्रो स्थानमा रहेको एमटी–१५ को ७ हजार ३४ युनिट र चौथो स्थानमा रहेको आर १५ को ५ हनजार ९९७ युनिट बिक्री भएको छ। यिनीहरू दुवैले वार्षिक रूपमा क्रमशः ५१.८६ प्रतिशत र ४२.५३ प्रतिशत गिरावट देखाए पनि मासिक रूपमा क्रमशः ०.१३ प्रतिशत र २२.१९ प्रतिशतले वृद्धि गरेका छन्। विशेष रूपमा आर–१५ को बिक्रीमा मासिक रूपमा एक हजार ८९ युनिटले वृद्धि भएको हो।
त्यस्तै, फ्यासिनो स्कुटरको बिक्री ५ हजार २५१ युनिट रहेको छ। जुन कम्पनीको कुल बिक्रीको ११.३९ प्रतिशत हो। तर, यसको बिक्रीमा पनि ४३.७२ प्रतिशत वार्षिक र ७.५२ प्रतिशत मासिक गिरावट देखिएको छ।
एरोक्स–१५५ मा मात्र सकारात्मक वृद्धि
यामाहा एरोक्स १५५ कम्पनीको एकमात्र मोडेल हो। जसले वार्षिक र मासिक दुवै आधारमा सकारात्मक बिक्री वृद्धि हासिल गर्न सफल भएकाे छ।
मे महिनामा एक हजार ७६० युनिट बिक्री भएका एरोक्स १५५ को बिक्री अघिल्लो वर्षको तुलनामा ५.३३ प्रतिशत (९८९ युनिट) र अघिल्लो महिनाको तुलनामा १८.६० प्रतिशत (९ हजार २७६ युनिट) ले बढेको हो।
यामाहाको प्रमुख फ्लयागशिप मोडेलहरू आर–३÷एमटी–०३ को बिक्री गरी जम्मा ४२ युनिटमा सीमित रहेको छ। यद्यपि, यो अघिल्लो वर्षको २१ युनिटको तुलनामा दोब्बर हो, यो अघिल्लो महिनाको ६६ युनिटको तुलनामा ३६.३६ प्रतिशतले घटेको हो।

(रशलेन मिडियाबाट)