काठमाडौं। चिनियाँ अटो निर्माता कम्पनी एसएआईसी मोटरले चीनमा पुनः डिजाइन गरिएको एमजी–४ इलेक्ट्रिक ह्याचब्याक लन्च गर्ने तयारी गरेको छ। कम्पनीले अगस्ट ५ मा प्रि-अर्डर खुल्ला गर्ने र आधिकारिक रूपमा सेप्टेम्बरमा लन्च गर्ने तयारी गरेको अनुमान गरिएको छ।
अटो होमका अनुसार यो मोडेल मानकको रूपमा सेमी सोलिड स्टेट ब्याट्री फिचर गर्ने पहिलो मोडेलहरूमध्ये एक हुन सक्ने एमजी ब्रान्डका निर्देशक चेन कुईले संकेत गरेका छन्।

नयाँ एमजी–४ पहिलेभन्दा ठुलो देखिएको छ। नयाँ एमजी–४ को लम्बाइ ४,३९५ एमएम, चौडाइ १,८४२ एमएम र उचाइ १,५५१ एमएम छ, जसको ह्वीलबेस २,७५० एमएम छ। यो गाडी आकारको हिसाबले बिवाईडी डल्फिन र फक्सवागन आइडि–३ भन्दा ठुलो छ। अपडेट भएको लम्बाइ र ह्वीलबेसले थप प्रयोगयोग्य यात्रु र कार्गाे कोठा प्रदान गर्न सक्छ।
वेईबो डिएफ एमजीद्वारा सार्वजनिक गरिएको भिडियो क्लिपअनुसार फ्लोटिंग सेन्ट्रल टचस्क्रिन र आयताकार डिजिटल उपकरण प्यानल दुई स्पोक मल्टिफंक्शन स्टेयरिङ ह्वीलसँग जोडिएको छ।
अन्य सुविधाहरूमा स्तम्भ माउन्ट गरिएको इलेक्ट्रोनिक गियर शिफ्टर, वायरलेस फोन चार्जिङ प्याड, पावर समायोजन, तताउने र भेन्टिलेसनसहितको सिट समावेश गरिएको छ। एमजीले गाडीले हाइवे नेभिगेट अन अटोपायलटसहित असिस्टेड ड्राइभिङ सुविधाहरूलाई पनि समर्थन गर्ने बताएको छ। यद्यपि, पूर्ण फिचरहरु भने खुलासा गरिएको छैन।

नयाँ एमजी–४ मा १२० किलोवाटको पछाडिको माउन्ट गरिएको मोटर जडान गरिएको देखाएको छ। अगाडिको म्याकफर्सन र पछाडिको पाँच लिकं स्वतन्त्र सस्पेन्सन कन्फिगरेसन हालको मोडेलबाट फरक छ।
चीनमा एमजी–४ को बिक्री सीमित रहेको छ, जुन २०२५ मा केवल १० युनिट मात्र बिक्री भएका छन्। नयाँ एमजी–४ ले बिवाईडी डल्फिन र फक्सवागन आइडी जस्ता घरेलु ईभी ब्रान्डहरुसँग प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ।
